

कर्मचारी समायोजनपछि गाउँपालिका रित्तै
सङ्घीयताले जन्माएको नेपालको कान्छो जिल्ला रुकुम (पूर्व) प्रदेश नं ५ को एक मात्र हिमाली र आफैँमा दुर्गम जिल्ला हो । तीन गाउँपालिकामा गरी जम्मा ३१ वडा छन् । तीमध्ये सात वडामा मात्र वडासचिव छन् । बाँकी २४ वडामा वडासचिव छैनन् । वडासचिव नहुँदा वडाबाट हुने दैनिक कामकाजमा समस्या हुने गरेको छ ।
-
यतिबेला जिल्लास्थित पुथा उत्तरगङ्गा गाउँपालिका कर्मचारीविहीन बनेको छ । समायोजन भएर कर्मचारी गएपछि गाउँपालिका कर्मचारीविहीन बनेको हो । एकसठ्ठी जनाको दरबन्दी रहेको उक्त गाउँपालिकामा हाल दुई जना मात्र कर्मचारी छन् । क्षेत्रफलका हिसाबले जिल्लाको सबैभन्दा ठूलो सो स्थानीय तहमा १४ वडा छन् ।
जहाँ एक वडामा पनि वडासचिव छैनन् । सबै वडा खाली छन् । गाउँपालिकामा पहिले एक मात्र वडासचिव रहेका र एक जनाले वडा नं १० र ११ मा काम गर्दै आएका थिए । भएका एक सचिव पनि समायोजन भएर गएपछि गाउँपालिका नै वडासचिवविहीन बनेको हो । सडकको विस्तार नभइसकेको सो गाउँपालिकाको एउटा वडा कार्यालयबाट अर्को वडा कार्यालयमा पुग्न एकदेखि दुई दिन लाग्ने गर्दछ । भएका कर्मचारी पनि समायोजन भएर गएको तर समायोजन भएर गाउँपालिकामा कोही नआएको प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र बुढाक्षेत्रीले बताए । गाउँपालिकामा कर्मचारीको खडेरी भएपछि कार्यसम्पादनमा अफ्ठ्यारो भएको उनले बताए ।
कर्मचारी नभएपछि अहिले वडा कार्यालयमा वडा सचिवको काम स्वास्थ्यचौकी ईन्चार्ज मार्फत भईरहेको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीले बताए । साविकका गाविसमा रहेका स्वास्थ्यचौकी ईन्चार्जले साविकका गाविसअन्तर्गत अहिले जती पनि वडा समेटिएका छन् तीनै वडा हेर्ने जिम्मा दिइएको उहाँले जानकारी दिए । साविकका छ वटा गाविस मिलेर बनेको गाउँपालिकामा छ स्वास्थ्यचौकी रहेका र छ जना स्वास्थ्यचौकी ईन्चार्जले वडा सचिवको काम गरिरहेका उपाध्यक्ष शाहीले बताए । यस्तै भुमे गाउँपालिकामा पनि पर्याप्त मात्रामा कर्मचारी छैनन् । चौवन्न जनाको दरबन्दी रहेको गाउँपालिकामा पाँच मात्र स्थायी कर्मचारी छन् भने १८ करार कर्मचारी छन् । नौ वडा रहेको गाउँपालिकामा वडा नं ३, ६ र ७ मा गरी जम्मा तीन मात्र वडासचिव छन् । पर्याप्त मात्रामा कर्मचारी नहुँदा कार्यसम्पादनमा असजिलो भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिङ श्रेष्ठले बताउनुभयो । कर्मचारी समायोजन भएर गएका तर, समायोजन भएर गाउँपालिकामा कोही पनि नआएकाले कार्यसम्पादनमा असहज भइरहेको गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताए ।
त्यसैगरी सिस्ने गाउँपालिकामा पनि पर्याप्त मात्रामा कर्मचारी छैनन् । जसले गर्दा कार्यसम्पादनमा अफ्ठ्यारो भइरहेको प्रमुख प्रशासकीय अधिकृत विमला रोकाले जानकारी दिईन् । पैतीस जनाको दरबन्दी रहेको गाउँपालिकामा नौ कर्मचारी स्थायी छन् भने तीन करार कर्मचारी छन् । भएका कर्मचारी समायोजन भएर गएपछि नयाँ केही मात्र आएकाले कामकाजमा समस्या भएको उनले बताए ।
आठ वडा रहेको गाउँपालिकामा वडा नं १, ४ र ६ नं वडा गरी जम्मा तीन वडामा मात्र वडासचिव छन् । अन्य वडामा कार्यालय सहायक र नजिकको स्वास्थ्यचौकी इन्चार्जले काम गरिरहेका प्रशासकीय अधिकृत रोकाले बताए ।
सङ्घीयताले जन्माएको नेपालको कान्छो जिल्ला रुकुम (पूर्व) प्रदेश नं ५ को एक मात्र हिमाली र आफैँमा दुर्गम जिल्ला हो । तीन गाउँपालिकामा गरी जम्मा ३१ वडा छन् । तीमध्ये सात वडामा मात्र वडासचिव छन् । बाँकी २४ वडामा वडासचिव छैनन् । वडासचिव नहुँदा वडाबाट हुने दैनिक कामकाजमा समस्या हुने गरेको छ ।
रासस
News Desk 0 response बुधबार, भदौ ११, २०७६


सम्बन्धित शीर्षकहरु
-
रवि लामिछानेमाथि राहदानी दुरुपयोगको मुद्दा नचल्ने
सोमवार, चैत्र ६, २०७९ -
पत्रकारबारे दिएको अभिव्यक्ति सभामुखद्वारा फिर्ता
सोमवार, चैत्र ६, २०७९ -
अब ४ दिनभित्रै सरकारलाई पूर्णता दिन्छु :..
सोमवार, चैत्र ६, २०७९ -
चिनियाँ राष्ट्रपति सी जिनपिङ रुस भ्रमणमा
सोमवार, चैत्र ६, २०७९ -
फागुनमा मात्रै झण्डै ६२ हजारले लिए श्रम..
सोमवार, चैत्र ६, २०७९
-
रवि लामिछानेमाथि राहदानी दुरुपयोगको मुद्दा नचल्ने
सोमवार, चैत्र ६, २०७९ -
पत्रकारबारे दिएको अभिव्यक्ति सभामुखद्वारा फिर्ता
सोमवार, चैत्र ६, २०७९ -
अब ४ दिनभित्रै सरकारलाई पूर्णता दिन्छु :..
सोमवार, चैत्र ६, २०७९ -
चिनियाँ राष्ट्रपति सी जिनपिङ रुस भ्रमणमा
सोमवार, चैत्र ६, २०७९ -
फागुनमा मात्रै झण्डै ६२ हजारले लिए श्रम..
सोमवार, चैत्र ६, २०७९
-
स्थानीय सरकारकै कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने..
मङ्लबार, फाल्गुन ३०, २०७९ -
टर्कीमा भूकम्पले क्षति पुगेका १० वटा अस्पताल..
शनिबार, फाल्गुन २७, २०७९ -
राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकियो, निजी निवासमा..
आइतवार, फाल्गुन २८, २०७९ -
फेरि पनि शक्तिशाली कम्युनिस्ट केन्द्र बन्छौं :..
आइतवार, फाल्गुन २८, २०७९ -
पीएनजीविरुद्ध नेपालको सहज जित
सोमवार, फाल्गुन २९, २०७९