

-
चिप्लेढुङ्गा । आसन्न १३औं दक्षिण एशियाली खेलकूद (साग) का लागि पोखरामा ८४० खेलाडी सहभागी हुने भएका छन् । यसअघि आर्चरीमा भारत सहभागी नहुने जनाएकाले ८२४ खेलाडीमात्रै पोखरा आउने तय भएकामा अन्तिम समयमा भारत पनि सो खेलमा भाग लिने भएपछि खेलाडी सङ्ख्या बढेको १३औँ साग प्राविधिक समितिका सचिव बलराम लामाले जानकारी दिनुभयो । आर्चरीका लागि ८ पुरुष र ८ महिला भारतबाट खेलाडी आउने भएका छन् । आर्चरीको १० स्वर्ण पदकका लागि भारतसहित, नेपाल, बङ्गलादेश, पाकिस्तान, भुटान र श्रीलङ्काले प्रतिस्पर्धा गर्ने भएका छन् । पोखरामा हुने आर्चरी, भारोत्तोलन, ह्याण्डबल, फुटबल, बिच भलिबल, ट्राइयाथोलन, ब्याडमिन्टन र महिला क्रिकेट खेलमा प्रतिस्पर्धाका लागि पुरुष भन्दा महिला खेलाडीको सङ्ख्या बढी छन् । आठ खेलका लागि ४ सय ९ जना महिला र ३२९ जना पुरुष खेलाडी सहभागी हुने छन् । भारतबाट पाँच खेलको लागि १८० जना खेलाडी तथा अफिसियलको सहभागिता रहने छ, जसमा ४९ जना पुरुष, ६९ जना महिला खेलाडी तथा २५ जना अफसियल रहेका छन् । भारतले महिला क्रिकेटमा भने सहभागिता जनाएको छैन । माल्दिभसबाट पाँच खेलमा १३६ खेलाडी तथा अफियलको सहभागिता रहेको छ ,जसमा पुरुष ४१, महिला ६१ र ३४ अफिसियलको सहभागिता रहेको छ । माल्दिभ्सले आर्चरी, भारोत्तोलन र ट्राइयाथोलनमा सहभागिता जनाएको छैन । बङ्गलादेशबाट ६ खेलको लागि खेलाडी तथा अफिसियल गरी १५० जनाको सहभागिता रहेको छ जसमा पुरुष ५९ जना, महिला ५५ र ३६ जना अफिसियल रहेका छन । बङ्गलादेशले महिला फुटबल र ट्राइयाथोलनमा सहभागिता जनाएको छैन । पाकिस्तानबाट ५ खेलमा ९४ जना खेलाडी तथा अफिसियलेको सहभागिता रहेको छ, जसमा पुरुष ३८ जना, महिला ३५ र अफिसियल २१ जनाको सहभागिता रहेको छ । पाकिस्तानले महिला फुटबल, महिला क्रिकेट र ट्राइयाथोलनमा सहभाीगता जनाएको छैन । श्रीलङ्काले आठ खेलमा १७५ जना खेलाडी तथा अफिसियलको सहभागिता रहेको छ । पुरुष खेलाडी ६१, महिला खेलाडी ८१ र अफिसियल ३३ जनाको सहभागिता रहेको छ । भुटानबाट चार खेलको लागि खेलाडी तथा अफिसियल गरी ४२ जनाको सहभागिता रहेको छ । जसमध्ये पुरुष २९, महिला ६ तथा अफिसियल सात जना रहेको छ । प्रतियोगितामा सबैभन्दा कम सहभागिता भूटानको रहेको छ । भूटानले ह्याण्डबल, महिला फुटबल, बिच भलिबल र ट्राइयाथोलनमा सहभागिता जनाएको छैन । पोखरामा ९ खेल हुने भनिए पनि नेपालले स्वर्णपदकको आश गरेको प्याराग्लाइडिङ भने नहुने भएको छ । सागमा २७ खेल हुने भनिए पनि २६ खेलमात्र हुने भएको छ । यसमध्ये पोखरामा ८ खेल हुनेछ । रासस
News Desk 0 response मङ्लबार, मंसिर १०, २०७६

सम्बन्धित शीर्षकहरु
-
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३
-
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीका लागि खाना व्यवस्थापनमा..
सोमवार, असार १, २०८३



