

देशमा डेंगुको प्रकोप हुँदा मन्त्रालयका हाकिम बिदेश शयर
मुलुकमा डेँगुको प्रकोपले बिरामीको मृत्यु भइसकेकाले रोकथामका लागि युद्धस्तरमा खट्नुपर्ने जिम्मेवार अधिकारी विदेश सयरमा निस्केका हुन् । यसलाइ राज्य संयन्त्रमा रहेको गैरजिम्मेवारीपनको उदाहरणका रूपमा जनप्रतिनिधिले लिएका छन् ।
-
काठमाडौं ।
डेंगूका कारण धेरै मानिस आक्रान्त छन् । तर,सरूवा रोगको प्रकोप वा महामारी चल्दा सबैभन्दा बढी खट्नुपर्ने स्वास्थ्य विभागकै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक विवेककुमार लाल अहिले भुटान छन् ।स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सुशीलनाथ प्याकुरेल भदौ ९ गतेदेखि दिल्ली यात्रामा छन् । घरायसी काममा बिदा बसेको उल्लेख गरेर उनी १३ गतेसम्म बिदामा छन् । सरकारी संयन्त्रमा रहेको यो गैरजिम्मेवार प्रवृत्ति सुधार्न राजनीतिक नेतृत्वले नै विशेष कदम चाल्नुपर्ने हो । तर डेँगुको प्रकोपमा मन्त्रालय समेत चासोहीन देखिएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक वासुदेव पाण्डे पनि लालसँगै भुटान पुगेका छन् । मंगलबार गएका यी दुवै अधिकारी आइतबार मात्र फर्किनेछन् । मुलुकमा डेँगुको प्रकोपले बिरामीको मृत्यु भइसकेकाले रोकथामका लागि युद्धस्तरमा खट्नुपर्ने जिम्मेवार अधिकारी विदेश सयरमा निस्केका हुन् । यसलाइ राज्य संयन्त्रमा रहेको गैरजिम्मेवारीपनको उदाहरणका रूपमा जनप्रतिनिधिले लिएका छन् ।
सुनसरीबाट सुरू भएको यो रोग अहिले नियन्त्रणबाहिर छ । अहिलेसम्म तीनजनाको ज्यान लिइसकेको छ । सयौँ अस्पताल धाइरहेका छन् । मुलुकका ४० भन्दा बढी जिल्लामा फैलिएर ५ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । काठमाडौँ उपत्यकामै ६६ जनामा डेंगु देखिइसकेको छ र यसले जनस्तरमा त्रास बढेको छ ।
News Desk 0 response आइतवार, भदौ १५, २०७६


सम्बन्धित शीर्षकहरु
-
कक्षा ११ मा भर्ना भएका विद्यार्थीको रजिस्ट्रेशन..
बुधबार, मंसिर २०, २०८० -
परराष्ट्र निमित्त सचिवमा सेवा लम्साल
बुधबार, मंसिर २०, २०८० -
मिचाउङ सामुद्रिक आँधीको प्रभावले कोशी र मधेस..
बुधबार, मंसिर २०, २०८० -
एनसेल शेयर खरिद–बिक्री अध्ययन गर्न सरकारले छानबिन..
बुधबार, मंसिर २०, २०८० -
रुसी सेनामा नेपाली युवा पठाउने गिरोह पक्राउ
बुधबार, मंसिर २०, २०८०
-
कक्षा ११ मा भर्ना भएका विद्यार्थीको रजिस्ट्रेशन..
बुधबार, मंसिर २०, २०८० -
परराष्ट्र निमित्त सचिवमा सेवा लम्साल
बुधबार, मंसिर २०, २०८० -
मिचाउङ सामुद्रिक आँधीको प्रभावले कोशी र मधेस..
बुधबार, मंसिर २०, २०८० -
एनसेल शेयर खरिद–बिक्री अध्ययन गर्न सरकारले छानबिन..
बुधबार, मंसिर २०, २०८० -
रुसी सेनामा नेपाली युवा पठाउने गिरोह पक्राउ
बुधबार, मंसिर २०, २०८०
-
नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान सुरु
बिहिबार, मंसिर १४, २०८० -
खागको तस्करी आरोपमा पक्राउ परेका ८ जना..
बिहिबार, मंसिर १४, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
७१ सहसचिवको सरुवा (सूचीसहित)
सोमवार, मंसिर ११, २०८० -
कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : देउवा
सोमवार, मंसिर ११, २०८०