

-
मोगादिशु ।सोमालियामा बाढी, २५ जनाको मृत्यु मोगादिशु, २२ कात्तिक (रासस-सिन्ह्वा) – अफ्रिकी मुलुक सोमालियामा हालैका दिनमा भएको भारी वर्षाका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार बाढीबाट अरु ४७ जना घाइते भएका छन् । सोमालियका विभिन्न भूभागमा बाढीबाट जोगिन दुई लाख ७० हजार मानिस अन्यत्र विस्थापित भएका छन् भने जीविकोपार्जन र पूर्वाधारमा ठूलो क्षति पुगेको छ । डब्लुएचओ सोमालियाले गरेको ट्वीटमा स्थानीय मानिसलाई आतकालीन सहयोगको अत्यन्त खाँचो रहेको जनाइएको छ । सोमालियास्थित राष्ट्रसंघीय मानवीय सहायता कार्यालय (ओचा) ले बाढीबाट पाँच लाख ४७ हजार मानिस प्रभावित भएको जनाएको छ । भारी वर्षाका कारण शाबाले नदीमा पानीको स्तर निकै बढेको र नदी बेलेड्वेन शहरमा पसेको छ । यस शहरमा मात्र दुई लाख ३२ हजार मानिस प्रभावित भएका छन् । जुबा र शाबेले नदीसँगै देशका सबैजसो साना ठूला नदीमा बाढी आएको र त्यसबाट जताततै जलमग्न भएको छ । सोमालियाको जल तथा भूसूचना व्यवस्थापन विभागले सामोलियामा अझै एक साता भारी वर्षा हुने अनुमान गरेको छ ।रासस
News Desk 0 response शुक्रबार, कार्तिक २२, २०७६

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३



