

प्रदेश दुईमा सुशासनका बाधक कर्मचारी भएको मुख्यमन्त्रीको खुलासा
प्रदेशसभाको बैठकमा रकम निकासा हुन नसकेकोबारे जवाफ दिँदै मुख्यमन्त्री राउतले कर्मचारीको पुरानै मानसिकताका कारण रकम निकासा हुन नसकेको बताए । ‘
-
जनकपुरधाम ।
प्रदेश २ मा कर्मचरीनै सुशासनका बाधक भएको टिप्पणी गरेका छन् । यहाँका मुख्यमन्त्री लालबाबु राउतले कर्मचारीका कारण सुशासन कायम गर्न समस्या भइरहेको बताए ।प्रदेशसभाको बैठकमा रकम निकासा हुन नसकेकोबारे जवाफ दिँदै मुख्यमन्त्री राउतले कर्मचारीको पुरानै मानसिकताका कारण रकम निकासा हुन नसकेको बताए । ‘कर्मचारीको मानसिकता यस्तै रह्यो भने शाषण व्यवस्था मात्र परिवर्तन गरेर केहि हुँदैन’ उनले भने, “यसलाई नियन्त्रण र निरुत्साहित गर्नु जरुरी छ ।” शाषन व्यवस्था फेरिएपनि कर्मचारीको काम गर्ने शैली नफेरिएको निचोड मुख्यमन्त्रीको छ ।
काम सम्पन्न भइसकेको योजनाको निकासा नपाएको भन्दै सांसदहरुले लगातार प्रदेशसभाको दुई वटा बैठक अवरुद्व गरेपछि मुख्यमन्त्री राउतले कर्मचारीका कारण रकम निकासा हुन नसकेको बताए ।
कर्मचारीको पुरानो शैलीको सोच परिवर्तन नभए प्रदेशकै लागि राम्रो नहुने भन्दै मुख्यमन्त्री राउतले काम नगरेकाहरुलाई पनि कर्मचारीहरुले निकासा दिएको पाइएको बताए ।
उनले राम्रोसँग काम नगर्ने कर्मचारीलाई संसदले कार्वाही समेत गर्न सकिने सन्देश दिनुपर्नेमा जोड दिए । उनले कर्मचारीलाई समयमा काम सम्पादन गर्न निर्देशन समेत दिए ।उनले योजनाहरुको निकासा हुन नसकेको सांसदहरुले सुनाएपछि आफूले तत्कालै मन्त्रीपरिषद् बैठक बसेर निकासा दिने निर्णय गरेपनि पछिल्लो तीन साता यता मुख्य सचिव आइसियूमा उपचार गराइरहेकाले त्यसको कार्यान्वयन हुन नसकेको बताए । उनले धनुषा र महोत्तरीको बढी रकम निकासा हुन बाँकी रहेको बताउँदै संसदीय कोषको रु डेढ करोडको चेक काटिए पनि निकासा हुन नसकेको बताए । उनले एक साताभित्र योजना वापतको रकम निकासा हुने विश्वास समेत दिलाए ।
News Desk 0 response सोमवार, भदौ ३०, २०७६


सम्बन्धित शीर्षकहरु
-
अमेरिकी आकाशमा आफ्नो बेलुन पुगेको घटनाप्रति चीनले..
शनिबार, माघ २१, २०७९ -
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ :..
शनिबार, माघ २१, २०७९ -
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट..
शनिबार, माघ २१, २०७९ -
तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना हट्यो
शनिबार, माघ २१, २०७९ -
रबिको अल्टिमेटम आज सकिँदै, गृह मन्त्रालय नदिने..
शनिबार, माघ २१, २०७९
-
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ :..
शनिबार, माघ २१, २०७९ -
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट..
शनिबार, माघ २१, २०७९ -
तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना हट्यो
शनिबार, माघ २१, २०७९ -
खर्च कटौती गर्न पालिका र जिल्ला समन्वय..
शनिबार, माघ २१, २०७९ -
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९
-
अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री
बिहिबार, माघ १२, २०७९ -
मधेस प्रदेशका दुई सांसदले आज शपथ लिए
बुधबार, माघ ११, २०७९ -
बैतडीमा महिला टी–२० क्रिकेट आजदेखि
बिहिबार, माघ १२, २०७९ -
आज शहीद दिवस : विभिन्न कार्यक्रम गरी..
सोमवार, माघ १६, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९