

-
सियाेल । दक्षिण कोरियामा पहिलो पटक स्वाइन फ्लू भेटिएको छ । मंगलबार यहाँका स्वास्थ्य अधिकारीहरुले सो कुरा पुष्टी गरेका छन् । सुँगुरबाट सर्ने यो रोगका कारण चीनदेखि उत्तर कोरियासम्म कैयौँ सुँगुर मारिएका छन् । अफ्रिकाबाट सुरु भएको यस प्रकोपका कारण ती देशका पनि कैयौँ सुँगुर काटिएका थिए जसका कारण हाल विश्वभर संँुगुरको मासुको मूल्य बढेको छ । सङ्क्रमणका कारण ज्वरो आउने यस स्वाइन फ्लू नामक प्रकोप देखा परेको दक्षिण कोरिया पछिल्लो देश हो । दुई कोरियाको सीमा क्षेत्रमा रहेको एक नगर पाजुको एक सुँगुर फार्ममा पाँच ओटा सुँगुर मरेको अवस्थामा भेटिएका थिए । मरेका ती सुँगुर भेटिएपछि गरिएको अनुसन्धानका क्रममा ती सुँगुरमा नै फ्लू भएको पाइएको दक्षिण कोरियाली कृषि मन्त्रालयका कर्मचारीलाई उद्धृत गर्दै दिइएको समाचारमा जनाइएको छ । दक्षिण कोरियाको कृषि मन्त्रालयका अधिकारीले एएफपी समाचार समितिलाई दिएको जानकारी अनुसार फार्ममा मरेका सुंगुरमा स्वाइन फ्लू प्रमाणित भइसकेको छ, अरु अनुसन्धान जारी छ । ती अधिकारीले उत्तर कोरियाको सिमानाबाट उक्त फ्लू दक्षिणमा देखिएको हुनसक्ने अनुमानलाई अहिले नै स्वीकार गर्न भने नसकिने बताए । उनले भने– अहिले नै यो फ्लू उत्तर कोरियाबाट यता स¥यो भनेर भन्न सकिने अवस्था छैन, किनभने यसबारेमा अनुसन्धान भइरहेकाले उक्त सम्भावनालाई पुष्टि गर्नु चाँडै हुनेछ । दक्षिण कोरियाका कृषि मन्त्री किम हायन सुले उक्त फार्ममा ३ हजार ९५० ओटा सुंगुर रहेकोले उनीहरुलाई विशेष निगरानीमा राखिने जानकारी दिनुभयो । उहाँले त्यस फार्ममा स्वाइन फ्लूको प्रकोप देखिएको प्रमाणित भएकोले देशभरि अन्यत्रतिर पनि यसको सतर्कता अपनाइने जानकारी दिनुभएको समाचारमा जनाइएको छ । देशैभरि घरपालुवा जनावरहरुमा विशेष निगरानी राखिएको र सुंगुरको कतै पनि ओसारपसारमा पूर्णत रोक लगाइएको पनि उहाँले बताउनुभयो । दक्षिण कोरियामा स्वाइन फ्लूको प्रकोप पहिलो पटक देखिएको भए पनि यहाँ विभिन्न समयमा जनावर तथा चराचुरुङ्गीमा भने रोग देखा परेको थियो । सन् २०१४ मा चरामा लाग्ने एभियन इन्फ्लुएन्जा देखिएकोले यहाँका लाखौँ लाख कुखुरा प्रभावित भएका समाचारमा जनाइएको थियो । रासस
News Desk 0 response मङ्लबार, भदौ ३१, २०७६

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
विनोदबहादुर कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा
बिहिबार, भदौ २५, २०८३ -
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३
-
विनोदबहादुर कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा
बिहिबार, भदौ २५, २०८३ -
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३
-
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३



