

कर्मचारीको आडमा कार्यालयमा बिचौलिया
अख्तियारले गत वर्ष १ सय ४२ वटा स्टिङ अपरेशन गरेकोमा विभिन्न कार्यालयमा सहजीकरण र लेखापढी गर्ने भन्दै बसेकामध्ये ३२ जना बिचौलिया र उनीहरूसँग मिलेमतोमा काम गर्ने १ सय ६१ कर्मचारी रंगेहात पक्राउ परेका थिए । यो वर्ष पनि पछिल्लो डेढ महिनामा भएका ३७ वटा स्टिङ अपरेशनबाट मालपोत, नापी र यातायात कार्यालयका १२ कर्मचारीहरु ६ जना बिचौलिया सहित रंगेहात समातिएका छन् ।
-
काठमाडौं ।
भदौ १२ गते मालपोत कर्यालय बुटवलका खरिदार जीवनाथ पाण्डे र लेखापढी व्यवसायी कमल पाण्डेलाई अख्तियारले एक लाख वीस हजार घुस सहित पक्राउ गर्यो । जग्गा नामसारी लालपूर्जा दिँदा सेवाग्राहीसँग घुस लिँदलिँदै अख्तियारले उनीहरुलाई रंगेहात पक्राउ गरेको हो । त्यसको दुई दिनअघि भदौ १० गते भक्तपुर मालपोत कार्यालयका नायव सुब्बा हरिनारायण उपाध्याय र लेखापढी व्यवसायी हीरामणि निरौला पनि चार हजार घूस रकमसहित रंगेहात अख्तियारको फन्दामा परे । उनीहरुले काम छिटो गराइदिएबापत सेवाग्राहीसँग घुस लिएको अख्तयारको भनाइ छ । अख्तियारले गत वर्ष १ सय ४२ वटा स्टिङ अपरेशन गरेकोमा विभिन्न कार्यालयमा सहजीकरण र लेखापढी गर्ने भन्दै बसेकामध्ये ३२ जना बिचौलिया र उनीहरूसँग मिलेमतोमा काम गर्ने १ सय ६१ कर्मचारी रंगेहात पक्राउ परेका थिए । यो वर्ष पनि पछिल्लो डेढ महिनामा भएका ३७ वटा स्टिङ अपरेशनबाट मालपोत, नापी र यातायात कार्यालयका १२ कर्मचारीहरु ६ जना बिचौलिया सहित रंगेहात समातिएका छन् । सेवाग्राहीलाई सहयोग गर्ने, काम छिटो गराइदिने लगायतका बहाना बनाएर विचौलियाहरुले सरकारी काम गर्न सेवाग्राहीबाट अनुचित रकम असुल्ने र कर्मचारीसँग बाँडीचुडी लिने गरेको अख्तियारले जनाएको छ । बिचौलियाले राजनीतिक र कर्मचारीको उच्च तहमै जरा गाड्ने हुँदा अख्तियारका एकाध कारवाहीले मात्र सुधार आउन मुस्किल छ । राजनीतिक तथा उच्च प्रशासनिक तहमै घेरिएका विचौलिया निर्मूल पार्न हरेक सार्वजनिक पदाधिकारीको सम्पर्क तथा कारोबारको नियमित अनुसन्धान र निगरानी गर्नुपर्ने देखिन्छ । कर्मचारीकै आडमा हरेक सरकारी कार्यालयमा बिचौलियाको बिगबिगी बढेको कान्तिपुरले लेखेको छ ।त्यसैले कार्यालयबाट बिचौलिया हटाउने हो भने कार्यालय प्रमुखलाइ नै यसमा जिम्मेवार ठर्याउनुपर्छ ।
News Desk 0 response आइतवार, भदौ १५, २०७६


सम्बन्धित शीर्षकहरु
-
प्रेम आचार्य आत्मदाह प्रकरण : मानव अधिकार..
शुक्रबार, माघ १३, २०७९ -
कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
शुक्रबार, माघ १३, २०७९ -
आजको मौसम आंशिकदेखि सामान्य बदली रहने
शुक्रबार, माघ १३, २०७९ -
चिनियाँ इञ्जीनियरलाई जासुसीको आरोपमा अमेरिकामा जेल सजाय
शुक्रबार, माघ १३, २०७९ -
चालीस रोपनीमा अनार खेती
बिहिबार, माघ १२, २०७९
-
प्रेम आचार्य आत्मदाह प्रकरण : मानव अधिकार..
शुक्रबार, माघ १३, २०७९ -
कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
शुक्रबार, माघ १३, २०७९ -
आजको मौसम आंशिकदेखि सामान्य बदली रहने
शुक्रबार, माघ १३, २०७९ -
चालीस रोपनीमा अनार खेती
बिहिबार, माघ १२, २०७९ -
प्रेम आचार्यले उठाएका विषयमा छानबिन गर्न गृह..
बिहिबार, माघ १२, २०७९
-
धौलागिरिमा बेपत्ता दुई युवाको शव फेला
बिहिबार, माघ ५, २०७९ -
अन्जुको शोकमा छ चाँदनी चोक
बुधबार, माघ ४, २०७९ -
पाइलट केसीको शालिकसहित उद्यान निर्माण गरिने
बुधबार, माघ ४, २०७९ -
तीन व्यक्तिबाट सात सय ३१ थान राहदानी..
बिहिबार, माघ ५, २०७९ -
विमान दुर्घटना : थप एक जनाको शव..
मङ्लबार, माघ ३, २०७९