भ्रष्ट कर्मचारीका कारण सरकारी संस्था यसरी पंगु बनाइन्छ
भदौ बित्न लाग्दा पनि चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर प्रवेश परीक्षा शुरु हुन सकेको छैन । विशेषज्ञ चिकित्सक उत्पादन गर्ने शैक्षिक थलो अहिले त्यहाँका डिन पीयूष दाहाल, रेक्टर डा. सुबोध अधिकारीहरूको बन्धक बन्न पुगेको छ । स्रोतका अनुसार यी दुई अहिले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) सुधारभन्दा डुबाउनतिर उन्मुख छन् । यी दुईको ज्यादती यति चुलिँदो छ कि सेवा आयोग नै खारेज गर्नतर्फ कम्मर कसेर लागिपरेका छन् । जबकि पाटन स्वास्थ्य विज्ञान, पोखरा स्वास्थ्य विज्ञान, धरान स्वास्थ्य विज्ञानजस्ता शैक्षिक संस्थाले आफैं सेवा आयोगलाई सक्रिय बनाएका छन् ।
-
काठमाडौं ।
भदौ बित्न लाग्दा पनि चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर प्रवेश परीक्षा शुरु हुन सकेको छैन । विशेषज्ञ चिकित्सक उत्पादन गर्ने शैक्षिक थलो अहिले त्यहाँका डिन पीयूष दाहाल, रेक्टर डा. सुबोध अधिकारीहरूको बन्धक बन्न पुगेको छ । स्रोतका अनुसार यी दुई अहिले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) सुधारभन्दा डुबाउनतिर उन्मुख छन् । यी दुईको ज्यादती यति चुलिँदो छ कि सेवा आयोग नै खारेज गर्नतर्फ कम्मर कसेर लागिपरेका छन् । जबकि पाटन स्वास्थ्य विज्ञान, पोखरा स्वास्थ्य विज्ञान, धरान स्वास्थ्य विज्ञानजस्ता शैक्षिक संस्थाले आफैं सेवा आयोगलाई सक्रिय बनाएका छन् । आयोगले कर्मचारी तथा शिक्षक भर्ना बढुवा, शौक्षिक योग्यता रोक्ने काम गर्छ । न्याम्सको सेवा आयोग ऐनमा स्पष्टसँग स्थायी कर्मचारी भर्ना, बढुवा गर्ने अधिकार सेवा आयोगलाई तोकेको छ । तर, अहिले यी दुई सेवा आयोग नै खारेज गर्ने अग्रसर छन् । उनीहरू आफंै रहनेगरी पदपूर्ति समिति बनाएर नजराना उठाउँदै अस्थायी, करार नियुक्ति दिने धन्दा चलाउन अग्रसर छन् । यही कारण त्यहाँ कार्यरत ६ सय न्याम्सका कर्मचारी र सयांै रेजिडेन्ट डाक्टरको भविष्यसमेत धरापमा परेको छ ।
News Desk 0 response बुधबार, भदौ २५, २०७६
स्मरण रहोस्, यी दुवै विगतमा बदनाम पात्र हुन् । डा. पीयूष तिनै पात्र हुन् जसलाई प्लास्टिक सर्जरीका लागि वीर अस्पतालमा आउने बिरामीको उपचार त्यहाँबाट नगरी कीर्तिपुर अस्पताल पठाउने गरेको आरोप लाग्ने गरेको छ । यस्तै रेक्टर डा. सुवोधमाथि तत्कालीन अख्यिार प्रमुख लोकमानसिंह कार्कीले काठमाडौं विश्वविद्यालयमा हस्तक्षेप गर्दा प्रवेश परीक्षाको प्रश्नपत्र बनाएर लोकमानकहाँ पु¥याएर अनियमिततामा सघाएको चार्ज लाग्दै आएको छ । उनी मेडिकल काउन्सिलमा रहँदासमेत यस्तै कर्मका कारण विवादमा तानिएका पात्र हुन् ।
उता वीर अस्पताल डुबाउन अहेव शोभा गौतमहरूको सक्रियता बढ्दो छ । लामो समयसम्म खरिद शाखामा बसेर तर मार्दै आएकी भगवती थपलिया (उर्मिला थपलियाकी भाउजू) त्यहाँबाट असोजमा अन्यत्रै शाखामा लखेटिँदै छिन् । उनी त्यहाँ हुँदा अस्पतालका टेण्डरहरू अस्पताल माफियाका रूपमा बदनाम धादिङे विशाल पण्डितहरूबाहेक अरूलाई ढिम्किनै दिइँदैनथ्यो । कतिसम्म भने वीर अस्पतालमा एक रुपैयाँमा अण्डा, चना, बिस्कुट, जिरा, धनिया, आटा खरिद हुने गरेको तथ्यसमेत प्रकाशमा आएको छ । कमिसन