

-
अल्जियर्स ।अल्जेरियाको राष्ट्रपति पदका लागि दुई जना पूर्व प्रधानमन्त्री सहित पाँच जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ । आमजनताको विरोधका कारण पूर्व राष्ट्रपति अब्देलाजिज बौतेफ्लिकाले राजिनामा गरेपछि राष्ट्रपति पद रिक्त छ । अल्जेरियाली चुनाव आयोगका प्रमुख मोहमद चार्फीले राष्ट्रपति पदका लागि २३ जनाले उम्मेदवारी दिएको तर तीमध्ये पाँच जनामात्र योग्य रहेको जानकारी दिनुभयो । संविधान अनुसार निर्वाचन आयोगले टुङ्ग्याएको नामलाई अन्तिम स्वीकृतिका लागि संवैधानिक परिषद समक्ष प्रस्तुत गरिनेछ । चुनावी सर्वेक्षणहरुका अनुसार पूर्व प्रधानमन्त्रीहरु अलि बेनफ्लिस र अब्देलमाजिद टेब्बोन भने अग्रपंक्तिमा रहनु भएको छ । करिब २० वर्ष शासन गरेका पूर्व राष्ट्रपति बौतेफ्लिका विरुद्ध अल्जेरियाली जनताले तिब्र विरोध गरेपछि सेनाको दबाबमा गत अप्रिलमा राजिनामा दिनुभएको थियो । राष्ट्रपति पदका लागि अन्य उम्मेदवारहरुमा बौतेफ्लिकाको सत्तारुढ गठबन्धनको डेमोक्रेटिक नेसनल र्याली पार्टीका नेता अजेडाइन मिलहौबी, पूर्व पर्यटनमन्त्री अब्देलकादेर बेनग्रिना र फ्रन्ट एल–मुस्तकाबेल पार्टीका अध्यक्ष अब्देलाजिज बेलाइद रहनु भएको छ । अधिकारकर्मीहरुले भने निर्वाचनसँग सम्बन्धित कानुनमा व्यापक सुधार गर्नुपर्ने माग गरिरहेका छन् । अल्जेरियामा गत जुलाई ४ का लागि निर्वाचनको मिति तोकिएको थियो तर योग्य उम्मेदवारको अभाव देखाउँदै अन्तरिम राष्ट्रपति अब्देलकादेर बेनसालाह सत्तामा रहनु भएको छ । आमजनताले अन्तरिम राष्ट्रपतिले जानाजान राष्ट्रपतिको निर्वाचन गर्न ढिलाई गरेको आरोप लगाउँदै फेरि प्रदर्शन गरिरहेका छन् । सरकारले आगामी डिसेम्बर १२ मा निर्वाचन गर्नेगरी नयाँ मिति घोषणा गरेको छ । निर्वाचन कानुनमा सुधार नहुने अवस्थामा गरिएको चुनावले पनि अल्जेरियामा राजनीतिक स्थिरता नल्याउने भन्दै विरोध रासस
News Desk 0 response आइतवार, कार्तिक १७, २०७६


सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाने
मङ्लबार, चैत्र ७, २०७९ -
आज देशभर मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना
मङ्लबार, चैत्र ७, २०७९ -
काठमाडौं उपत्यकामा आज बैंक तथा वित्तीय संस्था..
मङ्लबार, चैत्र ७, २०७९ -
उपचुनावका लागि भोलिदेखि नै दल दर्ता गर्न..
मङ्लबार, चैत्र ७, २०७९ -
आज घोडे जात्रा पर्व मनाइँदै : काठमाडौं..
मङ्लबार, चैत्र ७, २०७९
-
प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाने
मङ्लबार, चैत्र ७, २०७९ -
आज देशभर मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना
मङ्लबार, चैत्र ७, २०७९ -
काठमाडौं उपत्यकामा आज बैंक तथा वित्तीय संस्था..
मङ्लबार, चैत्र ७, २०७९ -
उपचुनावका लागि भोलिदेखि नै दल दर्ता गर्न..
मङ्लबार, चैत्र ७, २०७९ -
आज घोडे जात्रा पर्व मनाइँदै : काठमाडौं..
मङ्लबार, चैत्र ७, २०७९
-
स्थानीय सरकारकै कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने..
मङ्लबार, फाल्गुन ३०, २०७९ -
टर्कीमा भूकम्पले क्षति पुगेका १० वटा अस्पताल..
शनिबार, फाल्गुन २७, २०७९ -
राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकियो, निजी निवासमा..
आइतवार, फाल्गुन २८, २०७९ -
फेरि पनि शक्तिशाली कम्युनिस्ट केन्द्र बन्छौं :..
आइतवार, फाल्गुन २८, २०७९ -
पीएनजीविरुद्ध नेपालको सहज जित
सोमवार, फाल्गुन २९, २०७९