

-
मस्को : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सार्वजनिक गरेको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिलाई रुसले स्वागत गरेको छ। मस्कोले उक्त रणनीति आफ्नो दृष्टिकोणसँग ‘धेरै हदसम्म मेल खाने’ बताएको हो।
यस हप्ता सार्वजनिक गरिएको ३३ पृष्ठ लामो दस्ताबेजमा युरोपले ुसभ्यता मेटाउनेु जोखिमको सामना गरिरहेको उल्लेख गरिएको छ र यसले रुसलाई अमेरिकाका लागि खतराको रूपमा चित्रण गरेको छैन।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सरकारी समाचार एजेन्सी टाससँगको अन्तर्वार्तामा भने, ‘हामीले देखिरहेका समायोजनहरू।।। हाम्रो दृष्टिकोणसँग धेरै हदसम्म मिल्दोजुल्दो छ।’ उनले यसलाई ‘सकारात्मक कदम’ भन्दै मस्कोले थप विश्लेषण गर्ने बताएको छ।
नयाँ रणनीतिले रुसप्रति नरम भाषा अपनाएको छ, जसले युरोपेली अधिकारीहरूलाई चिन्तित बनाएको छ। उनीहरूले युक्रेन युद्ध अन्त्य गर्न पहल गरिरहेका बेला यसले मस्कोप्रतिको युरोपको अडानलाई कमजोर पार्न सक्ने चिन्ता व्यक्त गरेका छन्।
दस्ताबेजमा युक्रेन द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रयासलाई युरोपेली सङ्घ ९ईयू० ले रोकेको दोष लगाइएको छ र अमेरिकाले ‘रुससँग रणनीतिक स्थिरता पुनर्स्थापित गर्नुपर्ने’ जसले ‘युरोपेली अर्थतन्त्रहरूलाई स्थिर बनाउने’ दाबी गरिएको छ।
रणनीतिमा विदेशी प्रभावसँग जुध्ने, सामूहिक बसाइसराइ रोक्ने र ईयूको कथित सेन्सरसिपको अभ्यासलाई अस्वीकार गर्ने कुरालाई प्राथमिकता दिइएको छ। यसले ुपश्चिमी पहिचानु पुनर्स्थापना गर्नुपर्ने आह्वान गर्दै युरोप २० वर्ष वा सोभन्दा कम समयमा ुअपरिचितु हुने र यसका आर्थिक समस्याहरू ुसभ्यतागत मेटाउने वास्तविक र कडा सम्भावनाले ग्रहण लागेकोु उल्लेख गरेको छ।
यता, धेरै ईयू अधिकारीहरू र विश्लेषकहरूले यस रणनीतिको आलोचना गर्दै यसको अभिव्यक्ति स्वतन्त्रतामाथिको जोडलाई क्रेमलिनले प्रयोग गर्ने भाषासँग तुलना गरेका छन्। जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलले अमेरिका आफ्नो महत्त्वपूर्ण सहयोगी भए पनि ुस्वतन्त्र समाजको सङ्गठनका प्रश्नहरू यस रणनीतिमा नपर्नु पर्नेु बताएका छन्।
पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले सामाजिक सञ्जालमा ‘युरोप तिम्रो सबैभन्दा नजिकको सहयोगी हो, तिम्रो समस्या होइन’ भन्दै अमेरिकालाई सचेत गराएका छन्।
डेमोक्रेट सांसदहरूले यो दस्तावेजले अमेरिकी विदेश सम्बन्धलाई भत्काउन सक्ने चेतावनी दिएका छन्।
News Desk 0 response सोमवार, मंसिर २३, २०८२

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


