

-
काठमाण्डाै । बङ्गलादेशमा यसै सातादेखि शुरु हुने ‘एसीसी इमर्जिङ टिम्स एशिया कप’ क्रिकेट प्रतियोगिता खेल्न राष्ट्रिय क्रिकेट टोली त्यसतर्फ प्रस्थान गरेका छन् । कात्तिक २८ देखि मङ्सिर ७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन नौ खेलाडीसहितको टोली आज बङ्गलादेश प्रस्थान गरेको नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । यसअघि हिमालय एयरलाइन्समा सबै सदस्यको मङ्गलबारका लागि टिकट काटे पनि अन्तिम समयमा रद्द भएपछि तीन चरणमा टोली पठाउन लागिएको अध्यक्ष चन्दले बताउनुभयो । “अन्य खेलाडी मङ्गलबार र बुधबार बङ्गलादेश जाने छन्”, उहाँले भन्नुभयो । बङ्गलादेश प्रथान गर्नेमा विनोद भण्डारी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, इशान पाण्डे, ललितनारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, करण केसी र एनालिष्ट रमन शिवाकोटी छन् । मङ्गलबार प्रशिक्षक उमेश पटवाल, कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, दीपेन्द्रप्रताप सिंह (सहायक प्रशिक्षक) र फिजियो विक्रम न्यौपाने तथा बुधबार कुशल भुर्तेल, सन्दीप जोरा, सुशन भारी, अविनाश बोहोरा, रोहितकुमार पौडेल र व्यवस्थापक प्रशान्तविक्रम जाने छन् । उक्त प्रतियोगितामा नेपालसहित टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का, अफगानिस्तान, बङ्गलादेश, ओमान र हङकङ सहभागी छन् । नेपाल समूह ‘बी’ मा छ । उक्त समूहमा भारत, बङ्गलादेश र हङकङ छन् भने समूह ‘ए’ मा ओमान, पाकिस्तान श्रीलङ्का र अफगानिस्तान छन् । नेपालले पहिलो खेल कात्तिक २८ गते भारतसँग खेल्नेछ । नेपालले कात्तिक ३० गते हङकङसँग तथा मङ्सिर २ गते बङ्गलादेशसँग खेल्नेछ । रासस
News Desk 0 response सोमवार, कार्तिक २५, २०७६


सम्बन्धित शीर्षकहरु
-
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
शनिबार, अशोज ६, २०८० -
प्रधानमन्त्रीको चीन भ्रमण शुरु, राष्ट्रपति सीसँग आज..
शनिबार, अशोज ६, २०८० -
१९औँ एसियाली खेलकुदको आज चीनमा उद्घाटन हुँदै
शनिबार, अशोज ६, २०८० -
मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी
शनिबार, अशोज ६, २०८० -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
शनिबार, अशोज ६, २०८०
-
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
शनिबार, अशोज ६, २०८० -
प्रधानमन्त्रीको चीन भ्रमण शुरु, राष्ट्रपति सीसँग आज..
शनिबार, अशोज ६, २०८० -
मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी
शनिबार, अशोज ६, २०८० -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
शनिबार, अशोज ६, २०८० -
विकासका लागि वैज्ञानिक दृष्टिकोण अवलम्बन गर्नुपर्छ :..
शुक्रबार, अशोज ५, २०८०
-
सत्तामा बसेर साडे डुक्राइ गर्नेलाई पूर्वसचिवको १०..
बुधबार, भदौ २७, २०८० -
यी हुन् अर्थमन्त्रालयका सरुवामा परेका ५५ अधिकृत,अधिकांश..
बुधबार, भदौ २७, २०८० -
उपत्यकाकै सरकारी स्वास्थ्य संस्थामा जनशक्तिको अभाव
बिहिबार, भदौ २८, २०८० -
राजकीय सम्मानका साथ दुई छोराले दिए नेम्वाङलाई..
बिहिबार, भदौ २८, २०८० -
तीनकुने सामूहिक हत्या प्रकरण : दीपेन्द्र राई..
आइतवार, भदौ ३१, २०८०