
करार समस्या भईरहेको अवस्थामा पुनः करारमा कर्मचारी
रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा ७ सय २६, खानेपानी मन्त्रालयमा २ सय १३ र वन मन्त्रालयमा ५० जना अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी सिर्जना गरेको छ । मन्त्रिपरिषदले विभिन्न आयोजना सञ्चालनका लागि भन्दै यति ठूलो संख्यामा अस्थायी दरबन्दी सिर्जना गरेको हो ।
-
काठमाडौं ।
सरकारले करिब एक हजार अस्थायी कर्मचारी भर्नाको निर्णय गरेको छ । लोक सेवा आयोगको प्रक्रिया नै छलेर अस्थायी दरबन्दी सिर्जना गरेको हो ।
मन्त्रिपरिषदको साउन ६ गते बसेको बैठकले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा ७ सय २६, खानेपानी मन्त्रालयमा २ सय १३ र वन मन्त्रालयमा ५० जना अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी सिर्जना गरेको छ । मन्त्रिपरिषदले विभिन्न आयोजना सञ्चालनका लागि भन्दै यति ठूलो संख्यामा अस्थायी दरबन्दी सिर्जना गरेको हो । श्रम मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम, खानेपानी मन्त्रालयले शहरी खानेपानी आयोजना तथा सहलगानी खानेपानी आयोजना र वन मन्त्रालयले राष्ट्रपति चुरे संरक्षण र पर्वतीय जलाधार अनुकूलन कार्यक्रमका लागि यति ठूलो संख्यामा दरबन्दी स्वीकृत गराएका हुन् । दरबन्दीका कर्मचारी अपुग भएकाले अस्थायी कर्मचारी भर्नाको निर्णय गरेको सरकारको भनाइ छ । सरकारको यो तर्क वास्तविक तथ्यांकसँग भने मेल खाँदैन । समायोजनमार्फत केन्द्रमा आवश्यक संख्याभन्दा दोब्बर अर्थात ४८ हजार दरबन्दी राखिएकाले भएकै कर्मचारीले पर्याप्त काम पाएका छैनन् । अझ समायोजनमार्फत स्थानीय र प्रदेशमा गएका कतिपय कर्मचारी विभिन्न बहाना बनाएर केन्द्रमै फर्किएका छन् । सरकारले कामका लागि भन्दा पनि लोकसेवा आयोगको प्रक्रिया छलेर जागिर खुवाउन अस्थायी दरबन्दी सिर्जना गरेको त होइन भन्ने प्रश्न उठेको छ । लोक सेवा आयोगका अध्यक्षले त सरकारको निर्णयलाई सत्तारुढ दलका कार्यकर्ता भर्ती गर्ने दाउ भनी टिप्पणी गरेका छन् । उता स्थानीय तह र प्रदेश सरकारले करारमा कर्मचारी राखिरहेका छन् ।
News Desk 0 response आइतवार, साउन १२, २०७६


सम्बन्धित शीर्षकहरु
-
काठमाण्डौमा बालेन र सुनिता दुवैको २९ हजार..
शुक्रबार, जेष्ठ ६, २०७९ -
६ सय ६७ पालिकाको नतिजाका सार्वजनिक, यस्तो..
शुक्रबार, जेष्ठ ६, २०७९ -
म्यादी प्रहरीलाई प्रमाणपत्र वितरण गरी बिदाइ
शुक्रबार, जेष्ठ ६, २०७९ -
बलात्कार पीडितलाई न्यायका लागि दबाब दिन बालुवाटारमा..
शुक्रबार, जेष्ठ ६, २०७९ -
बागमती प्रदेशसभा बैठक आह्वान
शुक्रबार, जेष्ठ ६, २०७९
-
काठमाण्डौमा बालेन र सुनिता दुवैको २९ हजार..
शुक्रबार, जेष्ठ ६, २०७९ -
६ सय ६७ पालिकाको नतिजाका सार्वजनिक, यस्तो..
शुक्रबार, जेष्ठ ६, २०७९ -
म्यादी प्रहरीलाई प्रमाणपत्र वितरण गरी बिदाइ
शुक्रबार, जेष्ठ ६, २०७९ -
बलात्कार पीडितलाई न्यायका लागि दबाब दिन बालुवाटारमा..
शुक्रबार, जेष्ठ ६, २०७९ -
बागमती प्रदेशसभा बैठक आह्वान
शुक्रबार, जेष्ठ ६, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
अधिवक्ता केसीको कानून व्यवसायी प्रमाणपत्र रद्द
बिहिबार, बैशाख २९, २०७९ -
मानवीय त्रुटीलाई विवादको विषय नबनाऔँ :..
आइतवार, जेष्ठ १, २०७९ -
उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता, जेठ..
बुधबार, बैशाख २८, २०७९ -
६४ उद्योगलाई कालोबजारी ऐन
बिहिबार, बैशाख २९, २०७९