

देशमा डेंगुको प्रकोप हुँदा मन्त्रालयका हाकिम बिदेश शयर
मुलुकमा डेँगुको प्रकोपले बिरामीको मृत्यु भइसकेकाले रोकथामका लागि युद्धस्तरमा खट्नुपर्ने जिम्मेवार अधिकारी विदेश सयरमा निस्केका हुन् । यसलाइ राज्य संयन्त्रमा रहेको गैरजिम्मेवारीपनको उदाहरणका रूपमा जनप्रतिनिधिले लिएका छन् ।
-
काठमाडौं ।
डेंगूका कारण धेरै मानिस आक्रान्त छन् । तर,सरूवा रोगको प्रकोप वा महामारी चल्दा सबैभन्दा बढी खट्नुपर्ने स्वास्थ्य विभागकै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक विवेककुमार लाल अहिले भुटान छन् ।स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सुशीलनाथ प्याकुरेल भदौ ९ गतेदेखि दिल्ली यात्रामा छन् । घरायसी काममा बिदा बसेको उल्लेख गरेर उनी १३ गतेसम्म बिदामा छन् । सरकारी संयन्त्रमा रहेको यो गैरजिम्मेवार प्रवृत्ति सुधार्न राजनीतिक नेतृत्वले नै विशेष कदम चाल्नुपर्ने हो । तर डेँगुको प्रकोपमा मन्त्रालय समेत चासोहीन देखिएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक वासुदेव पाण्डे पनि लालसँगै भुटान पुगेका छन् । मंगलबार गएका यी दुवै अधिकारी आइतबार मात्र फर्किनेछन् । मुलुकमा डेँगुको प्रकोपले बिरामीको मृत्यु भइसकेकाले रोकथामका लागि युद्धस्तरमा खट्नुपर्ने जिम्मेवार अधिकारी विदेश सयरमा निस्केका हुन् । यसलाइ राज्य संयन्त्रमा रहेको गैरजिम्मेवारीपनको उदाहरणका रूपमा जनप्रतिनिधिले लिएका छन् ।
सुनसरीबाट सुरू भएको यो रोग अहिले नियन्त्रणबाहिर छ । अहिलेसम्म तीनजनाको ज्यान लिइसकेको छ । सयौँ अस्पताल धाइरहेका छन् । मुलुकका ४० भन्दा बढी जिल्लामा फैलिएर ५ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । काठमाडौँ उपत्यकामै ६६ जनामा डेंगु देखिइसकेको छ र यसले जनस्तरमा त्रास बढेको छ ।
News Desk 0 response आइतवार, भदौ १५, २०७६

सम्बन्धित शीर्षकहरु
-
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३
-
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


