• काठमाडौं । मनाङको सदरमुकाम चामेस्थित जिल्ला प्रशासन कार्यालयमा प्राय प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटा कार्यकक्षमा एक्लै देखिन्छन् ।
    प्रमुख जिल्ला अधिकारीको कार्यकक्ष मात्र होइन अन्य कोठाहरुमा समेत सेवाग्राही कम हुन्छन् । आर्थिक वर्ष ०७४\०७५ मा एकसय ८५ नयाा र एकसय ९ वटा प्रतिलिपि नागरिकता वितरण भएकोमा आर्थिक वर्ष ०७५\०७६ मा ९७ वटा नयाा र ६८ वटा प्रतिलिपि नागरिकता वितरण भएको छ । त्यस्तै आर्थिक वर्ष ०७५\७६ मा द्रुत सेवा राहदानी सिफारिस एक सय ४१ वटा र केन्द्रबाट प्राप्त भएका राहदानी ३० वटा वितरण गरेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । मनाङका सरकारी कार्यालयमा सेवाग्राही त भेटिनन्दैन नै ।

    तर कतिपय कार्यालयमा प्रमुख भेटिनु पनि मुश्किल नै छ । कम जनसंख्या र भएको जनसंख्याको पनि बाहिर बसाईका कारण सेवाग्राही निकै कम आउने गरेको सरकारी कार्यालयका प्रमुखहरु बताउाछन् । जिल्ला प्रशासन कार्यालय, गाउापालिकाहरु तथा वडा कार्यालयमा समेत दैनिक सेवाग्राही कम आउने गरेको कर्मचारीहरुले बताएका छन् । हिमाल पारीको जिल्लाका नामले परिचित मनाङमा दुई हजार ८ सय ७७ पुरुष र ३ हजार ६ सय ६१ महिला गरी ६ हजार ५ सय ३८ जनसंख्या रहेको छ ।