

-
राँझा । प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित प्रहरीले एक भारतीयसहित तीन जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले गएराति नेपालगञ्ज उपमहानगरपालिका–९ बाट स्थानीयवासी राजु भन्ने नरेश खटिकलाई २० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । खटिकका साथमा रहेका भारतीय नागरिक बहराइचका रोहन अन्सारी भारततर्फ भाग्ने क्रममा सीमा क्षेत्र जमुनाहबाट उनलाई नियन्त्रणमा लिएको लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिनुभयो । अन्सारीले भारतबाट ब्राउनसुगर लिएर आउने र खटिकको मद्दतले नेपालगञ्ज र आसपासमा कारोवार गर्ने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी निरीक्षक थापाको भनाइ छ । बिहीबार नै प्रहरीले बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीबाट पाँच ग्राम ६१० मिलिग्राम ब्राउनसुगरसहित नेपालगञ्ज उपमहानगरपालिका–४ का समीर अन्सारीलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका तीनै जना लागुऔषध कारोवारी भएको पाइएकाले थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो । रासस
News Desk 0 response शुक्रबार, कार्तिक २२, २०७६


सम्बन्धित शीर्षकहरु
-
रवि लामिछानेमाथि राहदानी दुरुपयोगको मुद्दा नचल्ने
सोमवार, चैत्र ६, २०७९ -
पत्रकारबारे दिएको अभिव्यक्ति सभामुखद्वारा फिर्ता
सोमवार, चैत्र ६, २०७९ -
अब ४ दिनभित्रै सरकारलाई पूर्णता दिन्छु :..
सोमवार, चैत्र ६, २०७९ -
चिनियाँ राष्ट्रपति सी जिनपिङ रुस भ्रमणमा
सोमवार, चैत्र ६, २०७९ -
फागुनमा मात्रै झण्डै ६२ हजारले लिए श्रम..
सोमवार, चैत्र ६, २०७९
-
रवि लामिछानेमाथि राहदानी दुरुपयोगको मुद्दा नचल्ने
सोमवार, चैत्र ६, २०७९ -
पत्रकारबारे दिएको अभिव्यक्ति सभामुखद्वारा फिर्ता
सोमवार, चैत्र ६, २०७९ -
अब ४ दिनभित्रै सरकारलाई पूर्णता दिन्छु :..
सोमवार, चैत्र ६, २०७९ -
चिनियाँ राष्ट्रपति सी जिनपिङ रुस भ्रमणमा
सोमवार, चैत्र ६, २०७९ -
फागुनमा मात्रै झण्डै ६२ हजारले लिए श्रम..
सोमवार, चैत्र ६, २०७९
-
स्थानीय सरकारकै कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने..
मङ्लबार, फाल्गुन ३०, २०७९ -
टर्कीमा भूकम्पले क्षति पुगेका १० वटा अस्पताल..
शनिबार, फाल्गुन २७, २०७९ -
राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकियो, निजी निवासमा..
आइतवार, फाल्गुन २८, २०७९ -
फेरि पनि शक्तिशाली कम्युनिस्ट केन्द्र बन्छौं :..
आइतवार, फाल्गुन २८, २०७९ -
पीएनजीविरुद्ध नेपालको सहज जित
सोमवार, फाल्गुन २९, २०७९