

-
काठमाडौं ।
बैतडीका ८४ वडामध्ये ७२ वडा सचिवविहीन भएका छन्। वडामा सचिव नहुँदा सेवा प्रवाहमा समस्या भएको स्थानीय तहले जनाएका छन्। शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, मेलौली नगरपालिका र सिगास गाउँपालिकाका एउटा वडामा पनि सचिव छैनन्। ती सबै स्थानीय तहले प्राविधिक सहायक, कार्यालय सहायक र सामाजिक परिचालकमार्फत वडाको काम गराउँदै आएका छन्। पाटन नगरपालिका–१० वडामध्ये ७ वडा सचिवविहीन रहेका नगर प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिए। यस्तै, डिलाशैनी गाउँपालिका–७ वडामध्ये एक वडामा मात्रै सचिव रहेका गाउँपालिकाका प्रवक्ता अक्कल रानाले बताए। दोगडाकेदार गाउँपालिका–८ वडामध्ये दुई वडामा मात्रै सचिव रहेका कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिए। यस्तै, पुरचौंडी नगरपालिकाका–१० वडामध्ये एक वडामा मात्रै सचिव रहेका र अन्य वडामा प्राविधिक सहायकले काम सञ्चालन गरिरहेका नगरपालिकाका उपप्रमुख जानकी बमले बताए। सुर्नया गाउँपालिकाका आठ वडामध्ये एक वडामा पनि सचिव नरहेका गाउँपालिकाका नायब सुब्बा धनबहादुर चन्दले जानकारी दिए। जिल्लाको पुरानो नगरपालिकाको रुपमा रहेको दशरथचन्द नगरपालिकामा पनि ११ वडामध्ये चार वटामा मात्रै सचिव रहेका बताइएको छ। वडा कार्यालयमा सचिव नहुँदा वडामै हुने कामका लागि गाउँपालिका तथा नगरपालिकाका केन्द्रसम्म धाउनु परिरहेको स्थानीयले बताएका छन्। स्थानीय तहमा जनप्रतिनिधि आएपछि काम गर्न सजिलो होला भन्ने आशा गरेका नागरिक निरास हुन थालेका छन्। कर्मचारीको अभावमा वडामा सेवा नपाउँदा उनीहरू खिन्न भएका हुन्। कर्मचारी समायोजन भएपछि वडा कार्यालय कर्मचारीविहीन भएका हुन्।
News Desk 0 response सोमवार, कार्तिक १८, २०७६


सम्बन्धित शीर्षकहरु
-
अनेरास्ववियूले शिक्षामन्त्रीको पुत्ला जलायो
शुक्रबार, माघ १३, २०७९ -
लोकदोहोरी गायक भीम पौडेलको निधन
शुक्रबार, माघ १३, २०७९ -
प्रेम आचार्य आत्मदाह प्रकरण : मानव अधिकार..
शुक्रबार, माघ १३, २०७९ -
कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
शुक्रबार, माघ १३, २०७९ -
आजको मौसम आंशिकदेखि सामान्य बदली रहने
शुक्रबार, माघ १३, २०७९
-
अनेरास्ववियूले शिक्षामन्त्रीको पुत्ला जलायो
शुक्रबार, माघ १३, २०७९ -
लोकदोहोरी गायक भीम पौडेलको निधन
शुक्रबार, माघ १३, २०७९ -
प्रेम आचार्य आत्मदाह प्रकरण : मानव अधिकार..
शुक्रबार, माघ १३, २०७९ -
कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
शुक्रबार, माघ १३, २०७९ -
आजको मौसम आंशिकदेखि सामान्य बदली रहने
शुक्रबार, माघ १३, २०७९
-
धौलागिरिमा बेपत्ता दुई युवाको शव फेला
बिहिबार, माघ ५, २०७९ -
पाइलट केसीको शालिकसहित उद्यान निर्माण गरिने
बुधबार, माघ ४, २०७९ -
अन्जुको शोकमा छ चाँदनी चोक
बुधबार, माघ ४, २०७९ -
तीन व्यक्तिबाट सात सय ३१ थान राहदानी..
बिहिबार, माघ ५, २०७९ -
विमान दुर्घटना : थप एक जनाको शव..
मङ्लबार, माघ ३, २०७९