

-
काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संरचना तथा दरबन्दी पुनरावलोकन गरी प्रतिवेदन पठाउन आफ्ना मातहतका निकायलाई पत्राचार गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रअनुसार मन्त्रालयले स्वास्थ्य सेवा, औषधि व्यवस्था र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागसहित महाशाखा तथा केन्द्र, स्वास्थ्य प्रतिष्ठान, सङ्घीय अस्पताल तथा कार्यालयलाई पत्राचार गरेको हो। मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले स्वास्थ्य सेवाको पनि संरचना तथा दरबन्दी पुनरावलोकन हुन लागेको जानकारी दिए। मन्त्रालयले प्रमुख जनस्वास्थ्य प्रशासक सहसचिव श्रेष्ठको संयोजकत्वमा नै पुनरावलोकन कार्यलयसमेत गठन गरेको छ। सामान्य प्रशासनले कर्मचारी समायोजन सम्पन्न भएपश्चात सङ्घीय सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र मातहत निकायहरूको कार्यक्षेत्र, कार्यबोझ र कार्यपद्धतिका आधारमा सङ्गठन तथा दरबन्दी नयाँ व्यवस्था गर्न लागेको छ। प्रवक्ता श्रेष्ठले कार्यदलले विभाग, प्रतिष्ठान, केन्द्र, अस्पताल, तालीम केन्द्र प्रमुखको संयोजकत्वमा सङ्गठन संरचना तथा दरबन्दी पुनरावलोकन समिति गठन गरी मन्त्रालयमा सात दिनभित्र सुझाव पठाउन पत्र पठाएको जानकारी दिए। स्वास्थ्य सेवातर्फको कर्मचारी समायोजन प्रक्रिया अझै टुङ्गिएको छैन।
News Desk 0 response शनिबार, अशोज ४, २०७६


सम्बन्धित शीर्षकहरु
-
अमेरिकी आकाशमा आफ्नो बेलुन पुगेको घटनाप्रति चीनले..
शनिबार, माघ २१, २०७९ -
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ :..
शनिबार, माघ २१, २०७९ -
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट..
शनिबार, माघ २१, २०७९ -
तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना हट्यो
शनिबार, माघ २१, २०७९ -
रबिको अल्टिमेटम आज सकिँदै, गृह मन्त्रालय नदिने..
शनिबार, माघ २१, २०७९
-
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ :..
शनिबार, माघ २१, २०७९ -
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट..
शनिबार, माघ २१, २०७९ -
तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना हट्यो
शनिबार, माघ २१, २०७९ -
खर्च कटौती गर्न पालिका र जिल्ला समन्वय..
शनिबार, माघ २१, २०७९ -
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९
-
अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री
बिहिबार, माघ १२, २०७९ -
मधेस प्रदेशका दुई सांसदले आज शपथ लिए
बुधबार, माघ ११, २०७९ -
बैतडीमा महिला टी–२० क्रिकेट आजदेखि
बिहिबार, माघ १२, २०७९ -
आज शहीद दिवस : विभिन्न कार्यक्रम गरी..
सोमवार, माघ १६, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९