

-
काठमाडौं ।
प्रशासन सुधारका लागि केही काम भईरहेका छन् । केही हुने अवस्थामा छन् । यो सन्दर्भमा वर्तमान प्रधानमन्त्रीले गर्न छुटाउनु भएका महत्वपूर्ण कार्यहरु छन् । जसमा प्रधानमन्त्रीले आफ्नै अध्यक्षतामा विज्ञहरु रहेको एक उच्चस्तरीय प्रशासन सुधार आयोगको गठन, गर्नु पर्दछ । जसका कारण धेरै सुधार हुने आशा गर्न सकिन्छ ।
यदी त्यसो भएमा संघीय संरचना अनुरुपको कर्मचारी व्यवस्थापनका विविध पक्षमा गहन अध्ययन र सिफारिस गर्न सक्थ्यो । त्यसपछि संघीय निजामती सेवा ऐनमा समावेश गरिने आधारभूत विषयहरुमा अध्ययन अनुसन्धान गरी उचित व्यवस्थाको सिफारिस गर्न सक्थ्यो जसको फलस्वरुप अहिले संसदमा मडारिएको अन्यौलको आँधीको सिर्जना नै हुने थिएन ।
यसो भएमा ऐन निर्माणको क्रममा स्वार्थी कर्मचारीहरुले सांसदहरुको मथिंगल भुट्न सक्ने थिएनन् र सांसदहरु पनि अंटसंट कुरा गरेर विवादमा पर्ने थिएनन् ।
समयमा संघीय निजामती सेवा ऐन बन्न सक्थ्यो र निजामती कर्मचारीहरुमा रहेको अन्यौलको धेरै हदसम्म अन्त्य हुने थियो ।
प्रधानमन्त्रीकै संयोजकत्वमा आयोग भएमा समग्र सार्वजनिक प्रशासनमा सुधारका लक्षणहरु देखा पर्ने थिए । त्यसको साथै प्रधानमन्त्रीले सदाचार नीति निर्माण र सदाचार पद्दतिको प्रवर्धन गर्ने अधिकारसम्पन्न संयन्त्रको व्यवस्था गर्नु पर्दछ । जसले गर्दा सदाचार पद्दतिको विकासका सम्बन्धमा आवश्यक व्यवस्थाको शुरुवात हुने थियो ।भ्रष्टाचार विरुद्ध जनजागरण गराउन र भ्रष्टाचार नियन्त्रण गर्न प्रवर्धनात्मक कार्य गर्न सहयोग पुर्याउने थियो । यसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारभित्र नपरेका विषयमा अध्ययनहरु हुन सक्थे ।
News Desk 0 response शनिबार, अशोज २५, २०७६
सदाचार पद्धतिको विकास र भ्रष्टाचार नियन्त्रणको कार्यमा सरकारले काम गरिरहेको छ भन्ने अनुभूति गराउन सहयोग पुग्थ्यो । अत यो कामका लागि सरकार र प्रधानमन्त्री स्वयम्ले अग्रसरता देखाउनु अहिलको आवश्यकता हो ।

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३ -
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३
-
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३ -
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



