

ज्यान जोगाएर सुइँकुच्चा ठोके जर्नेल
जर्नेल समात्न घर पुगेका सैनिक प्रहरी रित्तो हात फर्किएका छन् । तर, उनलाई पाता कसेर जंगी अड्डा ल्याउने उर्दी छ । अहिले पनि टोली आफ्नै भूपू जर्नेल खोज्दै हिँडिरहेको छ ।
-
काठामडौं ।
जर्नेल समात्न घर पुगेका सैनिक प्रहरी रित्तो हात फर्किएका छन् । तर, उनलाई पाता कसेर जंगी अड्डा ल्याउने उर्दी छ । अहिले पनि टोली आफ्नै भूपू जर्नेल खोज्दै हिँडिरहेको छ ।
निजगढ–काठमाडौं द्रूतमार्ग (फास्ट ट्रयाक) निर्माणक्रममा आफन्त पोसेको र करोडौँ अनियमितता गरेको भनी जंगी अड्डामा पूर्वप्राविधिक जर्नेल योगेन्द्र खाँणविरुद्ध उजुरी परेसँगै प्रधानसेनापति पूर्णचन्द्र थापाले ‘जर्नेलमात्रै हैन, उनका जिजुबाजे नै भए पनि बाँकी राखिँदैन’ भनेपछि अचम्मको तापक्रम देखिएको छ । यस प्रकरणको छानबिन गर्ने जिम्मा पाएका छन्, प्रधानसेनापतिपछिका सिनियर जर्नेल शरद् गिरीले ।
फास्ट ट्रयाक निर्माणक्रममा अग्लो पुल र सुरुङ बनाउने काम नेपालीले नसक्ने र त्यसका लागि अन्तर्राष्ट्रिय टेण्डर गर्नुपर्ने अवस्था छ । त्यो काम जंगी अड्डाले अगाडि बढाउने सुरसार गरिरहँदा खाँणले तत्कालीन सेनापति राजेन्द्र क्षेत्रीको आदेशानुसार मौखिक रुपमै आफ्ना मान्छेको डोजर, लोडर लगाएर अर्थ वर्क (जमिन सम्याउने काम) मा मात्रै पचासौँ करोड घोटाला गरेको बताइन्छ । उनले बिनायोजना लाखौँ स्क्वायर फुट बाटो त्यसै खन्न लगाउने, बिल बनाउने र पैसा दिने काम गरेको समेत उजुरीमा छ ।मौखिक जिम्मा र हाताहाती पैसा दिएर उनले अनियमितता गरेको उजुरी प्रधानसेनापतिको सचिवालयमा पुगेसँगै तलका कर्मचारीको बयानका आधारमा खाँणमात्र हैन, संलग्न जति सबैमाथि कारवाहीको डण्डा सोझिँदैछ । छानबिनक्रममा दोषी ठहर हुने सैनिक वा गैरसैनिक, जो भए पनि यसचोटि बच्न नसक्ने गरी कारवाही अगाडि बढाइएको रक्षा स्रोतले जनाएको छ ।
राजेन्द्र क्षेत्रीकै पालामा लोकमानसिंह कार्कीका सम्धी रोहिणी थपलियालाई जबर्जस्ती जहाज र स्पेयर पार्टस् खरिद गर्नदिँदा गोलमाल भएको प्रकरण छानबिनका निम्ति नागरिक उड्डयनको फाँटमा काम गरिसकेका वा रिटायर्ड भएका विशेषज्ञको खोजी भइरहेको छ ।
उता, चीनबाट आएको दोस्रो लट सामग्री लिन केरुङतर्फ लागेको नेपाली सेनाको ३० वटा ट्रक खराब मौसमका कारण बाटैमा रोकिएको जनआस्थाले लेखेको छ ।


सम्बन्धित शीर्षकहरु
-
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
भन्सार शुल्क बढाउने अमेरिकाको धम्कीपछि युरोपेली सङ्घ..
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२ -
स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे..
आइतवार, असार २९, २०८२
-
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२ -
स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे..
आइतवार, असार २९, २०८२ -
काठमाडौं महानगरको २५ अर्ब ७६ करोड रुपैयाँको..
आइतवार, असार २९, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सिङ्गापुरलाई २ विकेटले हराउँदै नेपालले जित्यो यू–१६..
शनिबार, असार २१, २०८२ -
सोमबार आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द..
शुक्रबार, असार २०, २०८२ -
सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त
सोमवार, असार २३, २०८२ -
बेलायतले इरानबाट बढ्दो र अप्रत्याशित खतराको सामना..
बिहिबार, असार २६, २०८२