
झण्डै तीन दर्जन स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन
३४ स्थानीय तहमा प्रशासकीय अधिकृत र १८ जिल्लामा प्रमुख जिल्ला समन्वय अधिकारी रिक्त छन्।
-
काठमाडौं । कर्मचारी छिटोछिटो सरुवा भएर सुगममा जान थालेपछि ३४ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन बनेका छन्। स्थानीय तहमा ६८ हजार कर्मचारी दरबन्दी भए पनि २९ हजार मात्रै कार्यरत छन्।
३४ स्थानीय तहमा प्रशासकीय अधिकृत र १८ जिल्लामा प्रमुख जिल्ला समन्वय अधिकारी रिक्त छन्। प्रमुख प्रशासकीय अधिकृत रिक्त भएपछि सर्लाहीको पर्सा गाउँपालिका प्रमुख किसनदेव रायले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ताकेता गरे। दुई वर्षयता लगातारको ताकेता पछि उनले गत असार मसान्तमा बल्ल कर्मचारी पाए।
प्रदेश २ मा जनप्रतिनिधिले अधिकांश तहका प्रशासकीय प्रमुखलाई आफूअनुकूल काम गर्न बाध्य पारेपछि उनीहरू ३ महिना पनि नटिकेको मन्त्रालयको भनाइ छ। बजेट खर्च गर्ने अख्तियारी प्रमुख प्रशासकीय अधिकृतलाई छ। निमित्तले गर्ने कामको गुणस्तर र निर्णय क्षमतामा पनि प्रश्न उठ्ने गरेको छ।
केन्द्रप्रति उत्तरदायी रहने प्रमुख प्रशासकीय अधिकृतहरू वारम्वार फेरिँदा मन्त्रालयमा समयमै विवरण आउँदैन। प्रमुख अधिकृत स्थीर नहुँदा गाउँपालिका र नगरपालिकाको कानुन निर्माणमा पनि असर परेको छ। ७ सय ५३ तहमध्ये एक चौथाइले मात्र नमुना कानुन बनाएका छन्। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रमुख प्रशासकीय अधिकृतले सम्बन्धित तहको सचिवको कामसमेत गर्ने स्पष्ट गरेको छ।
नगरपालिकामा अधिकृतलाई निमित्त प्रमुखको जिम्मेवारी दिँदा उनीहरूले आफूभन्दा वरिष्ठलाई आदेश दिन र समन्वय गर्न पनि समस्या छ।
प्रमुख प्रशासकीय अधिकृतहरू नहुँदा बजेट कार्यान्वयनमा समस्या देखिएको छ। संघीय मामिला मन्त्रालयले आवको अत्न्यमा प्रमुख प्रशासकीय अधिकृतहरू कार्यरत् रहेको स्थान नछाड्न निर्देशन दिएको थियो। कामकाज प्रभावित हुने भन्दै मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यरत् रहेकै स्थानमा रहन भनेको हो।प्रमुख प्रशासकीय अधिकृत रिक्त गाउँपालिकाहरू
सप्तरी – तिलाठी कोईलाडी
सर्लाही – धनकौल, रामनगर गाउँपालिका
बारा – आदर्श कोटवाला
पर्सा – ठोरी गाउँपालिका
रौतहट- यमुना गाउँपालिका
धादिङ -थाक्रे गाउँपालिका
म्याग्दी- मालिका गाउँपालिका
डोल्पा – मुड्केचुला गाउँपालिका
जुम्ला – तिला गाउँपालिका, हिमा गाउँपालिका
कालिकोट – पलाता गाउँपालिका, सान्नी गाउँपालिका, महावै गाउँपालिका, पचालझरना गाउँपालिका
हुम्ला – नाम्खा गाउँपालिका, चंखेली गाउँपालिका, ताजाकोट गाउँपालिका
बाजुरा- गौमुल गाउँपालिका, स्वामीकार्तिक गाउँपालिका, छेडेदह गाउँपालिका, हिमाली गाउँपालिका
अछाम- रामरोशन गाउँपालिका
कैलाली – जोशीपुर गाउँपालिका
बझाङ – केदारस्यु गाउँपालिका, थलारा गाउँपालिका, साईपाला गाउँपालिका, छविसपाथिभेरा गाउँपालिका, तलकोट गाउँपालिका, दुर्गाथली गाउँपालिका, सूर्मा गाउँपालिका
दार्चुला – मामिकार्जुजन गाउँपालिका, र व्यास गाउँपालिका
News Desk 0 response बिहिबार, भदौ ५, २०७६
अन्नपूणपोष्ट बाट


सम्बन्धित शीर्षकहरु
-
दाङमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
शुक्रबार, जेष्ठ १३, २०७९ -
सबै मिलेर काम गरौँ, काठमाण्डौलाई विश्वकै उत्कृष्ट..
शुक्रबार, जेष्ठ १३, २०७९ -
बाजुराको बूढीगङ्गाबाहेक सबै पालिकाको नतिजा सार्वजनिक (नतिजा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
ओलीको दंभले गर्दा महानगरमा एमाले शून्य
शुक्रबार, जेष्ठ १३, २०७९ -
तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण निर्वाचित
शुक्रबार, जेष्ठ १३, २०७९
-
दाङमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
शुक्रबार, जेष्ठ १३, २०७९ -
सबै मिलेर काम गरौँ, काठमाण्डौलाई विश्वकै उत्कृष्ट..
शुक्रबार, जेष्ठ १३, २०७९ -
बाजुराको बूढीगङ्गाबाहेक सबै पालिकाको नतिजा सार्वजनिक (नतिजा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
ओलीको दंभले गर्दा महानगरमा एमाले शून्य
शुक्रबार, जेष्ठ १३, २०७९ -
तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण निर्वाचित
शुक्रबार, जेष्ठ १३, २०७९
-
गोकर्णेश्वरको नगर प्रमुख कांग्रेस र उपप्रमुखमा एमालेको..
बुधबार, जेष्ठ ४, २०७९ -
माध्यामिक तहको शिक्षकको खुला प्रतिस्पर्धामा ८८ प्रतिशत..
सोमवार, जेष्ठ ९, २०७९ -
दुई दिन बिदा हुँदा पढाईमा समय नपुग्ने
आइतवार, जेष्ठ ८, २०७९ -
प्रतिनिधिसभा नियम निलम्बन प्रस्ताव स्वीकृत
मङ्लबार, जेष्ठ ३, २०७९ -
अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन
शुक्रबार, जेष्ठ ६, २०७९