

अर्थको कमाउ अड्डाका कर्मचारीको भागाभाग
विगतमा कमाइको सपना देख्ने प्रवृत्तिमा अहिले पूर्णविराम लागेको छ अर्थ मन्त्रालयमा डा. युवराज खतिवडा छिरेपछि । एयरपोर्ट भन्सारमा प्रमुख रहेका गजेन्द्र ठाकुर र वीरगञ्जमा श्याम भण्डारीलगायत केहीले सुधारका लागि भरमग्दुर प्रयास गरेका हुन् । एक वर्ष काम गरिसकेका ठाकुर सधैं विवादको सम्भावना भइरहने एयरपोर्ट भन्सारमा बस्न नचाहेर अन्यत्रै सरुवा हुन खोजेका थिए । तर, सचिव राजन खनालले दुई पटकको सरुवा रद्द गराएर त्यहीँ राखे ।
-
काठमाडौं ।
सरुवाको आन्तरिक गृहकार्य सबैतिर भइनै रहेको छ । विगतमा खरदार र सुब्बादेखि लिएर प्रमुखसम्म कमाउ अड्डामा जान तानातान हुन्थ्यो ।
बालुवाटार बस्नेहरुले मोलमोलाई गर्थे भने अर्थमन्त्रीले चल्तिका भन्सारमा खल्तीका मान्छे पठाउन सबै शक्ति प्रयोग हुन्थ्यो । उता, कर्मचारी संगठनका नेतादेखि लिएर विभागका महानिर्देशक र अरु अधिकृतहरुले अनुकूलका मान्छे तान्न खोज्थे ।
त्यसका लागि ‘प्रिपेड’ र ‘पोस्टपेड’ दुवै प्रयोग गर्थे । विगतमा कमाइको सपना देख्ने प्रवृत्तिमा अहिले पूर्णविराम लागेको छ अर्थ मन्त्रालयमा डा. युवराज खतिवडा छिरेपछि । एयरपोर्ट भन्सारमा प्रमुख रहेका गजेन्द्र ठाकुर र वीरगञ्जमा श्याम भण्डारीलगायत केहीले सुधारका लागि भरमग्दुर प्रयास गरेका हुन् । एक वर्ष काम गरिसकेका ठाकुर सधैं विवादको सम्भावना भइरहने एयरपोर्ट भन्सारमा बस्न नचाहेर अन्यत्रै सरुवा हुन खोजेका थिए । तर, सचिव राजन खनालले दुई पटकको सरुवा रद्द गराएर त्यहीँ राखे ।
उनलाई निजामती कर्मचारी पुरस्कार पनि दिने आश्वासन थियो । हाल ठाकुर मध्यमस्तरीय कर कार्यालय बबरमहलमा आए भने श्याम भण्डारी भन्सार विभागको डीडीजीमा आएका छन् ।
यसबीच, कुनै पनि कार्यालयमा जो कोही कर्मचारी भ्रष्टाचारबापत पक्राउ परे त्यसको जिम्मेवारी प्रमुखले लिनुपर्ने नीति अख्तियारले बनाएपछि हाकिम हुन चाहनेहरु भेटिन छाडेका छन् । ठूला नेताहरुसम्म पहुँच बनाएका विगतका प्रमुखहरु पनि अहिले मन्त्रालय र विभागमै बस्न रुचाउँछन् । यसबीच विगतमा भन्सारमा काम गरेका र बदनाम केही कर्मचारी अख्तियारले डाम्ने डरले राजीनामा दिएर खेतीपातीमा लागेका छन् ।
अधिकृत उद्धव राउत जागिर छाडेर चाइनिज सामान ओसारपसार गर्ने व्यापारीसँग मिली नगरकोटमा गाई र कालिज पालनमा लागेका छन् भने भन्सार र राजश्व अनुसन्धानमा चिनिएका रामकृष्ण तिवारी चाँडै अधिकृत हुने भन्थे ।
तर, नवीन घिमिरे अख्तियार प्रमुखमा पदोन्नति हुनेबित्तिकै राजीनामा दिएर भारततिर हिँडे । कुनै बेला नवीन घिमिरे सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारी हुँदा रामकृष्ण तिवारी तातोपानी भन्सारमा चल्तापुर्जा थिए । नवीन घिमिरेले कस्न खोज्दा नसकेका जनआस्थामा समाचार छ ।
News Desk 0 response बिहिबार, अशोज २, २०७६

सम्बन्धित शीर्षकहरु
-
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३
-
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


