• संघीयता कार्यान्वयनसंगै साविकको जिल्ला पशु सेवा कार्यालय खारेज भई पर्वतमा स्थापना भएको पशु सेवा बिज्ञ केन्द्रको सम्पर्क कार्यालयमा बिज्ञ र पशु चिकित्सक नै छैनन् । कतिसम्म भने पशु सेवा कार्यालय खारेज भएपछि पर्वतका पशुपालक कृषक सरकारी अनुदान, परामर्श र उपचार सेवाबाट बञ्चित भएका छन् ।

    पशु सेवा विज्ञ नहुदा पर्वतका पशुपंक्षिपालक कृषकले भेटेनरी तथा पशु विज्ञ केन्द्रबाट सेवा लिन पाएका छैनन् । पर्वत जिल्ला सम्पर्क ईकाई अन्र्तगत ७० कुखुरा तथा हृयाचरी र्फम, ३४ गाईर्फम, ६९ बाख्रार्फम, १४ वंगुरर्फम र आधा दर्जन भैसी र्फमहरुले सेवा लिदै आएका थिए । अहिले विज्ञ सहित यो कार्यालयको सेवा बाग्लुङवाट सञ्चालन हादा पर्वतवासी कृषक मर्कामा छन् । इकाई कार्यालयमा एक कार्यालय सहयोगी मात्रै छन् ।
    कुस्मा वडागाउाको २ रोपनी जग्गामा स्थानीय शिवकुमार श्रेष्ठले बाख्रा र्फम सञ्चालन गरको पााच बर्ष भयो । उनको र्फममा ९० वटा बाख्रा छन् । तर, उनले आफुले पालेका बाख्रा बिरामी हुादा जिल्लाभित्रै उपचार गन पाएका छैनन् ।

    सम्पर्क कार्यालय सञ्चालन भएको केही साता भेटनरी तथा पशु विज्ञ केन्द्र बागलुङले प्राविधिक खटाएको भएपनि अहिले सम्पर्क एकाई प्राविधिक विहिन छ । विगतमा एक बरिष्ठ पशु चिकित्सक, दुई पशु चिकित्सक, योजना अधिकृत, ईकाई प्रमुख रहने कायालयमा अहिले कार्यालय सहयोगी मात्र छन् । त्यसो त पर्वतका ७ स्थानीय तहमा पनि पशु चिकित्सक छैनन् ।