

-
संयुक्त राष्ट्रसंघ,
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले महिला हिंसा अन्त्य गर्न आह्वान गर्नुभएको छ । महिला हिंसा निर्मूल पार्ने सम्वन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा दिएको शुभकामना सन्देशमा उहाँले यस अभियानलाई सरोकारवाला सवै मिलेर सफल पार्नु पर्नेमा पनि जोड दिनुभयो । “सरकारी पक्ष, निजी क्षेत्र, नागरिक समाज र हरेक आम नागरिकलाई हातेमालो गरेर महिला हिंसा विरुद्धको अभियानमा लाग्न आग्रह गर्दछु,” उहाँले भन्नुभएको छ । महासचिव गुटेर्रेसले महिला हिंसा विरुद्ध अभियान चलाईरहेकाहरुप्रति सम्मान र ऐक्वबद्धता व्यक्त गर्नुभएको छ । उहाँले महिला अधिकार र समानताका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हामीले सँगै मिलेर काम गर्नुपर्छ, यौनिक हिंसा, बलात्कार जस्ता घटना अन्त्य गर्नुपर्दछ ।” उहाँले महिलाविरुद्ध हुने सवै प्रकारका हिंसा अन्त्यका लागि राष्ट्रसंघ पूर्ण प्रतिबद्ध रहेको पनि उहाँले गर्नुभयो । महासचिव गुटेर्रेस विश्वभरका हरेक तीन महिला मध्ये एक महिला हिंसाबाट प्रभावित भएको पाइएको पनि जानकारी दिनुभयो । यस बर्षपनि अघिल्ला बर्षमा झै नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । रासस/सिन्ह्वा
News Desk 0 response मङ्लबार, मंसिर १०, २०७६

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३



