

सेनाका बिवादित अधिकृतको सम्पत्ति अझै छानबीन भएन
केही दिन अघि प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजिनक गरे । तर, सेनामा बसेर आर्थिक अनियमिता गरेको आरोप लागेका पूर्वअधिकारीहरु माथि अख्तियारले अनुसन्धान गर्न सक्ने संवैधानिक व्यवस्था हुँदा पनि कार्वाही भएको छैन । सेनाबाट अकुत कमाएर अवकाश पाएकाहरुको सम्पत्तिको अनुसन्धान अख्तियारले अझै गरेको छैन ।
-
काठमाडौं ।
केही दिन अघि प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजिनक गरे । तर, सेनामा बसेर आर्थिक अनियमिता गरेको आरोप लागेका पूर्वअधिकारीहरु माथि अख्तियारले अनुसन्धान गर्न सक्ने संवैधानिक व्यवस्था हुँदा पनि कार्वाही भएको छैन । सेनाबाट अकुत कमाएर अवकाश पाएकाहरुको सम्पत्तिको अनुसन्धान अख्तियारले अझै गरेको छैन । ठूल्ठूला निर्माण र खरिद प्रकरणमा विवादित बनेका पूर्वप्रमुख र अन्य अधिकारीमाथि समेत छानबिनमा अख्तियारले जाँगर देखाएको छैन । त्यसैले बहालवाला अधिकृतमाथि प्रधानसेनापतिकै पहलमा अनुसन्धान हुन सक्ने भए पनि विगतमा भ्रष्टाचार गर्नेहरुमाथि अनुसन्धान गर्न संवैधानिक निकायको सक्रियता पनि उत्तिकै जरूरी छ ।
नेपाली सेनाले विगतमा केन्द्रीय अभिलेखालयमा आफ्ना जवान तथा अधिकृतहरुको सम्पत्ति विवरण संकलन गर्थ्यो । गत वर्ष सम्बन्धित कार्यालय प्रमुखले राख्न सक्ने बनाइयो । अहिले त्यो पनि परिर्वतन गरी अधिकृतहरूको विवरण मुख्यालयमा पेस गर्नुपर्ने बनाइएको छ । कसैको अस्वाभाविक सम्पत्ति देखिए कार्वाही गर्ने सेनापति थापाको योजना छ । थापाले भर्ना प्रकृयामा अनियमिता गर्ने एक सय ७२ जना र अन्य प्रकरणमा एक प्रमुख सेनानी, तीन सेनानी सहित २७ जनामाथि कार्वाही चलाइसकेका छन् । यसले सेनाभित्रको अनियमिता कुन हदसम्म छ भन्ने पनि प्रष्ट पार्छ ।नेपाली सेनाले मात्रै हरेक वर्ष राज्यको ४० अर्ब र कल्याणकारी कोषको करिब ३५ अर्ब गरी झण्डै एक खर्बको बजेट परिचालन गर्छ । ती रकमको पारदर्शिता अझै छैन ।
News Desk 0 response आइतवार, भदौ २९, २०७६

सम्बन्धित शीर्षकहरु
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न सरकारसँग रास्वपाको माग
सोमवार, असार २९, २०८३-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३



