

-
काठमाण्डाै । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेल्नका लागि राष्ट्रिय फुटलब टोली आज म्यान्मा जाने भएको छ । यही कात्तिक २१ गते म्यान्माको मैदानमा हुने मैत्रीपूर्ण खेलमा सहभागिता जनाउन जाने २३ खेलाडीसहितको नेपाली टोलीलाई आज अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । टोली आजै त्यसतर्फ प्रस्थान गर्ने एन्फाले जनाएको छ । कतारमा आयोजना हुने फिफा विश्वकप छनोटमा समूह ‘बी’ मा परेको नेपालले आगामी मङ्सिर ३ गते दशरथ रङ्गशालामा ‘होम’ खेलअन्तर्गत कुवेत विरुद्वको पहिलो खेल खेल्दैछ । त्यसैको तयारीस्वरूप नेपालले म्यान्मासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । विश्वकप छनोटमा नेपालले यसअघि खेलेको चार खेलमा तीन अङ्क जोडेको छ । सहभागी नेपाली टोलीको गोलकिपरमा विशाल श्रेष्ठ, विकेश कुथु र एलेन न्यौपाने छन् भने डिफेन्डरमा दिनेश राजवंशी, सरोज दाहाल, अजित भण्डारी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल छन् । त्यसैगरी मिडफिल्डरमा, रवी पासवान, अन्जन बिष्ट, मिक्चेन तामाङ, सुनिल बाल, सुजल श्रेष्ठ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र सुवास गुरुङ छन् भने फरवार्डमा नवयुग श्रेष्ठ, भरत खवास, विमल घर्तीमगर र अभिषेक रिजाल छन् ।रासस
News Desk 0 response आइतवार, कार्तिक १७, २०७६

सम्बन्धित शीर्षकहरु
-
अन्तरिक्षमा अर्को आकाशगंगा फेला परेको खगोलशास्त्रीको दाबी
बिहिबार, मंसिर १९, २०८२ -
धान्य पूर्णिमा, योमरी पुन्हि, ज्यापु दिवस र..
बिहिबार, मंसिर १९, २०८२ -
घोषित मितिमा चुनाव गराई युवाशक्तिको हातमा सत्ता..
बिहिबार, मंसिर १९, २०८२ -
अब नेपालमा १ सय भन्दा ठूला भारतीय..
बिहिबार, मंसिर १९, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२
-
अन्तरिक्षमा अर्को आकाशगंगा फेला परेको खगोलशास्त्रीको दाबी
बिहिबार, मंसिर १९, २०८२ -
धान्य पूर्णिमा, योमरी पुन्हि, ज्यापु दिवस र..
बिहिबार, मंसिर १९, २०८२ -
घोषित मितिमा चुनाव गराई युवाशक्तिको हातमा सत्ता..
बिहिबार, मंसिर १९, २०८२ -
अब नेपालमा १ सय भन्दा ठूला भारतीय..
बिहिबार, मंसिर १९, २०८२ -
मधेशमा नयाँ सरकार गठनका लागि आह्वान
बुधबार, मंसिर १८, २०८२
-
कमजोर ब्यवस्थापनसँगै टिभिएस कम्पनीको ‘पाँच लुट !’
शुक्रबार, मंसिर १३, २०८२ -
आजदेखि बजारमा चुच्चे नक्सा भएको सयको नयाँ..
बिहिबार, मंसिर १२, २०८२ -
विवेकशील साझा पार्टी र रास्वपासँग एकीकरण हुने,..
बुधबार, मंसिर ११, २०८२ -
दल दर्ताका लागि आज अन्तिम दिन :..
बुधबार, मंसिर ११, २०८२ -
१ जनवरीदेखि पर्यटकको अनलाइन ट्र्याकिङ प्रणाली सुरु..
बिहिबार, मंसिर १२, २०८२



