

-
काठमाण्डाै । चार दिने नेपाल भ्रमणमा रहनुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आज शिष्टाचार भेट गर्नुभएको छ । भेटमा दुई देशबीच आपसी सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । सो क्रममा राष्ट्रपति हमिदले बदलिँदो परिस्थितिमा कसरी सहयोग र सहकार्य गर्न सकिन्छ भन्ने विषयमा मिलेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ । नेपाल र बङ्गलादेश विकास र राजनीतिक स्थिरताको मार्गमा अगाडि बढिरहेको प्रसङ्ग जोड्दै राष्ट्रपति हमिदले चुनौती सामना गर्न साझारूपमा लाग्नुपर्नेमा जोड दिनुभयो । नेपालको परिवर्तन र शान्ति प्रक्रियामा अध्यक्ष दाहालले निर्वाह गर्नुभएको भूमिकाको उहाँले खुलेर प्रशंसा गर्नुभयो । नेपालले बङ्गलादेशको स्वतन्त्रता सङ्ग्राममा निर्वाह गरेको भूमिकाको समेत उहाँले सराहना व्यक्त गर्नुभएको रिजालले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको चारदिने औपचारिक सद्भावना भ्रमणका लागि उहाँ मङ्गलबार आउनुभएको हो । उहाँले मङ्गलबार नै भक्तपुरको दरबार स्क्वायरकोे स्थलगत अवलोकन भ्रमण गर्नुभएको थियो । उहाँले आजै नेपाली समकक्षी राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग भेटवार्ता गर्दै हुनुहुन्छ । बिहीबार उहाँले पर्यटकीय क्षेत्र पोखराको भ्रमण गर्दै हुनुहुन्छ भने काठमाडौँ चन्द्रागिरिको समेत भ्रमण गर्ने कार्यतालिका छ । उहाँ भ्रमण सम्पन्न गरी कात्तिक २९ गते स्वदेश फर्कनुहुनेछ । रासस
News Desk 0 response बुधबार, कार्तिक २७, २०७६

सम्बन्धित शीर्षकहरु
अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिप्रति रुस ‘सकारात्मक’, युरोपद्वारा आपत्ति
सोमवार, मंसिर २३, २०८२-
अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिप्रति रुस ‘सकारात्मक’,..
सोमवार, मंसिर २३, २०८२ -
नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द..
सोमवार, मंसिर २३, २०८२ -
११४ वटा दलले चुनावमा भाग लिने, १०७..
सोमवार, मंसिर २३, २०८२ -
एनपीएल क्रिकेटमा लिग चरणका खेल सम्पन्न
सोमवार, मंसिर २३, २०८२ -
निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान
आइतवार, मंसिर २२, २०८२
-
अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिप्रति रुस ‘सकारात्मक’,..
सोमवार, मंसिर २३, २०८२ -
नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द..
सोमवार, मंसिर २३, २०८२ -
११४ वटा दलले चुनावमा भाग लिने, १०७..
सोमवार, मंसिर २३, २०८२ -
एनपीएल क्रिकेटमा लिग चरणका खेल सम्पन्न
सोमवार, मंसिर २३, २०८२ -
निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान
आइतवार, मंसिर २२, २०८२
-
कमजोर ब्यवस्थापनसँगै टिभिएस कम्पनीको ‘पाँच लुट !’
शुक्रबार, मंसिर १३, २०८२ -
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२ -
जेनजी प्रदर्शनमा हतियार जोगाउन नसकेका सशस्त्रका डीएसपीसहित..
मङ्लबार, मंसिर १७, २०८२



