

सई–असई सब सोत्तर
नेपाल प्रहरी र सशस्त्रको विद्यमान नियमावलीअनुसार प्रहरी सहयोगी (परिचर), जवान (सिपाही), सहायक निरीक्षक (असई) र निरीक्षक (इन्स्पेक्टर) दर्जामा भर्ना खुल्दै आएकोमा अब त्यसलाई हटाएर एकथरि राजपत्रांकित तृतीय श्रेणीकै अधिकृत हुने, अर्काथरि श्रेणीविहीन (सहायक स्तर) को (सिपाही) रहने अवधारणा अगाडि सारिएको छ । फौजी संगठनको तल्लो दर्जामा धेरै पद सिर्जना गर्दा जिम्मेवारी बहन गर्नेभन्दा बढी ती पदोन्नतीकेन्द्रित भूमिकामा सक्रिय हुने भएर यस्तो व्यवस्था गर्न लागिएको हो ।
-
काठमाडौं ।
भारतीय फौजी संरचनामा आधारित नेपालको प्रहरी सेवालाई अब अन्तर्राष्ट्रिय अभ्यासमा लैजाने गरी छलफल शुरु भएको छ । तर, सशस्त्र प्रहरीले भने धेरै छलफल नगरी प्रस्तावित संरचनालाई अनुमोदन गरेर पुनःसंरचना थालिहाल्ने सुरसार कसेको छ ।
नेपाल प्रहरी र सशस्त्रको विद्यमान नियमावलीअनुसार प्रहरी सहयोगी (परिचर), जवान (सिपाही), सहायक निरीक्षक (असई) र निरीक्षक (इन्स्पेक्टर) दर्जामा भर्ना खुल्दै आएकोमा अब त्यसलाई हटाएर एकथरि राजपत्रांकित तृतीय श्रेणीकै अधिकृत हुने, अर्काथरि श्रेणीविहीन (सहायक स्तर) को (सिपाही) रहने अवधारणा अगाडि सारिएको छ । फौजी संगठनको तल्लो दर्जामा धेरै पद सिर्जना गर्दा जिम्मेवारी बहन गर्नेभन्दा बढी ती पदोन्नतीकेन्द्रित भूमिकामा सक्रिय हुने भएर यस्तो व्यवस्था गर्न लागिएको हो । यसो गर्दा सशस्त्र प्रहरीमा सिपाही र हवल्दारपछि एकैचोटि इन्स्पेक्टरको पद हुने भयो । बीचमा रहने सई र असईका नयाँ पद खारेजीमा पर्दैछन् । यस्तो अभ्यास नेपाली सेना र अधिकांश देशका सुरक्षा निकायमा छ । सेनाले गैरप्राविधिक भर्नाका क्रममा सिपाहीपछि एकैपल्ट उपसेनानी (सेकेण्ड लप्टन) पदमा भर्ना लिन्छ । प्लस टुलाई शैक्षिक योग्यता निर्धारण गर्दै भर्ना आह्वान हुने र उपसेनानीलाई तालिमकै क्रममा सैनिक शिक्षामा स्नातक तहको अध्यापन गराउने व्यवस्था छ । सशस्त्रले पनि त्यस्तै अभ्यास शुरु गर्दै छ । नेपाल प्रहरीले क्रमशः भर्ना प्रक्रियालाई यही किसिमले रुपान्तरण गर्ने गरी संरचना बनाइरहेको बताइन्छ ।धेरै पद र पदोन्नतीको सुविधाका कारण विशेषतः नेपालको निजामती कर्मचारी सेवा प्रभावित भएको छ । नायव सुब्बामा भर्ना भएको कर्मचारी अड्डाको काम छाडेर शाखा अधिकृत परीक्षाको तयारीमा लाग्ने, शाखा अधिकृत भएकाले उपसचिवको परीक्षा र उपसचिव भएकोले सहसचिवको परीक्षा तयारी गर्दागर्दै तोकिएको जागिरमा ढाँट्ने, छल्ने क्रम बढ्दो छ । फलतः कर्मचारीबाट जनतामा हुनुपर्ने सेवाप्रवाह प्रभावित हुँदै आएको छ । सुरक्षा निकायमा पनि निजामतीको जस्तो ठ्याक्कै त होइन, तर एकपछि अर्को पदका लागि प्रतिस्पर्धा गर्न पाइने सुविधाका कारण काममा भन्दा पदोन्नतीमा बढी ध्यान दिइने क्रम बढेपछि यस्तो अवधारणा अगाडि सारिएको हो ।
असई र इन्स्पेक्टरमा एकैचोटि भिड्यो, तल फेल भए जागिर खाँदै र राम्रो पोष्टिङ खोज्दै माथिको परीक्षामा जुट्यो । अहिले यस्तै अस्वस्थ गतिविधिका कारण सशस्त्रको कारवाहीमा असई (कूल जागिरे संख्या १६६०) र सई (१३७०) को मात्रा धेरै रहेको बताइन्छ । विकसित मुलुकमा सार्जेन्ट र अफिसर गरी दुईखाले भर्ना हुन्छ । नेपाली सेनामा समेत प्राविधिक तर्फबाहेकमा जेसिओज अर्थात् जुनियर कमाण्डरको भर्ना लिइँदैन । कि सिपाही, कि सेकेण्ड लप्टनको मात्र भर्ना खोलिन्छ ।
News Desk 0 response बुधबार, साउन ८, २०७६
जनआस्थाबाट

सम्बन्धित शीर्षकहरु
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न सरकारसँग रास्वपाको माग
सोमवार, असार २९, २०८३-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३



