

-
काठमाडौँ । नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा समावेश २६ खेलको आकृति (मस्कट) तयार भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले कृष्णसारको आकृतिमा २६ खेलको मस्कट तयार गरेको हो । यही मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने सागमा समावेश भलिबल, फुटबल, क्रिकेट, ब्याडमिन्टन, बक्सिङ, तेक्वान्दो, लनटेनिस, ह्यान्डबल, गल्फ, जुडो, कराँते, कबड्डी, खोखो, सुटिङ, स्क्वास, पौडी, टेबलटेनिस, ट्रायथलन, भारोत्तोलन, कुस्ती, उसु, आर्चरी, एथलेटिक्स, बास्केटबल, साइक्लिङ र फेन्सिङ खेलको कृष्णसार आकृतिमा मस्कट तयार गरिएको हो । सागमा यसअघि २७ खेलले सहभागिता जनाउने भनि पनि अन्तिम समयमा प्याराग्लाइडिङ खेललाई हटाएको छ । सागको नियमअनुसार प्रतियोगिता सञ्चालनका लागि कम्तिमा तीन राष्ट्रले भाग लिनुपर्ने हुन्छ, तर नेपाल र पाकिस्तानबाहेक अन्य राष्ट्रबाट खेलाडी दर्ता नहुँदा प्याराग्लाइडिङ खेल हटाएको हो । सागअन्तर्गत काठमाडौँमा २१, पोखरामा आठ र जनकपुरमा एउटा खेल आयोजना हुनेछ । प्रतियोगितामा कूल ३२४ स्वर्ण, ३२४ रजत तथा ४८७ कास्यका लागि प्रतिस्पर्धा हुनेछ । रासस
News Desk 0 response सोमवार, मंसिर ९, २०७६

सम्बन्धित शीर्षकहरु
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



