

-
चिप्लेढुङ्गा । आसन्न १३औं दक्षिण एशियाली खेलकूद (साग) का लागि पोखरामा ८४० खेलाडी सहभागी हुने भएका छन् । यसअघि आर्चरीमा भारत सहभागी नहुने जनाएकाले ८२४ खेलाडीमात्रै पोखरा आउने तय भएकामा अन्तिम समयमा भारत पनि सो खेलमा भाग लिने भएपछि खेलाडी सङ्ख्या बढेको १३औँ साग प्राविधिक समितिका सचिव बलराम लामाले जानकारी दिनुभयो । आर्चरीका लागि ८ पुरुष र ८ महिला भारतबाट खेलाडी आउने भएका छन् । आर्चरीको १० स्वर्ण पदकका लागि भारतसहित, नेपाल, बङ्गलादेश, पाकिस्तान, भुटान र श्रीलङ्काले प्रतिस्पर्धा गर्ने भएका छन् । पोखरामा हुने आर्चरी, भारोत्तोलन, ह्याण्डबल, फुटबल, बिच भलिबल, ट्राइयाथोलन, ब्याडमिन्टन र महिला क्रिकेट खेलमा प्रतिस्पर्धाका लागि पुरुष भन्दा महिला खेलाडीको सङ्ख्या बढी छन् । आठ खेलका लागि ४ सय ९ जना महिला र ३२९ जना पुरुष खेलाडी सहभागी हुने छन् । भारतबाट पाँच खेलको लागि १८० जना खेलाडी तथा अफिसियलको सहभागिता रहने छ, जसमा ४९ जना पुरुष, ६९ जना महिला खेलाडी तथा २५ जना अफसियल रहेका छन् । भारतले महिला क्रिकेटमा भने सहभागिता जनाएको छैन । माल्दिभसबाट पाँच खेलमा १३६ खेलाडी तथा अफियलको सहभागिता रहेको छ ,जसमा पुरुष ४१, महिला ६१ र ३४ अफिसियलको सहभागिता रहेको छ । माल्दिभ्सले आर्चरी, भारोत्तोलन र ट्राइयाथोलनमा सहभागिता जनाएको छैन । बङ्गलादेशबाट ६ खेलको लागि खेलाडी तथा अफिसियल गरी १५० जनाको सहभागिता रहेको छ जसमा पुरुष ५९ जना, महिला ५५ र ३६ जना अफिसियल रहेका छन । बङ्गलादेशले महिला फुटबल र ट्राइयाथोलनमा सहभागिता जनाएको छैन । पाकिस्तानबाट ५ खेलमा ९४ जना खेलाडी तथा अफिसियलेको सहभागिता रहेको छ, जसमा पुरुष ३८ जना, महिला ३५ र अफिसियल २१ जनाको सहभागिता रहेको छ । पाकिस्तानले महिला फुटबल, महिला क्रिकेट र ट्राइयाथोलनमा सहभाीगता जनाएको छैन । श्रीलङ्काले आठ खेलमा १७५ जना खेलाडी तथा अफिसियलको सहभागिता रहेको छ । पुरुष खेलाडी ६१, महिला खेलाडी ८१ र अफिसियल ३३ जनाको सहभागिता रहेको छ । भुटानबाट चार खेलको लागि खेलाडी तथा अफिसियल गरी ४२ जनाको सहभागिता रहेको छ । जसमध्ये पुरुष २९, महिला ६ तथा अफिसियल सात जना रहेको छ । प्रतियोगितामा सबैभन्दा कम सहभागिता भूटानको रहेको छ । भूटानले ह्याण्डबल, महिला फुटबल, बिच भलिबल र ट्राइयाथोलनमा सहभागिता जनाएको छैन । पोखरामा ९ खेल हुने भनिए पनि नेपालले स्वर्णपदकको आश गरेको प्याराग्लाइडिङ भने नहुने भएको छ । सागमा २७ खेल हुने भनिए पनि २६ खेलमात्र हुने भएको छ । यसमध्ये पोखरामा ८ खेल हुनेछ । रासस
News Desk 0 response मङ्लबार, मंसिर १०, २०७६

सम्बन्धित शीर्षकहरु
-
लोक सेवा आयोगले माग्यो १७० कर्मचारी (विज्ञापनसहित)
बुधबार, कार्तिक २७, २०८२ -
आजको मौसम कस्तो रहला ?
बुधबार, कार्तिक २७, २०८२ -
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित..
बुधबार, कार्तिक २७, २०८२ -
बिहार चुनावको एक्जिट पोल : ‘एनडीए’लाई बहुमतको..
बुधबार, कार्तिक २७, २०८२ -
मेलम्ची खानेपानी आयोजनामा देखिएको अवरोध हट्यो
बुधबार, कार्तिक २७, २०८२
-
लोक सेवा आयोगले माग्यो १७० कर्मचारी (विज्ञापनसहित)
बुधबार, कार्तिक २७, २०८२ -
आजको मौसम कस्तो रहला ?
बुधबार, कार्तिक २७, २०८२ -
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित..
बुधबार, कार्तिक २७, २०८२ -
बिहार चुनावको एक्जिट पोल : ‘एनडीए’लाई बहुमतको..
बुधबार, कार्तिक २७, २०८२ -
मेलम्ची खानेपानी आयोजनामा देखिएको अवरोध हट्यो
बुधबार, कार्तिक २७, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
‘स्टोरकिपर’ हाकिमसँगै पत्रकारदेखि नेतासम्म खुशी पार्नुपर्ने पात्र
सोमवार, कार्तिक १८, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२



