काठमाडौं । यस बर्ष गृहमन्त्रालयले नेपाल प्रहरीका ९ हजार ७ सय ८६ जनालाई कार्वाही गरेको छ । गृहले प्रहरी आचरण र व्यवहारका सम्बन्धमा २ हजार ३ सय ९२ पटक अनुगमन गरेकोमा १९ हजार ६ सय ५३ जनालाई पुरस्कृत गरेको छ । । मन्त्रालय र मातहत निकायमा रहेको कुल बेरुजुको ७३ प्रतिशत यस वर्ष फर्छ्यौट गरिएको गृहमन्त्रालयले जनाएको छ । नेपाल आयल निगमको स्वामित्वमा रहेको टेकु स्थित ९ रोपनी जग्गा नेपाल प्रहरी, महानगरीय अपराध महाशाखाको नाममा रजिष्ट्रेशन पास भएको पनि उपलब्धिको रुपमा लिईएको छ ।
सशस्त्र प्रहरी बल नेपाल तर्फ आचरण विपरित कार्य गर्ने विभिन्न दर्जाका ३ सय २३ जनालाई कारवाही गरिएको जनाईएको छ ।
नेपाल प्रहरीका ३० एकाइहरु थप गरिएको जनाएको छ । जस अनुसार ७ सय ५३ वटै स्थानीय तहमा ईकाई विस्तार गरी शान्ति सुरक्षाको व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । आफ्नो बार्षिक उपलब्धि बारे जानकारी दिँदै गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए ।
सशस्त्र प्रहरी बल नेपालका १६ वटा एकाइहरु थप गरीएको जनाए । यसलाई पनि हाल ७७ वटै जिल्लामा पु¥याई मुलुकको शान्ति सुव्यवस्थालाई थप सुदृढ र प्रभावकारी तुल्याइएको उनले जानकारी दिए ।
सीमा क्षेत्रको सुरक्षा व्यवस्था थप प्रभावकारी तुल्याउन गत वर्ष ८७ स्थानमा बोर्डर आउटपोष्टस्थापना भएकोमा थप २० स्थानमा वृद्धि गरि १सय ७ स्थानमा बोर्डर आउटपोष्ट स्थापना गरी सञ्चालनमा ल्याइएको छ । यो बर्ष सिंहदरबार सुरक्षाको गुरुयोजना तयारगरीलागू भएको छ ।
‘हाम्रो एक दिन कार्यक्रम’ अन्तर्गत प्रहरीको भौतिक उपस्थितिको दर १३ दशमलव २५ प्रतिशतले बृद्धि गरिएको छ ।
विभिन्न अपराधमा अदालतले सजाय फैसला गरी लामो समयदेखि फरार ११०४ जना पक्राउ गरी फैसला कार्यान्वयन गरिएको जनाईएको छ । अपराध अनुसन्धानको लागि दुई वटा प्रदेशमा डिजिटल फोरेन्सिक ल्याब स्थापना भएको छ ।
सुरक्षा प्रयोजन बाहेकका मापदण्ड विपरित खटिएका सुरक्षाकर्मी फिर्ता गराई शान्ति सुरक्षाको कार्यमा परिचालित गरिएको जनाईएको छ ।
दर्ता तथा नवीकरण नभएका अवैध हातहतियारहरुलाई सार्वजनिक सूचना जारी गरी नजिकको स्थानीय प्रहरी इकाइहरुमा बुझाउन लगाइएकोमा विभिन्न जिल्लाहरुबाट ६ सय ७८ थान अवैध हातहतियार संकलन गरिएको छ ।
लागू औषधको अवैध ओसार पसार नियन्त्रणको क्रममा ३०१२ जना व्यक्तिहरुलाई पक्राउ र १ हजार ८ सय २६ वटा मुद्दा दर्ता गरी आवश्यक कानूनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ । साइवर अपराध तथा मानव वेचविखन सम्बन्धि अनुसन्धान गर्ने छुट्टै ब्यूरो स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।
विभिन्न ८ वटा जिल्ला प्रशासन कार्यालयहरुलाई नमुना सेवा प्रदायक कार्यालयको रुपमा विकास गरिएको जनाईएको छ ।
। नेपाल प्रहरीतर्फ २०७४ बैशाखदेखि २०७४ चैत्र ३० सम्म सम्म २ हजार ५ सय ४४ जनाको वढुवा तथा पदस्थापन गरिएको छ । २०७५ बैशाख देखि २०७६ असार ३१ सम्म ९ हजार ६ सय ११ जनाको वढुवा तथा पदस्थापन गरिएको छ ।
सशस्त्र प्रहरी वल नेपालतर्फ गत २०७४-०७५ मा ४०९ जनाको वढुवा गरिएको छ र यस आवमा ७ हजार ८ सय ६० जना सशस्त्र प्रहरी कर्मचारीको वढुवा गरिएको छ । राष्ट्रिय अनुसन्धान विभागका ३ सय ७७ जना कर्मचारीको बढुवा गरिएको छ ।
-जनप्रशासन पाक्षिकबाट
News Desk response आइतवार, साउन १९, २०७६