

-
जोर्डनमा जारी एएफसी यु–१६ च्याम्पियनसिप छनोटअन्तर्गत नेपालले आज तेस्रो खेल ताजिकिस्तानसँग खेल्दैछ । जोर्डनको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तरराष्ट्रिय रङ्गशालामा नेपालले जित निकाल्ने उद्देश्यका साथ बलियो प्रतिद्वन्द्वी ताजकिस्तानको सामना गर्दैछ । खेल नेपाली समयअनुसार राति १०ः४५ बजे हुनेछ । यसअघि खेलेको अघिल्ला दुई खेलमा नेपालले एक अङ्क जोडेको छ । पहिलो खेलमा घरेलु टोली जोर्डनसँग नेपाल ७–० गोलअन्तरले पराजित भएको थियो । यद्यपि दोस्रो खेलमा भने नेपालले खेलमा पुनरागमन गर्दै कुवेतलाई १–१ गोलको बराबरीमा रोकेको थियो । यसअघि समान दुई खेल नै खेलेको ताजिकिस्तान दुवै खेलमा जित हासिल गर्दै छ अङ्क जोडेको छ । उक्त छनोट च्याम्पियनसिपमा विभिन्न ४८ वटा राष्ट्र सहभागी छन् जसलाई एघार समूहमा विभाजन गरिएको छ । नेपाल समूह ए मा परेको छ । नेपालको समूहमा आयोजक जोर्डनसँगै कुवेत, ताजकिस्तान र श्रीलङ्का छन् । जारी प्रतियोगितामा ताजिकिस्तान शीर्ष स्थानमा छ भने जोर्डन दोस्रो स्थानमा छ । चार अङ्कका साथ कुवेत तेस्रो स्थानमा छ भने एक अङ्क बटुलेको नेपाल चौथो स्थानमा छ । तीन खेल खेलेको श्रीलङ्का तीनै खेलमा पराजय भोग्दै अङ्क तालिकाको पुछारमा छ । प्रतियोगिताको शीर्ष टोलीले सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको दोस्रो चरणमा स्थान बनाउने छन् । रासस
News Desk 0 response शुक्रबार, अशोज ३, २०७६

सम्बन्धित शीर्षकहरु
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीका लागि खाना व्यवस्थापनमा..
सोमवार, असार १, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीका लागि खाना व्यवस्थापनमा..
सोमवार, असार १, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
आइतबारको बिदा खारेज गर्न लागिएको होइन :..
आइतवार, जेष्ठ २४, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३



