

सरकारी जग्गा खोज्ने आयोगलाई मालपोत र नापीका कर्मचारीले सहयोग गरेनन
अभिलेखको अभावमा देशभर सरकारी सार्वजनिक गुठी जग्गा कति छ भन्ने नै यकिन छैन । भएकै विवरण समेत मालपोत र नापी कार्यालयले नदिनुले ती कार्यालयको नियतमाथि पनि प्रश्न उब्जिएको छ ।
-
काठमाडौं । सरकारी सार्वजनिक जग्गा अतिक्रमण र हिनामिना जाँचबुझ गर्न गठित आयोगलाई मालपोत र नापी कार्यालयले नै असहयोग गरेका छन् । ती कार्यालयले आयोगले मागेका सबै विवरण उपलब्ध गराउनुको साटो मिसिल नै हराएको जवाफ दिएर असहयोग गरेका हुन् ।
प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवास तथा केन्द्रीय बैंक रहेको बालुवाटार लगायत देशैभर सरकारी, सार्वजनिक र गुठी जग्गा हिनामिना र अतिक्रमण गर्ने प्रवृत्ति बढेपछि सरकारले ६ महिनाको अवधि तोकी जाँचबुझ आयोग गठन गरेको थियो । आयोगको समयावधि मंसिर १४ गते सकिँदै छ । तर यो अवधिमा आयोगमा जग्गा हिनामिना सम्बन्धी १ सय ८३ वटा मात्र उजुरी दर्ता भएका छन् । तीमध्ये काठमाडौंसहित विभिन्न १३ जिल्लाबाट परेका २५ वटा उजुरी संवेदनशील प्रकृतिका छन् । ती उजुरीमाथि आयोगले अहिले विस्तृत छानविन गरिरहेको छ । अब थप उजुरी पर्खिने भन्दा पनि समयावधिभित्रै काम सक्ने भन्दै आयोगले छानविनसँगै प्रतिवेदन लेखनको काम पनि अगाडि बढाएको छ ।
उजुरीको संख्या संख्यात्मक हिसाबले कम भएपनि अन्य सूचनाका आधारमा समेत आफूले प्रमाण संकलन गरेर छानविन गरिरहेको आयोगको दाबी छ । तर, जग्गा प्रशासनसँग सम्बन्धित मालपोत र नापी कार्यालयले भने आयोगलाई आवश्यक सहयोग गरेका छैनन् । म्याद सकिन एक महिना मात्र बाँकी रहँदासम्म पनि नापी र मालपोत कार्यालयले आयोगले मागेका सरकारी सार्वजनिक जग्गाको एक तिहाई विवरण समेत पठाएका छैनन् । नापी विभागले देशभरका १ सय ३१ कार्यालयमध्ये अहिलेसम्म ३५ वटा कार्यालयको मात्र विवरण उपलब्ध गराएको छ । यस्तै मालपोत कार्यालयले पनि १३ जिल्लाको मात्र विवरण दिएको छ ।
News Desk 0 response आइतवार, कार्तिक १७, २०७६

सम्बन्धित शीर्षकहरु
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने
शुक्रबार, असार २६, २०८३-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३