मोहकै कारण अहिले पनि वीर अस्पतालमा खरिद गरिएका अर्बाैंको उपकरण (टोमोथेरापी, न्युरो सिटी) थन्क्याइएको छन् । ती खरिदलाई महालेखा, सार्वजनिक खरिद अनुगमनको प्रतिवेदनले समेत बेरुजु र अनियमितता औंल्याएको छ । अहिले त्यही कमिसनको भागबन्डा नमिल्दा विदेशी नियोग जाइकाले बनाइदिएको सुविधासम्पन्न भवनसमेत सञ्चालनमा आउन सकेको छैन । केही समयपछि भत्काउने तयारी भइरहेको भवनमा लिफ्ट जडान गरिँदै छ । वीर अस्पतालमा भएका खरिदलाई महालेखा आयोगको प्रतिवेदन, सार्वजनिक खरिदको प्रतिवेदनले अनियमितता ठहर गरेको छ । यस्तै सतर्कता केन्द्रले कारबाहीका लागि स्वास्थ्य मन्त्रालयलाई सिफारिससमेत गरेको छ । उनीहरूउपर अख्तियार, प्रम कार्यालय, स्वास्थ्य मन्त्रालयसम्म दर्जनांै उजुरी दर्ज भएको छ । तर, यस्ता भ्रष्ट कर्मचारीउपर केही एक्सन लिइएको छैन । यता, किर्ते मेडिकल रिपोर्ट बनाउने धन्दामा संलग्न भएको भिटो लाग्दै आएको छ, अहेव शोभा गौतममाथि । उनकै कारण असहाय, गरिब र विपन्न बिरामीको अधिकार व्यापक कटौती गरिएको छ ।
स्मरणीय छ, यसअघि गौतम नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा कार्यरत रहँदा मापदण्ड नपुगेका कलेजलाई आर्थिक फाइदा लिएर मात्र कलेज (अहेव, अनमी,कलेज) नवीकरण गर्ने गरेकी थिइन् । नजरानाबिना नवीकरण नै नगर्ने गरेको बताइन्छ । अहिले फर्जी मेडिकल बोर्ड बनाउने प्रमुख हर्ताकर्ताका रूपमा उनी बदनाम छिन् । सामान्य प्रशासन सचिव यादव कोइराला र सामान्यकै उपसचिव चन्द फुयाँलसम्मलाई दबाब र प्रभावमा पारी उनले वीर र ट्रमामा आफूनिकट उपसचिव, शाखा अधिकृत र नासुहरू सरुवा गरी वीरमा ल्याउन लागिपरेकी छन् । यी कर्मचारीको ज्यादती र अनियमितताउपर प्रम कार्यालय, स्वास्थ्य मन्त्रालय र अख्तियारमा उजुरीको चाङ लागेको छ ।
जनआस्थावाट
सम्बन्धित शीर्षकहरु
‘एचपीभी’ खोपमा १ अर्ब ३० करोड रुपैयाँ सरकारको खर्च
आइतवार, पुस २८, २०८१चाकु र तरुल मानव शरीरका लागि लाभदायक
आइतवार, पुस २८, २०८१मलद्वारभित्र लुकाएर ल्याएको सुनसहित तीन जना पक्राउ
आइतवार, पुस २८, २०८१काठमाडौंबाट हङकङ उडेका २८ यात्रुलाई ‘फुड पोइजन’, छानबिन समिति गठन
आइतवार, पुस २८, २०८१-
‘एचपीभी’ खोपमा १ अर्ब ३० करोड रुपैयाँ..
आइतवार, पुस २८, २०८१ -
चाकु र तरुल मानव शरीरका लागि लाभदायक
आइतवार, पुस २८, २०८१ -
मलद्वारभित्र लुकाएर ल्याएको सुनसहित तीन जना पक्राउ
आइतवार, पुस २८, २०८१ -
काठमाडौंबाट हङकङ उडेका २८ यात्रुलाई ‘फुड पोइजन’,..
आइतवार, पुस २८, २०८१ -
दैलेखमा कृषि विकास अधिकृतको कार्यकक्षमै मृत्यु
आइतवार, पुस २८, २०८१
-
‘एचपीभी’ खोपमा १ अर्ब ३० करोड रुपैयाँ..
आइतवार, पुस २८, २०८१ -
चाकु र तरुल मानव शरीरका लागि लाभदायक
आइतवार, पुस २८, २०८१ -
मलद्वारभित्र लुकाएर ल्याएको सुनसहित तीन जना पक्राउ
आइतवार, पुस २८, २०८१ -
काठमाडौंबाट हङकङ उडेका २८ यात्रुलाई ‘फुड पोइजन’,..
आइतवार, पुस २८, २०८१ -
दैलेखमा कृषि विकास अधिकृतको कार्यकक्षमै मृत्यु
आइतवार, पुस २८, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
मेरो नेतृत्वको सिन्धु युएसए वेलफेर सोसाइटी र..
शनिबार, पुस २०, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१