

प्रशासकहरू वर्षको अन्तिममा रकमान्तर गर्दै नेता खुसी पार्छन्
एउटा शीर्षकमा छुट्याइएको बजेट अर्कै शीर्षकमा रकमान्तर गरी दुरूपयोग गर्ने प्रवृत्ति मौलाएको छ । योजना कार्यान्वयन गर्न असफल भएपछि प्रशासकहरू वर्षको अन्तिममा रकमान्तरको बाटो अवलम्बन गरेर नेतालाइ खुसी पार्नतिर लागेको देखिन्छ ।
-
काठमाडौं ।
मन्त्रालयका वार्षिक योजना तय गर्ने र तिनलाई कार्यान्वयनमा लैजाने मुख्य प्रशासनिक जिम्मेवारी विभागीय सचिवको हुन्छ । तर सचिवहरू आफ्नो भूमिकामा उदासीन भएकाले नै सरकार बजेट कार्यान्वयनमा कमजोर देखिएको छ । साथै एउटा शीर्षकमा छुट्याइएको बजेट अर्कै शीर्षकमा रकमान्तर गरी दुरूपयोग गर्ने प्रवृत्ति मौलाएको छ । योजना कार्यान्वयन गर्न असफल भएपछि प्रशासकहरू वर्षको अन्तिममा रकमान्तरको बाटो अवलम्बन गरेर नेतालाइ खुसी पार्नतिर लागेको देखिन्छ । अर्थ मन्त्रालयले गृहलाई गएको असारमा एकैपटक आर्थिक सहायता र गाडी खरिदका लागि भन्दै ७९ करोड, १८ लाख, १४ हजार रूपैयाँ रकमान्तर गरी निकासा दियो । उर्जा जलस्रोत तथा सिचाइ मन्त्रालयलाई ७ वटा शीर्षकमा ६० करोड, ६९ लाख, ९४ हजार ४ सय रूपैयाँ बजेटमै नभएको शीर्षकमा निकासा दिएको छ । मन्त्रालयले वार्षिक योजनामै नसमेटेका कार्यक्रम बनाएर रकमान्तर गर्ने मन्त्रालय यी मात्रै हैनन् । उद्योग, युवा, शहरी विकास, परराष्ट्र, रक्षा, सामान्य प्रशासन मन्त्रालयले पनि वार्षिक योजनामै नभएका विषय खडा गरी रकमान्तर लिएका छन् । गत वर्षको साउनबाटै बजेट कार्यान्वयनको अख्तियारी पाउँदा समेत अधिकांश मन्त्रालयले पहिलो चार महिनासम्म योजना अघि बढाउने सुरसारै गरेनन् । पछि पनि योजनाको गति बढाउन विशेष पहल कदमी लिएनन् ।
News Desk 0 response आइतवार, साउन १२, २०७६
बजेट कार्यान्यवमा लैजाने प्रशासनिक नेतृत्वको अक्षमताकै कारण राजनीतिक नेतृत्वको दबाब र आशय हावी भइरहेको छ ।

सम्बन्धित शीर्षकहरु
-
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२ -
चिसोबाट जोगिन के गर्ने के नगर्ने ?
बिहिबार, कार्तिक २८, २०८२ -
देशभरको मौसम सफा
बिहिबार, कार्तिक २८, २०८२ -
सदर चिडियाखानामा कालो रङको चितुवा
बुधबार, कार्तिक २७, २०८२ -
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको भेटवार्ता
बुधबार, कार्तिक २७, २०८२
-
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२ -
देशभरको मौसम सफा
बिहिबार, कार्तिक २८, २०८२ -
सदर चिडियाखानामा कालो रङको चितुवा
बुधबार, कार्तिक २७, २०८२ -
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको भेटवार्ता
बुधबार, कार्तिक २७, २०८२ -
ट्रम्पद्वारा ‘एच–वान बी’ भिसाको बचाउ, अमेरिकासँग पर्याप्त..
बुधबार, कार्तिक २७, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



