

-
काठमाडौं ।
वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागले नियमावली नबनेको र पर्याप्त कर्मचारी नभएको बहानाबाजी गर्दै स्वार्थ अनुकुल अनुगमन गर्दछ । बजारमा विभागको प्रभावकारी उपस्थिति नभएको फाइदा व्यापारीले उठाइरहेका छन् र त्यसको मार उपभोक्ताले सहँदै आएका छन् ।
बजार अनुगमनको काम देखावटी मात्र भएको छ । दशैं मनाउनका लागि कर्मचारी अनुगमनमा निस्कने गरेको आरोप पनि लाग्ने गरेको छ । दशैं नजिकिएसँगै वाणिज्य मन्त्रालय मातहतको वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागका कर्मचारीलाई भ्याइनभ्याइ छ । बजारमा जथाभावी मूल्य बढाउन नदिन भन्दै विभागले कर्मचारीलाई अनुगमनमा व्यस्त बनाएको बताएपनि आम उपभोक्ताले त्यसको महशुस गर्न पाएका छैनन् । जसका कारण मूल्य नियन्त्रण र बजारमा स्वच्छता कायम गर्न वर्षभरि नै अनुगमन गर्नुपर्ने जिम्मेवारीको विभागका कर्मचारी चाडपर्व लक्षित अनुगमनमा किन रुचि राख्छन् भन्ने प्रश्न उठाउन थालिएको छ ।उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागको टोली अनुगमन गर्न भन्दै राजधानीका विभिन्न पसलमा गयो । कालिकास्थानमा रहेको एक सुपर मार्केटले टोलीसामु बिक्रिमा राखिएका वस्तुको खरिद बिल नै देखाउन सकेन । तर टोली सामान्य निर्देशन दिएर फर्कियो । व्यापारीले खरिदको तुलनामा उपभोक्तासँग मूनपरीरुपमा मूल्य असुल्दै आएपनि उनीहरुमाथि कुनै कारबाही भएको छैन । विभागको अनुगमन देखावटी मात्र देखिएको छ । विभागको काम बजारमा कृतिम अभाव सिर्जना गरेर जथाभावीरुपमा मूल्य बढाउन नदिन र म्याद गुज्रेका वस्तु बेचेर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड हुन नदिन वर्षैभरि अनुगमन गर्ने हो । तर विभाग चाडवाडमा मात्र बजारमा पुग्ने गरेको छ । उपभोक्ता संरक्षण ऐन २०७५ ले बजार अनुगमन अधिकृतलाई जथाभावी मूल्य लिने र कैफियत भएका वस्तु बेच्ने व्यापारीमाथि ठाउँको ठाउँ कारवाही गर्ने अधिकारी दिए पनि विभागको गत आर्थिक वर्षको तथ्यांकले कानुन कार्यान्वयनमा विभाग खरो उत्रिएको देखाउँदैन । गत आर्थिक वर्ष कैफियत भेटिएको भनेर विभागले जम्मा ७ वटा फर्मको मात्र कारोबार बन्द गरेको थियो ।
News Desk 0 response बिहिबार, अशोज ९, २०७६

सम्बन्धित शीर्षकहरु
-
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३
-
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


