

सेनामा कार्वाहीको शिलशिला
ठुल्ठूला विकास, निर्माणसम्बन्धी आयोजना र प्राविधिक क्षेत्रमा भ्रष्टाचारकाण्डले सेनाभित्र लहरो तान्दा पहरो गर्जिने स्थिति उत्पन्न भएको छ । तीनतारे जर्नेल शरद् गिरीले हेटौंडा–काठमाडौं फास्ट ट्रयाकको भ्रष्टाचारसम्बन्धी छानवीन टुंग्याएर रिपोर्ट बुझाइसकेपछि पनि अर्का जर्नेललाई यो काम हेर्ने जिम्मा दिई दोषीमाथि दु्रत गतिमा कारबाही गर्न खोजिँदै छ ।
-
काठमाडौं ।
ठुल्ठूला विकास, निर्माणसम्बन्धी आयोजना र प्राविधिक क्षेत्रमा भ्रष्टाचारकाण्डले सेनाभित्र लहरो तान्दा पहरो गर्जिने स्थिति उत्पन्न भएको छ । तीनतारे जर्नेल शरद् गिरीले हेटौंडा–काठमाडौं फास्ट ट्रयाकको भ्रष्टाचारसम्बन्धी छानवीन टुंग्याएर रिपोर्ट बुझाइसकेपछि पनि अर्का जर्नेललाई यो काम हेर्ने जिम्मा दिई दोषीमाथि दु्रत गतिमा कारबाही गर्न खोजिँदै छ ।
News Desk 0 response बुधबार, कार्तिक २७, २०७६
सम्भार तथा प्रबन्ध रथी, अर्थात्, सेनाको निम्ति खरिद–बिक्रिका सारा मामिला हेर्ने जर्नेल रघु भण्डारीको काँधबाट प्रबन्धरथीको जिम्मेवारी भर्खरै सारिएको छ । सर्टिफिकेट काण्ड लागेर बालबाल बचेका अशोक सिग्देललाई अनुृशासन हेर्ने युनिट निरीक्षणाधिकृतसँगै प्रबन्ध रथीको पनि काम थपी रघुलाई भ्रष्टाचारको मामिला हेर्न कामको बोझ घटाइएको हो । यसको मतलब पुसको १३ गतेभित्र दुईतारे जर्नेलसमेत समातिने गरी अनुसन्धान टुंग्याउनका निम्ति हुनुपर्छ । यस प्रकरणमा प्रधानसेनापतिले अन्य निकायबाट समेत कारबाही हुने संकेत दिएका छन् । अर्थात्, बहालवाला सेनाको हकमा ६ महिना कटिसकेपछि अर्कै कानुन आकर्षित हुने व्यवस्था छ । ‘नेपाल सरकारको सम्बन्धित निकायमार्फत कारवाहीका लागि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने’ भन्ने व्यवस्थाअनुसार केही उच्चपदस्थ सैनिक अधिकारी भूपू भैसके तापनि अदालत र अख्तियारको झन्झटमा पर्ने भएका हुन् । त्यसमध्ये फास्ट ट्रयाक हिनामिना प्रकरणमा बयान लिइएका प्राविधिक जर्नेल योगेन्द्र खाँणमाथि छानवीन शुरु भएको ६ महिने म्याद पुसमा नाघ्दै छ । काण्ड बाहिर आएपछि अमेरिका उडेका पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीको हकमा सरकारमार्फत् अख्तियार पठाउने काम हुनसक्छ । सामान्यतया अख्तियारले अदालत र सेनाका मामिला हेर्दैन । तर, ती निकायले हेर्ने गरी पठाएमा प्रचलित कानुनबमोजिम कारवाही गर्ने अधिकार छ । भ्रष्टाचार काण्ड लागेर ०५१ सालको एमाले सरकारका पालामा राजीनामा दिने एकमात्र प्रधानसेनापति गडुलसमशेर राणा थिए । उनैको पालामा भ्रष्टाचार प्रकरणमै २ तारे जर्नेल योगेन्द्रप्रताप राणालाई पदबाट च्युत गरिएको थियो । अहिले अर्का दुई तारे योगेन्द्र, अर्थात् खाँण भ्रष्टाचारमा परेका छन् ।
सँगसँगै ‘वि आर सोल्जर फस्र्ट’ अर्थात्, पहिला हामी सिपाही हौँ भन्ने मान्यताअनुसार प्रत्येक सैनिक पोशाकधारीलाई आधारभूत सैनिक तालिम (बेसिक) दिइँदैछ । ‘जो, जुन दर्जा, क्षेत्रमा भए पनि हामी पहिला सिपाही हौँ । सिपाहीको काम भनेको सुरक्षा गर्नु हो’ भन्ने मान्यताबाट प्रेरित भएर डाक्टर, इञ्जिनियर, पाइलटहरुलाई पनि लडाइँको तालिम दिन थालिएको हो । ‘हामी प्राविधिक हौँ, बन्दुक बोक्नुपर्दैन’ भनेर अब सुख पाइने छैन । इन्फेन्ट्री, अर्थात्, लडाइँमा जाने सैनिकलाई झैँ प्राविधिकलाई पनि त्यस्तो तालिम दिइएको छ । सुन्दरीजल, स्वयम्भू, एयरपोर्टमा कार्यरत हाकिमहरूलाई महिना दिनदेखि त्यस्तो तालिममा हालिएको समाचार जनआस्थाले लेखेको छ ।

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


