

-
काठमाडौं ।
न्यायालयमा हुने बिकृतिकाबिरुद्ध जनमानस उत्रिन थालेका छन् । प्रलोभनमा परेर न्याय सम्पादन गर्न थालेपछि न्यायाधीशमाथि उजुरी पर्न थालेको हो ।
काठमाडौं जिल्ला अदालतमा कार्यरत न्यायाधीश बद्रीप्रसाद ओलीले
जिल्ला अदालत पर्सामा कार्यरत रहेका बेला गलत फैसला गरेको भन्दै उजुरी परेको हो।व्यापारी शुशीला गोयलविरुद्ध हरिप्रसाद अग्रवाल भएको अंश मुद्दामा न्यायाधीश ओलीले सबै अंश नपाउने फैसला गर्दा न्यायिक विचलन गरेको उजुरीमा उल्लेख छ।
न्यायाधीश ओलीले अग्रवाल परिवारका नाममा रहेको सम्पत्तिबाट अंश पाउने ठहर गर्नुपर्नेमा आर्थिक प्रलोभनमा परी हरिप्रसाद अग्रवालको नाममा भएको सम्पत्तिबाट मात्र पाउने ठहर गरेको उजुरीमा उल्लेख छ। काठमाडौं जिल्ला अदालतमा यस सम्बन्धि मुद्दा विचाराधीन हुदाँहुँदै ओलीले पर्सा जिल्ला अदालतबाट सर्वोच्च अदालतले प्रतिपादिन गरेको नजिर विपरीत हुने गरी फैसला गरेको उजुरीमा उल्लेख छ।
शुशीला गोयलले काठमाडौं जिल्ला अदालतमा पुरानो अंश मुद्दा विचाराधीन रहेकाले तामेलीमा राखीपाउँ भनी दिएको निवेदनको बैवास्ता गर्दै निरन्तर सुनुवाई गरी फैसला गरेको उजुरीमा उल्लेख छ।
मुलुकी ऐन अंशबन्डाको महल र देवानी संहिताको दफा २०६ मा प्रत्येक अंशियार अंशीय हकको समान हकदार हुने व्यवस्था गरेकोमा त्यस विरुद्ध जिल्ला न्यायाधीश ओलीको इजलासले फैसला गरेको उजुरीमा भनिएको छ।
News Desk 0 response बिहिबार, साउन १६, २०७६


सम्बन्धित शीर्षकहरु
-
प्रयोग नै नगरी थन्कियो दमकल
मङ्लबार, माघ २४, २०७९ -
जग्गाको वर्गीकरण छिटो होस् : भूमि व्यवस्था..
मङ्लबार, माघ २४, २०७९ -
मीन भवन क्याम्पसमा नेविसङ्घ दुई पक्षबीच विवाद
मङ्लबार, माघ २४, २०७९ -
सांसद चौधरीको मुद्दामा उच्च अदालतको कारण देखाउ..
मङ्लबार, माघ २४, २०७९ -
नायक शाहलाई अदालतमा उपस्थित गराउन आदेश
मङ्लबार, माघ २४, २०७९
-
प्रयोग नै नगरी थन्कियो दमकल
मङ्लबार, माघ २४, २०७९ -
जग्गाको वर्गीकरण छिटो होस् : भूमि व्यवस्था..
मङ्लबार, माघ २४, २०७९ -
मीन भवन क्याम्पसमा नेविसङ्घ दुई पक्षबीच विवाद
मङ्लबार, माघ २४, २०७९ -
सांसद चौधरीको मुद्दामा उच्च अदालतको कारण देखाउ..
मङ्लबार, माघ २४, २०७९ -
नायक शाहलाई अदालतमा उपस्थित गराउन आदेश
मङ्लबार, माघ २४, २०७९
-
आज शहीद दिवस : विभिन्न कार्यक्रम गरी..
सोमवार, माघ १६, २०७९ -
अरुण तेस्रोको सुरुङ ‘ब्लास्टिङ’ गर्ने क्रममा एक..
मङ्लबार, माघ १७, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९ -
त्रिशूली अस्पतालमा जनआन्दोलनका घाइतेको नि:शुल्क उपचार
मङ्लबार, माघ १७, २०७९ -
विमानस्थल सञ्चालनमा पुगेन निजी क्षेत्रको पहल
मङ्लबार, माघ १७, २०७९