

ज्यान जोगाएर सुइँकुच्चा ठोके जर्नेल
जर्नेल समात्न घर पुगेका सैनिक प्रहरी रित्तो हात फर्किएका छन् । तर, उनलाई पाता कसेर जंगी अड्डा ल्याउने उर्दी छ । अहिले पनि टोली आफ्नै भूपू जर्नेल खोज्दै हिँडिरहेको छ ।
-
काठामडौं ।
जर्नेल समात्न घर पुगेका सैनिक प्रहरी रित्तो हात फर्किएका छन् । तर, उनलाई पाता कसेर जंगी अड्डा ल्याउने उर्दी छ । अहिले पनि टोली आफ्नै भूपू जर्नेल खोज्दै हिँडिरहेको छ ।
निजगढ–काठमाडौं द्रूतमार्ग (फास्ट ट्रयाक) निर्माणक्रममा आफन्त पोसेको र करोडौँ अनियमितता गरेको भनी जंगी अड्डामा पूर्वप्राविधिक जर्नेल योगेन्द्र खाँणविरुद्ध उजुरी परेसँगै प्रधानसेनापति पूर्णचन्द्र थापाले ‘जर्नेलमात्रै हैन, उनका जिजुबाजे नै भए पनि बाँकी राखिँदैन’ भनेपछि अचम्मको तापक्रम देखिएको छ । यस प्रकरणको छानबिन गर्ने जिम्मा पाएका छन्, प्रधानसेनापतिपछिका सिनियर जर्नेल शरद् गिरीले ।
फास्ट ट्रयाक निर्माणक्रममा अग्लो पुल र सुरुङ बनाउने काम नेपालीले नसक्ने र त्यसका लागि अन्तर्राष्ट्रिय टेण्डर गर्नुपर्ने अवस्था छ । त्यो काम जंगी अड्डाले अगाडि बढाउने सुरसार गरिरहँदा खाँणले तत्कालीन सेनापति राजेन्द्र क्षेत्रीको आदेशानुसार मौखिक रुपमै आफ्ना मान्छेको डोजर, लोडर लगाएर अर्थ वर्क (जमिन सम्याउने काम) मा मात्रै पचासौँ करोड घोटाला गरेको बताइन्छ । उनले बिनायोजना लाखौँ स्क्वायर फुट बाटो त्यसै खन्न लगाउने, बिल बनाउने र पैसा दिने काम गरेको समेत उजुरीमा छ ।मौखिक जिम्मा र हाताहाती पैसा दिएर उनले अनियमितता गरेको उजुरी प्रधानसेनापतिको सचिवालयमा पुगेसँगै तलका कर्मचारीको बयानका आधारमा खाँणमात्र हैन, संलग्न जति सबैमाथि कारवाहीको डण्डा सोझिँदैछ । छानबिनक्रममा दोषी ठहर हुने सैनिक वा गैरसैनिक, जो भए पनि यसचोटि बच्न नसक्ने गरी कारवाही अगाडि बढाइएको रक्षा स्रोतले जनाएको छ ।
राजेन्द्र क्षेत्रीकै पालामा लोकमानसिंह कार्कीका सम्धी रोहिणी थपलियालाई जबर्जस्ती जहाज र स्पेयर पार्टस् खरिद गर्नदिँदा गोलमाल भएको प्रकरण छानबिनका निम्ति नागरिक उड्डयनको फाँटमा काम गरिसकेका वा रिटायर्ड भएका विशेषज्ञको खोजी भइरहेको छ ।
News Desk 0 response बुधबार, अशोज ८, २०७६
उता, चीनबाट आएको दोस्रो लट सामग्री लिन केरुङतर्फ लागेको नेपाली सेनाको ३० वटा ट्रक खराब मौसमका कारण बाटैमा रोकिएको जनआस्थाले लेखेको छ ।

सम्बन्धित शीर्षकहरु
-
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३
-
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


