

प्रशासकहरू वर्षको अन्तिममा रकमान्तर गर्दै नेता खुसी पार्छन्
एउटा शीर्षकमा छुट्याइएको बजेट अर्कै शीर्षकमा रकमान्तर गरी दुरूपयोग गर्ने प्रवृत्ति मौलाएको छ । योजना कार्यान्वयन गर्न असफल भएपछि प्रशासकहरू वर्षको अन्तिममा रकमान्तरको बाटो अवलम्बन गरेर नेतालाइ खुसी पार्नतिर लागेको देखिन्छ ।
-
काठमाडौं ।
मन्त्रालयका वार्षिक योजना तय गर्ने र तिनलाई कार्यान्वयनमा लैजाने मुख्य प्रशासनिक जिम्मेवारी विभागीय सचिवको हुन्छ । तर सचिवहरू आफ्नो भूमिकामा उदासीन भएकाले नै सरकार बजेट कार्यान्वयनमा कमजोर देखिएको छ । साथै एउटा शीर्षकमा छुट्याइएको बजेट अर्कै शीर्षकमा रकमान्तर गरी दुरूपयोग गर्ने प्रवृत्ति मौलाएको छ । योजना कार्यान्वयन गर्न असफल भएपछि प्रशासकहरू वर्षको अन्तिममा रकमान्तरको बाटो अवलम्बन गरेर नेतालाइ खुसी पार्नतिर लागेको देखिन्छ । अर्थ मन्त्रालयले गृहलाई गएको असारमा एकैपटक आर्थिक सहायता र गाडी खरिदका लागि भन्दै ७९ करोड, १८ लाख, १४ हजार रूपैयाँ रकमान्तर गरी निकासा दियो । उर्जा जलस्रोत तथा सिचाइ मन्त्रालयलाई ७ वटा शीर्षकमा ६० करोड, ६९ लाख, ९४ हजार ४ सय रूपैयाँ बजेटमै नभएको शीर्षकमा निकासा दिएको छ । मन्त्रालयले वार्षिक योजनामै नसमेटेका कार्यक्रम बनाएर रकमान्तर गर्ने मन्त्रालय यी मात्रै हैनन् । उद्योग, युवा, शहरी विकास, परराष्ट्र, रक्षा, सामान्य प्रशासन मन्त्रालयले पनि वार्षिक योजनामै नभएका विषय खडा गरी रकमान्तर लिएका छन् । गत वर्षको साउनबाटै बजेट कार्यान्वयनको अख्तियारी पाउँदा समेत अधिकांश मन्त्रालयले पहिलो चार महिनासम्म योजना अघि बढाउने सुरसारै गरेनन् । पछि पनि योजनाको गति बढाउन विशेष पहल कदमी लिएनन् ।
News Desk 0 response आइतवार, साउन १२, २०७६
बजेट कार्यान्यवमा लैजाने प्रशासनिक नेतृत्वको अक्षमताकै कारण राजनीतिक नेतृत्वको दबाब र आशय हावी भइरहेको छ ।

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३



