

बिदेशमा जागीर खान दुई बर्ष अवधि हुँदै राजीनामा
सचिव पदमा करीब दुई वर्ष पदावधि हुँदै उनले विश्व स्वास्थ्य संगठन को भारतस्थित कन्ट्री अफिसमा जान राजीनामा दिएको बताईएको छ । पी फाइभ तहको पोष्टमा छनोट भएर डब्लुएचओ जानका लागि सचिव चौधरीले राजीनामा दिएको बुझिएको छ।
-
काठमाडौं ।
बिदेशको आकर्षक पदमा जागीरका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डाक्टर पुष्पा चौधरीले राजिनामा दिएकी छन् । सचिव पदमा करीब दुई वर्ष पदावधि हुँदै उनले विश्व स्वास्थ्य संगठन को भारतस्थित कन्ट्री अफिसमा जान राजीनामा दिएको बताईएको छ ।
News Desk 0 response सोमवार, कार्तिक ४, २०७६
पी फाइभ तहको पोष्टमा छनोट भएर डब्लुएचओ जानका लागि सचिव चौधरीले राजीनामा दिएको बुझिएको छ। उनले दिएको राजीनामा अब वस्ने मन्त्रिपरिषद्को बैठकले स्वीकृत गर्ने छ। चौधरी गत असारमै डव्लुएचओको भारतस्थित ‘कन्ट्री अफिस’को लागि पी फाइभ (सहसचिव तह) तहको पोष्टमा छनोट भइसकेकी छन्।
पछिल्लोपटक चौधरीले राजीनामा फिर्ता लिएर सरकारविरुद्ध मुद्दा फिर्ता गर्न लगाएरमात्रै राजीनामा स्वीकृत हुने वातावरण बनेको हो। चौधरी गत वर्ष कात्तिकमा सरकारले गरेको सरुवाविरुद्ध अदालतमा गएकी थिइन्। अदालतले उनकै पक्षमा आदेश दिएसँगै उनको सरुवा रोकिएको थियो। चौधरीलाई सरुवा गर्न नसकेपछि सरकारले स्वास्थ्य मन्त्रालयमा प्रशासनतर्फको सचिवको दरबन्दी सृजना गरेर दुई सचिवको व्यवस्था गरेको छ। दुई सचिवको व्यवस्थापछि चौधरीको अधिकारीलाई खुम्च्याइएको र त्यहीबीचमा सम्मानजनक विकल्पको खोजीमा लागेकी थिइन्। त्यही क्रममा उनले डब्लुएचओमा आकर्षक अवसर जुरेपछि सरकारी जागिर छाड्ने तयारी थालेकी थिइन् ।

सम्बन्धित शीर्षकहरु
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा उजुरी गरे, आफैले दुई हजार जरिवाना तिरे
बिहिबार, अशोज २९, २०८३-
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३
-
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३


