

-
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले वासिङ्टनको भ्रमण गर्नुहुने बताउनुभएको छ । दुबै मुलुकबीच पछिल्लो समय बढेको तिक्तता र कुटनीतिक सम्बन्धमा आएको चिसोपनका कारण टर्कीका राष्ट्रपतिको अमेरिका भ्रमणमा अन्यौल बढेको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार ट्वीट गर्दै टर्कीका राष्ट्रपतिसँग टेलिफोनमा निकै राम्रो छलफल भएको जानकारी दिनुभएको छ । उहाँले ह्वाइट हाउसमा एर्डोगानसँग आगामी नोभेम्बर १३ मा भेटवार्ता हुने बताउनुभयो । “सिरियासँगको सीमा, आतंकवादको निर्मूलन, कुर्दहरुसँगको तनाब समाप्ति तथा अरु धेरै विषयमा हामीबीच भलाकुसारी भए,” ट्रम्पले भन्नुभएको छ । उहाँले उत्तरी सिरियामा उत्पन्न गतिरोधका कारण त्यस क्षेत्रमा बन्दी बनाइएका इस्लामिक स्टेट्सका केही लडाकूहरु भागे पनि उनीहरुलाई पुनः पक्राउ गरिएको टर्कीका राष्ट्रपति एर्डोगानले जानकारी गराउनुभएको पनि बताउनुभयो । टर्कीले सिरियाभित्र प्रवेश गरी आक्रमण गरेपछि टर्की विरुद्ध आर्थिक नाकाबन्दी लगाउने भन्दै अमेरिकी संसदले विधेयक पारित गरेपछि टर्कीका राष्ट्रपतिले अमेरिका भ्रमण गर्ने वा नगर्ने अन्यौल बढेको थियो । रासस
News Desk 0 response बिहिबार, कार्तिक २१, २०७६


सम्बन्धित शीर्षकहरु
-
सुपर मादी हाइड्रोपावरको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा..
शनिबार, चैत्र ११, २०७९ -
एपीएफ क्लब ललितपुर मेयर्स कप महिला टी–२०..
शनिबार, चैत्र ११, २०७९ -
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा सुरु
शनिबार, चैत्र ११, २०७९ -
समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक :..
शनिबार, चैत्र ११, २०७९ -
धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीन जनाको ज्यान..
शनिबार, चैत्र ११, २०७९
-
सुपर मादी हाइड्रोपावरको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा..
शनिबार, चैत्र ११, २०७९ -
समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक :..
शनिबार, चैत्र ११, २०७९ -
धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीन जनाको ज्यान..
शनिबार, चैत्र ११, २०७९ -
पर्यटकीय तथा धार्मिकस्थल खप्तड घुम्न ‘हेली टुर’
शनिबार, चैत्र ११, २०७९ -
नदी किनारमा बनेका अनधिकृत संरचना सात दिनभित्र..
शनिबार, चैत्र ११, २०७९
-
सिंगापुरको छाङ्गी एयरपोर्ट विश्वकै उत्कृष्ट
शुक्रबार, चैत्र ३, २०७९ -
स्थानीय सरकारसँग सहकार्य गर्दै काठमाडौँ विश्वविद्यालय
मङ्लबार, चैत्र ७, २०७९ -
रासायनिक मलको रित्तो गोदाममा सरकारी टोलीको अनुगमन
शनिबार, चैत्र ४, २०७९ -
नेपाल विश्व कप छनोटमा पुग्न यूएईसँगको खेल..
बिहिबार, चैत्र २, २०७९ -
उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु
शुक्रबार, चैत्र ३, २०७९