

-
बुटवल ।
बुटवल सभाहलले चालु र पुँजिगत दुवै तर्फ गरी कुल बजेटको उनान्साय (९९) प्रतिशत खर्च गरेको छ ।
रुपन्देही कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार गत आवमा सबैभन्दा बढी खर्च गर्ने शहरी बिकास मन्त्रालय मातहतको बुटवल मण्डपभित्र निर्माणाधिन बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाइ रहेको छ ।
सिंचाई कार्यालय रुपन्देहीले कुल बजेटको पचासी प्रतिशत बजेट पानी बगाए जसरी असार महिनामानै खर्च गरेको देखिन्छ । यस्तै बढी खर्च गर्नेमा संघीय आयोजना कार्यान्वयन इकाइ, डिभिजन सडक कार्यलय, ब्यापारीक मार्ग विस्तार आयोजना (बुटवल बेलहिया), संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यलय, किसानका लागि उन्नत बिउ विजन कार्यक्रम (केयुविके) , डिभिजन खानेपानीे कार्यलय, भैरहवा लुम्बिनी तौलिहवा सडक, सिंचाई विकास डिभिजन कार्यलय, बुटवल सभाहल निर्माण इकाइ केन्द्र र जनताको तटवन्ध फिल्ड कार्यलय रुपन्देही रहेका छन् ।
गत आवमा रुपन्देहीका विकासे अड्डा तथा स्थानीय निकायले कुल बजेटको चालु खर्च तर्फ ९४.७६ प्रतिशत खर्च गरेका छन् ।
पूँजीगत खर्च तर्फ ८३.०७ प्रतिशत खर्च गरेको कोष तथा नियन्त्रकको कार्यलय रुपन्देहीका शाखा अधिकृत युवराज पौडेलले बताए ।
महालेखा नियन्त्रकको कार्यालयले सरकारी बजेट कार्यान्वयनमा सहजिकरण गर्ने, सरकारको आय र व्ययको लेखा र सोको केन्द्रीय वार्षिक विवरण तयार गरी महालेखापरिक्षकको कार्यालयमा पेश गर्ने गर्दछ ।-ऋषि भट्टराईबाट
News Desk 0 response आइतवार, साउन ५, २०७६

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३





