

भागबण्डा नमिल्दा मन्त्रिपरिषदमै अलपत्र
राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले रुचाएका व्यक्ति सिफारिशमा नपरेपछि क्याबिनेटमा पुगेको प्रस्ताव महिनौंदेखि पेन्डिङमा छ । खुला प्रतिस्पर्धाबाट सार्वजनिक संस्थानहरुमा योग्य, कर्मठ र कुशल व्यक्तिलाई मात्रै छनोट गर्ने पद्दति विपरित उद्योग मन्त्रालयसँग सम्बन्धित केही प्रस्ताव बेवारिस बनेका हुन् ।
-
काठमाडौं ।
राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले रुचाएका व्यक्ति सिफारिशमा नपरेपछि क्याबिनेटमा पुगेको प्रस्ताव महिनौंदेखि पेन्डिङमा छ । खुला प्रतिस्पर्धाबाट सार्वजनिक संस्थानहरुमा योग्य, कर्मठ र कुशल व्यक्तिलाई मात्रै छनोट गर्ने पद्दति विपरित उद्योग मन्त्रालयसँग सम्बन्धित केही प्रस्ताव बेवारिस बनेका हुन् ।
उदयपुर सिमेन्ट कारखानाका जीएम सुरेन्द्र पौडेल आयल निगममा नियुक्त भएपश्चात् रिक्त पदका लागि चालु आर्थिक वर्षको वैशाख ८ गते नै क्याबिनेटमा तीन जना व्यक्तिमध्येबाट छनोट गर्ने गरी प्रस्ताव गरिएको थियो ।
त्यसमा तीन पटक छलफल पनि भयो । तर प्रधानमन्त्रीले रुचाएका व्यक्ति पाँच जनाबाटै फालिएपछि यो प्रस्ताव अलपत्र परेको छ । तीन जनाको सूचिमा पहिलो नम्बरमा रामअवतार यादव, दोस्रोमा तारा पौडेल र तेस्रोमा रामबाबु साह थिए ।
तर खानी विभागका उपसचिव, कर्मचारी संगठनका नेता जनक चन्द सर्ट लिष्टिङमा छुटे । मन्त्रालयले बनाएको समितिमा बन विभागका पूर्व महानिर्देशक बज्रकिशोर यादव, सहसचिव शोभाकान्त पौडेल र उद्योग विभागका तत्कालिन महानिर्देशक बिनोदप्रकाश सिंह थिए । सरकारको पूर्ण स्वामित्वमा रहेको र नाफा पनि आर्जन गरिरहेको उदयपुर सिमेन्ट कारखाना महिनौंदेखि नियमितको भरमा चलिरहेको छ ।
खुला प्रतिस्पर्धामा आफ्नो योग्यता नपुगेको भनी समितिले गरेको निर्णयविरुद्ध नवलकिशोर साहले सर्वोच्चमा रिट दायर गरेका थिए । नेपाल औषधि लिमिटेडमा जेठ ५ गते आठजना प्रतिस्पर्धीमध्येबाट तीनजनाको नाम सिफारिश भएको थियो । त्यो प्रस्ताव पनि क्याबिनेटमा अलपत्र छ । आठजनामा टीका अर्याल, प्रभातकुमार सिंह, मोहमद सफिक उल्लाह, राजकुमार थापा, विजयश्री बज्राचार्य, धर्मेन्द्र खनाल, झविन्द्र ज्ञवालीलगायतका व्यक्ति परे तर राष्ट्रपतिसँगै अमेरिका उडेका उद्धवप्रसाद तिमिल्सिना छुटे ।
नविन्द्रराज जोशी उद्योगमन्त्री रहेको बेला वर्षौैैंदेखि बन्द रहेको कारखाना सिटामोलको उत्पादनबाट शुरु भए पनि महिनौंदेखि प्रमुख नहुँदा प्रभावित बनेको छ । उता, मन्त्रिपरिषद्को सम्बन्धित समितिमा रहेको प्रस्तावहरुउपर छलफल गराउन उद्योगसचिव यामकुमारी खतिवडाले पहल गर्नुपर्नेमा उनी पनि सुस्ताएकी छन् । प्रधानमन्त्रीको स्वास्थ्य उपचार टोलीमा समेत रहेका उनका श्रीमान डा. धर्म बाँस्कोटाका कारण उनी पनि प्रभावशाली सचिवकै रुपमा छिन् ।
उता, मन्त्री मातृका यादवकै अधिनमा रहेको बाणिज्य मन्त्रालयबाट व्यापारिक फर्महरुको नविकरण प्रस्ताव गत जेठ ९ गते नै क्याबिनेटमा पेश भए पनि अहिलेसम्म कुनै टुंगो लागेको छैन । प्रस्ताव अड्किएपछि जरिवाना तिरेर पनि नविकरण गर्न खोज्ने हजारौं व्यापारी प्रभावित भएका छन् । एकातिर जरिवाना तिर्न बाध्य छन् भने अर्कोतिर बैकिङ कारोबार गर्नबाट पनि बञ्चित छन् ।
गतवर्ष राजपत्रमा एक पटकका लागि नविकरण गर्न मौका दिइएको थियो भने हाल छुटेकाहरु नविकरण खुल्ने प्रतिक्षामा छन् । सोसँग सम्बन्धित प्रस्ताव क्याबिनेटले पारित गरेर राजपत्रमा प्रकाशित भएपछि मात्रै ऐनको रुपमा लागू हुनसक्ने अवस्थामा क्याबिनेटमै प्रस्ताव अड्किँदा हजारौं व्यापारी प्रभावित बनेका हुन् । उता, मन्त्री मातृका यादवले निर्णय क्षमता देखाउन नसक्दा उद्योग विभागमा महानिर्देशक पद खाली छ । बिनोदप्रकाश सिंह प्रदेशमा गएपछि रिक्त स्थानमा जीवनप्रकाश सिटौलालाई पठाइएको भनिए पनि सो स्थानमा कसैलाई खटाइएको छैन ।
News Desk 0 response बुधबार, अशोज ८, २०७६


सम्बन्धित शीर्षकहरु

नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग प्रधानमन्त्रीको जोड
शुक्रबार, माघ २०, २०७९
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा २८ खेलाडी बोलायो
शुक्रबार, माघ २०, २०७९-
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९ -
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द..
शुक्रबार, माघ २०, २०७९ -
गैँडाको संरक्षणमा सरकार संवेदनशील : प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, माघ २०, २०७९ -
चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन
शुक्रबार, माघ २०, २०७९ -
ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा
शुक्रबार, माघ २०, २०७९
-
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९ -
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द..
शुक्रबार, माघ २०, २०७९ -
गैँडाको संरक्षणमा सरकार संवेदनशील : प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, माघ २०, २०७९ -
चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन
शुक्रबार, माघ २०, २०७९ -
ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा
शुक्रबार, माघ २०, २०७९
-
अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री
बिहिबार, माघ १२, २०७९ -
मधेस प्रदेशका दुई सांसदले आज शपथ लिए
बुधबार, माघ ११, २०७९ -
बैतडीमा महिला टी–२० क्रिकेट आजदेखि
बिहिबार, माघ १२, २०७९ -
भोजपुरमा चिराइतो खेतीबाट किसान लाभान्वित
बुधबार, माघ ११, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९