

-
तेहरान । इरानमा गएका केही दिन यतादेखि विपक्षीहरुले विरोध प्रदर्शन जारी राखेका छन् । उनीहरुले सरकारले गत हप्ता पेट्रोलको मूल्यवृद्धिको घोषणा गरेपछि त्यसकोे विरोधमा प्रदर्शन शुरु गरेका हुन् । त्यस विरोध प्रदर्शनका क्रममा केही कैयौँ प्रदर्शनकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इरानको एक समाचार संस्था इस्नाले जनाएअनुसार शनिबार भएको विरोध प्रदर्शनको क्रममा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ भने अरु केही पक्राउ परेका छन् । इरानमा अमेरिकाले आर्थिक नाकाबन्दी लगाएको छ । यसका साथै तेल निर्यातमा पनि उसले इरानमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकी यो नाकाबन्दीपछि इरानको अर्थ व्यवस्था सङ्कटमा पर्न लागेको बताउन थालिएको छ । यसै समयमा इरानले पेट्रोलियम पदार्थमा पनि मूल्य बृद्धि गरेको छ । इरानी राष्ट्रपति हसन रौहानीले इरानका बहुसंख्यक जनता आर्थिक दबाबमा रहेको जनाउँदै पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट सङ्कलन हुने रकम जनतालाई नै वितरण गरिने जानकारी दिनुभएको थियो । इरानको सरकारले गतवर्षको डिसेम्बरमा नै पेट्रोलमा मूल्यवृद्धि गर्ने जनाएको थियो । तर पनि यस निर्णयको यहाँका सर्वसाधारणले विरोध गरेका कारण संसदले यो प्रस्तावलाई अस्वीकृत गरेको थियो । रासस/एएफपी
News Desk 0 response आइतवार, मंसिर ८, २०७६


सम्बन्धित शीर्षकहरु
-
अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी
सोमवार, चैत्र १०, २०८१ -
प्रथम राष्ट्रिय पानी सम्मेलन-नौ बुँदे काठमाडौँ घोषणापत्र..
सोमवार, चैत्र १०, २०८१ -
म्याग्दीमा सडक पूर्वाधारका ७१ योजना
सोमवार, चैत्र १०, २०८१ -
प्तीमा फोहरबाट इन्टरलक र टायल उत्पादन सुरु
सोमवार, चैत्र १०, २०८१ -
गण्डकी प्रदेशद्वारा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन..
सोमवार, चैत्र १०, २०८१
-
अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी
सोमवार, चैत्र १०, २०८१ -
प्रथम राष्ट्रिय पानी सम्मेलन-नौ बुँदे काठमाडौँ घोषणापत्र..
सोमवार, चैत्र १०, २०८१ -
म्याग्दीमा सडक पूर्वाधारका ७१ योजना
सोमवार, चैत्र १०, २०८१ -
प्तीमा फोहरबाट इन्टरलक र टायल उत्पादन सुरु
सोमवार, चैत्र १०, २०८१ -
गण्डकी प्रदेशद्वारा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन..
सोमवार, चैत्र १०, २०८१
-
गृह मन्त्रालय अन्तर्गतका ९ उपसचिवको सरुवा (सूचीसहित)
शुक्रबार, चैत्र ७, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
शिक्षकहरूको तालिमको मोडल परिवर्तन गर्दै शिक्षा मन्त्रालय
आइतवार, चैत्र ९, २०८१ -
राष्ट्रियसभा बैठक आज बस्दै, यस्तो छ संभावित..
आइतवार, चैत्र ९, २०८१