

प्रहरीमा जिल्ला ईञ्जार्ज बनाउन पनि अख्तियारको हस्तक्षेप
अख्तियारमा तीन वर्ष काम गरेका हेम थापालाई रूपन्देही पठाउने त्यताको दबाबका अगाडि सचिव र आइजीको केही चलेन । अहिले झापाबाट दिनेश मैनालीलाई तानेर खापुङलाई पठाउने सल्लाह छ । तर, त्यहीँका लागि अख्तियारबाट एक भारी नाम आएको छ, कृष्णप्रसाद पंगेनी, कृष्ण कोइरालादेखि प्रवीण पोखरेलसम्मको । नाम आएका एसपीहरू कोहीभन्दा कम छैनन् । तर, प्राथमिकता सूची (रोस्टर) मा लामो समयदेखि छिरेका एसपी एकपछि अर्को गर्दै पीडित भइरहने, शक्तिकेन्द्रले नयाँ–नयाँ नाम पठाइरहने कुराले हैरानी दिएको छ ।
-
काठमाडौं । गृहसचिव प्रेम राई एसपी चन्द्रकुवेर खापुङलाई जिल्ला इञ्चार्ज बनाउन इच्छुक छन् । आइजी सर्वेन्द्रको पनि इच्छा त्यस्तै छ ।
तर, बाधक बनिरहेको छ, अख्तियार । अहिले हेडक्वार्टरको कप्रमा रहेका खापुङलाई सचिव र आइजीले सल्लाह गरेरै जिप्रका रूपन्देही पठाउन खोजे । तर, अख्तियारमा तीन वर्ष काम गरेका हेम थापालाई रूपन्देही पठाउने त्यताको दबाबका अगाडि सचिव र आइजीको केही चलेन । अहिले झापाबाट दिनेश मैनालीलाई तानेर खापुङलाई पठाउने सल्लाह छ । तर, त्यहीँका लागि अख्तियारबाट एक भारी नाम आएको छ, कृष्णप्रसाद पंगेनी, कृष्ण कोइरालादेखि प्रवीण पोखरेलसम्मको । नाम आएका एसपीहरू कोहीभन्दा कम छैनन् । तर, प्राथमिकता सूची (रोस्टर) मा लामो समयदेखि छिरेका एसपी एकपछि अर्को गर्दै पीडित भइरहने, शक्तिकेन्द्रले नयाँ–नयाँ नाम पठाइरहने कुराले हैरानी दिएको छ ।
त्यस्तै, अग्नि सापकोटाले आफ्नो जिल्ला सिन्धुपाल्चोकमा पठाइदिन भनी सिफारिस गरेका एसपी प्रचण्डकै फोनका कारण ठण्डाराम भएका छन् । अग्निले विनोद घिमिरेलाई सिफारिस गरेका थिए । तर, प्रचण्डबाट फोन गराएर प्रज्वल महर्जन सिन्धुपाल्चोक पुगेका छन् । अर्कातिर, काभ्रेमा एसपी जयराज सापकोटाको गणेश–तीर्थ लामाहरूसँग अनुचित साँठगाँठ भएको, बालुवा चोरी निकासी नियन्त्रणमा कमजोरी देखिएको भनी गृहमा कुरा पुगेपछि अहिले हेडक्वार्टरले कुरा बुझ्दै छ ।त्यस्तै, पुलिसिङभन्दा बढी मोडलिङ गरेको भनी कोटेश्वरबाट इन्स्पेक्टर एलिजा गिरी तानिएकी छन् । त्यहाँ अर्की इन्स्पेक्टर सुभद्रा वाइवा गइन् । गौशालाबाट केही प्रहरी अख्तियारको रंगेहातमा परेपछि पक्राउ परेका प्रहरीको बयानका आधारमा त्यहाँका डिएसपी प्रदीपकुमार सिंहमाथि छानबिन शुरु भएको छ ।
गोरु तस्करसँग साँठगाँठ गरेको उजुरी परेपछि कपिलवस्तुबाट एसपी मनोज यादव तानिए । त्यसपछि त्यहाँ अच्युतम पुडासैनी गए । काम गर्न नसक्दा उनी पनि ६ महिनामै तानिए । अहिले धादिङका एसपी राजकुमार वैदवारको हालत त्यही छ ।त्यहाँका गुण्डा नाइके राधे भण्डारीसँग उनको गम्भीर मिलेमतोबारे हेडक्वार्टरमा उजुरी परेपछि तान्ने तयारी भइरहेको छ । तर, दिनरात तानिदिनुप¥यो भनेर नेकपाका प्रदेश अध्यक्षसमेत रहेका पूर्वमन्त्री प्रभु साह आइजिपीलाई कराइरहेका छन् ।
तर, आइजी सर्वेन्द्र प्रभुलाई भन्दै छन्, ‘मेरो संगठन म चलाउँछु, तपाईंको पार्टी तपाईं चलाउनुस् ।’ कुरा के रहेछ भने, रौतहटका एसपी भूपेन्द्र खत्रीले केही पोके तस्करदेखि हतियारधारी व्यक्तिलाई ‘दुःख’ दिएको प्रभुलाई मन परेको छैन । तर, आइजीलाई त्यही कुरा मन परेपछि उनी तानिएका छैनन्, तत्काल तान्ने तयारी पनि छैन ।
आइजिपीले नमानेपछि प्रभु पुगेका छन्, गृहमा । सचिवसँग भन्दै छन्, ‘यो एसपी त्यहीँ रहने हो भने मेरो त राजनीति सकिन्छ . ’ नेताले भन्दैमा प्रहरी प्रमुख हेरफेर गर्ने हो भने संगठन चलाउन नसकिने आइजीको मनसाय बुझेपछि गृहसचिवले प्रभुलाई ‘म कुरा गरौँला’ भनेर फर्काइदिएका छन् ।
बरु, सर्लाहीमा एसपी गोपालचन्द्र भट्टराईको कमाण्ड कन्ट्रोलमा समस्या आएको भन्दै गृहले हेडक्वार्टरलाई त्यसबारे बुझ्न भनेको छ ।
News Desk 0 response बुधबार, भदौ २५, २०७६


