

-
काठामडौ ।
अब सातै प्रदेशका प्रदेश प्रहरीको पोशाक एकैखाले हुने भएको छ गृहमन्त्रालयले तयार गरेको प्रस्ताव उपर छलफल गर्दै संघीय संसद प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन सतिमिको बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाको दफावार छलफलमा यस्तो सहमति जुटाएको हो ।योसँगै नेपाल प्रहरीलाई प्रदेश प्रहरीमा समायोजन गर्ने तथा नेपाल प्रहरी र प्रदेश प्रहरीको कार्यविभाजनका लागि आएका दुवै विधेयकमाथिको छलफल सकिएको छ। यी विधेयक संसदबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणिकरण भएसँगै प्रदेश प्रहरी गठन तथा नेपाल प्रहरीको नेपाल प्रहरी र प्रदेश प्रहरीमा समायोजनको बाटो खुल्नेछ।
संघीय सरकारले तोकेको मापदण्डअनुसार प्रदेश सरकारले प्रदेश प्रहरी प्रमुखको सेवासुविधा उपलब्ध गराउने व्यवस्थामा सहमति जुटेको छ। प्रदेशप्रति नै प्रदेश प्रहरी उत्तरदायी हुने व्यवस्था गरिएको उक्त विधेयकको प्रतिवेदनमा नेपाल प्रहरीको कुनै पनि निकाय जिल्लामा राख्न प्रदेशसँग अनुमति लिन नपर्ने व्यवस्था गरिएको छ।
सहमति भएको प्रतिवेदनअनुसार नेपाल प्रहरीसँग आवश्यकताअनुसार प्रदेश प्रहरीले समन्वय र सहकार्य गरेर काम गर्नेछ। प्रदेश प्रहरी गठन नहुन्जेल नेपाल प्रहरीले नै शान्तिसुरक्षालगायतका विषयमा प्रदेश प्रहरीको जिम्मेवारी सम्हाल्नेछ।
त्यसै गरी प्रदेश प्रहरीका लागि हातहतियार र सञ्चार प्रविधिका उपकरण नेपाल प्रहरीले नै खरिद गर्ने र अत्यावश्यक अवस्थामा प्रदेशहरूमा प्रहरी परिचालन गर्नुपरे नेपाल सरकारको निर्णयअनुसार हुनेछ। त्यसमा प्रदेश सरकारको पूर्वसहमति लिइरहनु आवश्यक नहुने पनि समितिमा सहमति जुटेको छ। यी विधेयक संसदबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणिकरण भएसँगै प्रदेश प्रहरी गठन तथा नेपाल प्रहरीको नेपाल प्रहरी र प्रदेश प्रहरीमा समायोजनको बाटो खुल्नेछ।
News Desk 0 response सोमवार, साउन २०, २०७६

सम्बन्धित शीर्षकहरु
-
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३ -
अमेरिका र इरानबीच बढ्दो तनाबले हर्मुज क्षेत्रमा..
मङ्लबार, बैशाख २२, २०८३ -
शेखर गोल्छा हिरासत मुक्त
मङ्लबार, बैशाख २२, २०८३ -
आजको मौसम कस्तो रहला ?
मङ्लबार, बैशाख २२, २०८३
-
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३ -
अमेरिका र इरानबीच बढ्दो तनाबले हर्मुज क्षेत्रमा..
मङ्लबार, बैशाख २२, २०८३ -
शेखर गोल्छा हिरासत मुक्त
मङ्लबार, बैशाख २२, २०८३ -
आजको मौसम कस्तो रहला ?
मङ्लबार, बैशाख २२, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



