

-
नैरोबी । केन्यामा पहिरोका कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ । अत्यधिक वर्षाका कारण केन्याको उत्तरपश्चिमी क्षेत्रमा ठूलो बाढी र पहिरो आएको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुकाअनुसार बाढी र पहिरोमा परी अरु सात जना अझै पनि बेपत्ता रहेका छन् । बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको अधिकारीहरुको भनाई छ । मृत्यु भएका मध्ये कम्तीमा सात जना बालबालिका रहेका छन् । “हामीले अहिलेसम्म गएरातीको जस्तो दर्दनाक घटना देखेको र भोगेको थिएनौँ,” वेस्ट पोकोटका गभर्नर जोन क्रोप लोङयाङले भन्नुभयो । स्थानीय समयानुसार शनिबार दिउसो २.३० मा पहिरो गएको अधिकारीहरुले जानकारी दिएका छन् । युगाण्डा र दक्षिण सुडाननजिकै पर्ने केन्याको सीमा क्षेत्रमा पहिरो गएको हो । पहिरोले ठूलो क्षति गरेको अधिकारीहरुले जनाएका छन् । पहिरोका कारण धेरै बाटो, पुललगायतका भौतिक संरचनाहरु भत्किएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । केन्याका राष्ट्रपति उहुरु केन्याटाले मृतकप्रति श्रद्धान्जली व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । उहाँले प्रकाशित गरेको शोक वक्तव्यमा पहिरोका कारण बेपत्ता भएकाहरुको खोजी कार्य जारी राख्न र बेपत्ता तथा मृतकका परिवारलाई सहयोग गर्ने प्रतिबद्धता गरिएको छ । त्यसैगरी आगामी दिनमा यसैगरी ज्यान गुमाउनु पर्ने अवस्था आउन नदिने तर्फ अहिलेदेखि नै सतर्कता अपनाउन पनि राष्ट्रपति केन्याटाले आह्वान गर्नुभएको छ । केन्याका गृहमन्त्री फ्रेड मातीअङले पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतका कामहरु भइरहेको जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “उद्धार तथा राहतको कामहरु भइहेको छ, त्यसका लागि सुरक्षाकर्मीहरुको टोली र मानवीय सहायता सम्वन्धी निकायका व्यक्तिहरु खटिएका छन् ।” प्रतिकुल मौसमका कारण खोजी तथा उद्धार कार्यमा कठिनाई भइरहेको उहाँले जानकारी दिनुभयो । थप क्षति हुनबाट बचाउने प्रयास नै अहिलेको प्राथमिकता भएको उहाँको भनाई छ । प्राकृतिक श्रोत साधन र भौतिक संरचनाहरुको जथाभावी प्रयोग तथा दोहन, अत्यधिक धेरै बाटो र पुलहरुको निर्माणलगायतका कारणले पहिरो गएको विज्ञहरुले बताएका छन् । रासस/एएनआई
News Desk 0 response सोमवार, मंसिर ९, २०७६


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानको सीमाबाट पाकिस्तान प्रवेश गर्न खोज्ने ५४ जना मारिएका पाकिस्तानको दाबी
सोमवार, बैशाख १५, २०८२-
वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनलाई..
मङ्लबार, बैशाख १६, २०८२ -
देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित..
मङ्लबार, बैशाख १६, २०८२ -
शिक्षक – सरकार वार्ता सकारात्मक : आज..
मङ्लबार, बैशाख १६, २०८२ -
पुटिनले गरे अस्थायी युद्धविरामको घोषणा
सोमवार, बैशाख १५, २०८२ -
इँटाभट्टाको खाल्डोमा जमेको पानीमा डुबेर पर्सामा २..
सोमवार, बैशाख १५, २०८२
-
वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनलाई..
मङ्लबार, बैशाख १६, २०८२ -
देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित..
मङ्लबार, बैशाख १६, २०८२ -
शिक्षक – सरकार वार्ता सकारात्मक : आज..
मङ्लबार, बैशाख १६, २०८२ -
पुटिनले गरे अस्थायी युद्धविरामको घोषणा
सोमवार, बैशाख १५, २०८२ -
इँटाभट्टाको खाल्डोमा जमेको पानीमा डुबेर पर्सामा २..
सोमवार, बैशाख १५, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
परराष्ट्रमन्त्री डा. आरजु राणा आज बैंकक जाँदै
आइतवार, बैशाख ७, २०८२ -
रुसद्वारा युक्रेनमा अस्थायी युद्धविराम घोषणा
आइतवार, बैशाख ७, २०८२ -
आजको मौसम : यी चार प्रदेशमा चट्याङ्गसहित..
आइतवार, बैशाख ७, २०८२ -
ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस आज काठमाडौं आउने
मङ्लबार, बैशाख ९, २०८२