

-
काठमाडौं : जापानमा चलिरहेको २०औँ संस्करणको एशियाली खेलकुदको पुरुष क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालले विजयी शुरुआत गरेको छ ।
आइचीमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १८ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायो । नेपालका सन्दीप जोराले ३४, रोहित पौडेलले नटआउट ३३ रन बनाए । अफगानिस्तानका फरिदुन दाउदजई, अब्दुल्ला अहमदजाई र अरब गुलले १र१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १०२ रन बनाएको थियो । अफगानिस्तानका फैसल खान अहमदजई र नजिबुल्लाह जाद्रानले समान ३० रन बनाए । नेपालका कुशल भुर्तेलले ४ र ललित राजवंशीले ३ विकेट लिए ।
प्रतियोगितामा अफगानिस्तानको यो दोस्रो खेल हो । अफगानिस्तानले हिजो पहिलो खेलमा जापानलाई ४८ रनले हराएको थियो । अब नेपालले समूह चरणको अन्तिम खेलमा भोलि बिहान ६ बजे जापानसँग खेल्नेछ ।
समूह ‘ए’ मा नेपाल, अफगानिस्तान र जापान रहेका छन् । समूहबाट शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् । क्वाटरफाइनलमा पुग्ने टोलीले भारत वा श्रीलङ्कामध्ये एक टोलीसँग खेल्नेछ ।
एशियाली खेलकुदको पुरुष क्रिकेटमा नेपाल र अफगानिस्तानबीच १२ वर्षपछि फेरि भेट भएको हो । सन् २०१४ मा दक्षिण कोरियाको इनचोनमा भएको प्रतियोगितामा नेपाल अफगानिस्तानसँग ८ रनले पराजित भएको थियो ।
एशियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालको यो चौथो सहभागिता हो । नेपाल अहिलेसम्म क्वाटरफाइनलभन्दा अगाडि बढ्न सकेको छैन ।
News Desk 0 response शुक्रबार, अशोज ९, २०८३

सम्बन्धित शीर्षकहरु
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा उजुरी गरे, आफैले दुई हजार जरिवाना तिरे
बिहिबार, अशोज २९, २०८३-
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३
-
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३