सम्बन्धित शीर्षकहरु

पाँच वटा प्रदेशका केही ठाउँमा आज हावाहुरी चल्ने सम्भावना : सतर्कता अपनाउन आग्रह
आइतवार, चैत्र २, २०८१-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ संभावित कार्यसूची
आइतवार, चैत्र २, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
पाँच वटा प्रदेशका केही ठाउँमा आज हावाहुरी..
आइतवार, चैत्र २, २०८१ -
आज दिउँसो काठमाडौंका यी स्थानमा काटिंदैछ बिजुली
शनिबार, चैत्र १, २०८१ -
दुना–टपरी उद्योगले प्लाष्टिकजन्य वस्तु विस्थापित
शनिबार, चैत्र १, २०८१
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ संभावित कार्यसूची
आइतवार, चैत्र २, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
पाँच वटा प्रदेशका केही ठाउँमा आज हावाहुरी..
आइतवार, चैत्र २, २०८१ -
आज दिउँसो काठमाडौंका यी स्थानमा काटिंदैछ बिजुली
शनिबार, चैत्र १, २०८१ -
दुना–टपरी उद्योगले प्लाष्टिकजन्य वस्तु विस्थापित
शनिबार, चैत्र १, २०८१
-
विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण
शुक्रबार, फाल्गुन ३०, २०८१ -
जनकपुरधाममा महामूर्ख साबित गर्न तछाडमछाड
शुक्रबार, फाल्गुन ३०, २०८१ -
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
बुधबार, फाल्गुन २८, २०८१ -
बाजुरामा भीरमा अड्किएका ८ जनाको उद्धार
सोमवार, फाल्गुन २६, २०८१ -
युक्रेन र अमेरिकाबीच ३० दिने अस्थायी युद्धविरामको..
बुधबार, फाल्गुन २८, २०८१