

अर्थको कमाउ अड्डाका कर्मचारीको भागाभाग
विगतमा कमाइको सपना देख्ने प्रवृत्तिमा अहिले पूर्णविराम लागेको छ अर्थ मन्त्रालयमा डा. युवराज खतिवडा छिरेपछि । एयरपोर्ट भन्सारमा प्रमुख रहेका गजेन्द्र ठाकुर र वीरगञ्जमा श्याम भण्डारीलगायत केहीले सुधारका लागि भरमग्दुर प्रयास गरेका हुन् । एक वर्ष काम गरिसकेका ठाकुर सधैं विवादको सम्भावना भइरहने एयरपोर्ट भन्सारमा बस्न नचाहेर अन्यत्रै सरुवा हुन खोजेका थिए । तर, सचिव राजन खनालले दुई पटकको सरुवा रद्द गराएर त्यहीँ राखे ।
-
काठमाडौं ।
सरुवाको आन्तरिक गृहकार्य सबैतिर भइनै रहेको छ । विगतमा खरदार र सुब्बादेखि लिएर प्रमुखसम्म कमाउ अड्डामा जान तानातान हुन्थ्यो ।
बालुवाटार बस्नेहरुले मोलमोलाई गर्थे भने अर्थमन्त्रीले चल्तिका भन्सारमा खल्तीका मान्छे पठाउन सबै शक्ति प्रयोग हुन्थ्यो । उता, कर्मचारी संगठनका नेतादेखि लिएर विभागका महानिर्देशक र अरु अधिकृतहरुले अनुकूलका मान्छे तान्न खोज्थे ।
त्यसका लागि ‘प्रिपेड’ र ‘पोस्टपेड’ दुवै प्रयोग गर्थे । विगतमा कमाइको सपना देख्ने प्रवृत्तिमा अहिले पूर्णविराम लागेको छ अर्थ मन्त्रालयमा डा. युवराज खतिवडा छिरेपछि । एयरपोर्ट भन्सारमा प्रमुख रहेका गजेन्द्र ठाकुर र वीरगञ्जमा श्याम भण्डारीलगायत केहीले सुधारका लागि भरमग्दुर प्रयास गरेका हुन् । एक वर्ष काम गरिसकेका ठाकुर सधैं विवादको सम्भावना भइरहने एयरपोर्ट भन्सारमा बस्न नचाहेर अन्यत्रै सरुवा हुन खोजेका थिए । तर, सचिव राजन खनालले दुई पटकको सरुवा रद्द गराएर त्यहीँ राखे ।
उनलाई निजामती कर्मचारी पुरस्कार पनि दिने आश्वासन थियो । हाल ठाकुर मध्यमस्तरीय कर कार्यालय बबरमहलमा आए भने श्याम भण्डारी भन्सार विभागको डीडीजीमा आएका छन् ।
यसबीच, कुनै पनि कार्यालयमा जो कोही कर्मचारी भ्रष्टाचारबापत पक्राउ परे त्यसको जिम्मेवारी प्रमुखले लिनुपर्ने नीति अख्तियारले बनाएपछि हाकिम हुन चाहनेहरु भेटिन छाडेका छन् । ठूला नेताहरुसम्म पहुँच बनाएका विगतका प्रमुखहरु पनि अहिले मन्त्रालय र विभागमै बस्न रुचाउँछन् । यसबीच विगतमा भन्सारमा काम गरेका र बदनाम केही कर्मचारी अख्तियारले डाम्ने डरले राजीनामा दिएर खेतीपातीमा लागेका छन् ।
अधिकृत उद्धव राउत जागिर छाडेर चाइनिज सामान ओसारपसार गर्ने व्यापारीसँग मिली नगरकोटमा गाई र कालिज पालनमा लागेका छन् भने भन्सार र राजश्व अनुसन्धानमा चिनिएका रामकृष्ण तिवारी चाँडै अधिकृत हुने भन्थे ।
तर, नवीन घिमिरे अख्तियार प्रमुखमा पदोन्नति हुनेबित्तिकै राजीनामा दिएर भारततिर हिँडे । कुनै बेला नवीन घिमिरे सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारी हुँदा रामकृष्ण तिवारी तातोपानी भन्सारमा चल्तापुर्जा थिए । नवीन घिमिरेले कस्न खोज्दा नसकेका जनआस्थामा समाचार छ ।
News Desk 0 response बिहिबार, अशोज २, २०७६


सम्बन्धित शीर्षकहरु
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
ट्रम्पद्वारा दक्षिण कोरिया र जापानमाथि २५ प्रतिशत..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२ -
मिथेन ग्यासको सम्पर्कमा आएर इराकमा १२ टर्किए..
सोमवार, असार २३, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सार्वभौम संसदमा सांसद कै अपमान,लाजै नमानी अर्कालाई..
मङ्लबार, असार १७, २०८२ -
भगिनी संबन्ध रहेका शहरहरुको समन्वय तथा अनुभव..
आइतवार, असार १५, २०८२ -
नेतालाई ‘काका’ भनेपछि थाइल्याण्डमा प्रधानमन्त्री निलम्बित
मङ्लबार, असार १७, २०८२ -
दाङ, बाँके र गुल्मीमा भारी वर्षा, सतर्कता..
सोमवार, असार १६, २०८२