

सरकारी जग्गा खोज्ने आयोगलाई मालपोत र नापीका कर्मचारीले सहयोग गरेनन
अभिलेखको अभावमा देशभर सरकारी सार्वजनिक गुठी जग्गा कति छ भन्ने नै यकिन छैन । भएकै विवरण समेत मालपोत र नापी कार्यालयले नदिनुले ती कार्यालयको नियतमाथि पनि प्रश्न उब्जिएको छ ।
-
काठमाडौं । सरकारी सार्वजनिक जग्गा अतिक्रमण र हिनामिना जाँचबुझ गर्न गठित आयोगलाई मालपोत र नापी कार्यालयले नै असहयोग गरेका छन् । ती कार्यालयले आयोगले मागेका सबै विवरण उपलब्ध गराउनुको साटो मिसिल नै हराएको जवाफ दिएर असहयोग गरेका हुन् ।
प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवास तथा केन्द्रीय बैंक रहेको बालुवाटार लगायत देशैभर सरकारी, सार्वजनिक र गुठी जग्गा हिनामिना र अतिक्रमण गर्ने प्रवृत्ति बढेपछि सरकारले ६ महिनाको अवधि तोकी जाँचबुझ आयोग गठन गरेको थियो । आयोगको समयावधि मंसिर १४ गते सकिँदै छ । तर यो अवधिमा आयोगमा जग्गा हिनामिना सम्बन्धी १ सय ८३ वटा मात्र उजुरी दर्ता भएका छन् । तीमध्ये काठमाडौंसहित विभिन्न १३ जिल्लाबाट परेका २५ वटा उजुरी संवेदनशील प्रकृतिका छन् । ती उजुरीमाथि आयोगले अहिले विस्तृत छानविन गरिरहेको छ । अब थप उजुरी पर्खिने भन्दा पनि समयावधिभित्रै काम सक्ने भन्दै आयोगले छानविनसँगै प्रतिवेदन लेखनको काम पनि अगाडि बढाएको छ ।
उजुरीको संख्या संख्यात्मक हिसाबले कम भएपनि अन्य सूचनाका आधारमा समेत आफूले प्रमाण संकलन गरेर छानविन गरिरहेको आयोगको दाबी छ । तर, जग्गा प्रशासनसँग सम्बन्धित मालपोत र नापी कार्यालयले भने आयोगलाई आवश्यक सहयोग गरेका छैनन् । म्याद सकिन एक महिना मात्र बाँकी रहँदासम्म पनि नापी र मालपोत कार्यालयले आयोगले मागेका सरकारी सार्वजनिक जग्गाको एक तिहाई विवरण समेत पठाएका छैनन् । नापी विभागले देशभरका १ सय ३१ कार्यालयमध्ये अहिलेसम्म ३५ वटा कार्यालयको मात्र विवरण उपलब्ध गराएको छ । यस्तै मालपोत कार्यालयले पनि १३ जिल्लाको मात्र विवरण दिएको छ ।
News Desk 0 response आइतवार, कार्तिक १७, २०७६


सम्बन्धित शीर्षकहरु
-
रवि लामिछानेमाथि राहदानी दुरुपयोगको मुद्दा नचल्ने
सोमवार, चैत्र ६, २०७९ -
पत्रकारबारे दिएको अभिव्यक्ति सभामुखद्वारा फिर्ता
सोमवार, चैत्र ६, २०७९ -
अब ४ दिनभित्रै सरकारलाई पूर्णता दिन्छु :..
सोमवार, चैत्र ६, २०७९ -
चिनियाँ राष्ट्रपति सी जिनपिङ रुस भ्रमणमा
सोमवार, चैत्र ६, २०७९ -
फागुनमा मात्रै झण्डै ६२ हजारले लिए श्रम..
सोमवार, चैत्र ६, २०७९
-
रवि लामिछानेमाथि राहदानी दुरुपयोगको मुद्दा नचल्ने
सोमवार, चैत्र ६, २०७९ -
पत्रकारबारे दिएको अभिव्यक्ति सभामुखद्वारा फिर्ता
सोमवार, चैत्र ६, २०७९ -
अब ४ दिनभित्रै सरकारलाई पूर्णता दिन्छु :..
सोमवार, चैत्र ६, २०७९ -
चिनियाँ राष्ट्रपति सी जिनपिङ रुस भ्रमणमा
सोमवार, चैत्र ६, २०७९ -
फागुनमा मात्रै झण्डै ६२ हजारले लिए श्रम..
सोमवार, चैत्र ६, २०७९
-
स्थानीय सरकारकै कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने..
मङ्लबार, फाल्गुन ३०, २०७९ -
टर्कीमा भूकम्पले क्षति पुगेका १० वटा अस्पताल..
शनिबार, फाल्गुन २७, २०७९ -
राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकियो, निजी निवासमा..
आइतवार, फाल्गुन २८, २०७९ -
फेरि पनि शक्तिशाली कम्युनिस्ट केन्द्र बन्छौं :..
आइतवार, फाल्गुन २८, २०७९ -
पीएनजीविरुद्ध नेपालको सहज जित
सोमवार, फाल्गुन २९, २०७९