

-
बुटवल ।
बुटवल सभाहलले चालु र पुँजिगत दुवै तर्फ गरी कुल बजेटको उनान्साय (९९) प्रतिशत खर्च गरेको छ ।
रुपन्देही कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार गत आवमा सबैभन्दा बढी खर्च गर्ने शहरी बिकास मन्त्रालय मातहतको बुटवल मण्डपभित्र निर्माणाधिन बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाइ रहेको छ ।
सिंचाई कार्यालय रुपन्देहीले कुल बजेटको पचासी प्रतिशत बजेट पानी बगाए जसरी असार महिनामानै खर्च गरेको देखिन्छ । यस्तै बढी खर्च गर्नेमा संघीय आयोजना कार्यान्वयन इकाइ, डिभिजन सडक कार्यलय, ब्यापारीक मार्ग विस्तार आयोजना (बुटवल बेलहिया), संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यलय, किसानका लागि उन्नत बिउ विजन कार्यक्रम (केयुविके) , डिभिजन खानेपानीे कार्यलय, भैरहवा लुम्बिनी तौलिहवा सडक, सिंचाई विकास डिभिजन कार्यलय, बुटवल सभाहल निर्माण इकाइ केन्द्र र जनताको तटवन्ध फिल्ड कार्यलय रुपन्देही रहेका छन् ।
गत आवमा रुपन्देहीका विकासे अड्डा तथा स्थानीय निकायले कुल बजेटको चालु खर्च तर्फ ९४.७६ प्रतिशत खर्च गरेका छन् ।
पूँजीगत खर्च तर्फ ८३.०७ प्रतिशत खर्च गरेको कोष तथा नियन्त्रकको कार्यलय रुपन्देहीका शाखा अधिकृत युवराज पौडेलले बताए ।
महालेखा नियन्त्रकको कार्यालयले सरकारी बजेट कार्यान्वयनमा सहजिकरण गर्ने, सरकारको आय र व्ययको लेखा र सोको केन्द्रीय वार्षिक विवरण तयार गरी महालेखापरिक्षकको कार्यालयमा पेश गर्ने गर्दछ ।-ऋषि भट्टराईबाट
News Desk 0 response आइतवार, साउन ५, २०७६


सम्बन्धित शीर्षकहरु
-
लोकदोहोरी गायक भीम पौडेलको निधन
शुक्रबार, माघ १३, २०७९ -
प्रेम आचार्य आत्मदाह प्रकरण : मानव अधिकार..
शुक्रबार, माघ १३, २०७९ -
कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
शुक्रबार, माघ १३, २०७९ -
आजको मौसम आंशिकदेखि सामान्य बदली रहने
शुक्रबार, माघ १३, २०७९ -
चिनियाँ इञ्जीनियरलाई जासुसीको आरोपमा अमेरिकामा जेल सजाय
शुक्रबार, माघ १३, २०७९
-
लोकदोहोरी गायक भीम पौडेलको निधन
शुक्रबार, माघ १३, २०७९ -
प्रेम आचार्य आत्मदाह प्रकरण : मानव अधिकार..
शुक्रबार, माघ १३, २०७९ -
कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
शुक्रबार, माघ १३, २०७९ -
आजको मौसम आंशिकदेखि सामान्य बदली रहने
शुक्रबार, माघ १३, २०७९ -
चालीस रोपनीमा अनार खेती
बिहिबार, माघ १२, २०७९
-
धौलागिरिमा बेपत्ता दुई युवाको शव फेला
बिहिबार, माघ ५, २०७९ -
पाइलट केसीको शालिकसहित उद्यान निर्माण गरिने
बुधबार, माघ ४, २०७९ -
अन्जुको शोकमा छ चाँदनी चोक
बुधबार, माघ ४, २०७९ -
तीन व्यक्तिबाट सात सय ३१ थान राहदानी..
बिहिबार, माघ ५, २०७९ -
विमान दुर्घटना : थप एक जनाको शव..
मङ्लबार, माघ ३, २०७९