• काठमाडौं ।

    डडेल्धुरामा एकजना प्रहरीले कम्तीमा ४ सयलाई सुरक्षा दिनुपर्ने अवस्था रहेको छ ।
    जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा ३ सय ५० जना प्रहरीको दरबन्दी रहेको भए पनि अहिले २ सय ५० को हराहरीमा मात्रै रहेको प्रहरी नायब उपरिक्षक दाधिराम न्यौपानेले बताए।

    विभिन्न स्थानमा आवश्यकता अनुसार अस्थाई प्रहरी पोष्ट भएकाले पनि जनशक्ति अभाव छ।

    जिल्लामा हाल खटिएका प्रहरी संख्याको आधारमा एक जनाले कम्तीमा पनि ४ सय जनालाई सुरक्षा दिनुपर्ने अवस्था छ।