

अकुत आर्जनपछि भन्सारबाट भाग्न खोज्ने यी कर्मचारी
दुई वर्षपछि तातोपानी भन्सार कार्यालयतिर काजमा खटिए । तातोपानीको रस र चास्नीमा पल्केपछि ०६३ सालदेखि दुई वर्ष त्यतै सेटिङ मिलाएर बसे । त्यहाँ रहँदा क्यारिङवाला व्यापारीसँग मिलेमतो गरी प्रतिट्रक लाखौं लिने गरेको आरोप छ । व्यापारीसँग हाकाहाकी एक चौथाइ मात्र राजश्व हुने गरी फारम मिलाएर ल्याऊ तर कूल राजस्वको एक तिहाइचाहिँ मलाई चाहिन्छ भन्ने गरेको व्यापारी सुनाउँछन् ।
-
काठमाडौं ।
राजश्व समूहका यसअघि भन्सार कार्यालयमा सरुवा भएर जान मरिहत्ते गर्थे तर अहिले भागाभाग छ । वीरेन्द्रदेव पाण्डे, जो ०५६ सालमा गाविस सचिव, बीचमा नासुको रूपमा अर्थ मन्त्रालयमा प्रवेश गरे । दुई वर्षपछि तातोपानी भन्सार कार्यालयतिर काजमा खटिए । तातोपानीको रस र चास्नीमा पल्केपछि ०६३ सालदेखि दुई वर्ष त्यतै सेटिङ मिलाएर बसे । त्यहाँ रहँदा क्यारिङवाला व्यापारीसँग मिलेमतो गरी प्रतिट्रक लाखौं लिने गरेको आरोप छ । व्यापारीसँग हाकाहाकी एक चौथाइ मात्र राजश्व हुने गरी फारम मिलाएर ल्याऊ तर कूल राजस्वको एक तिहाइचाहिँ मलाई चाहिन्छ भन्ने गरेको व्यापारी सुनाउँछन् । सरुवा, काजदेखि, राजश्व र अख्तियारसम्म सेटिङ मिलाउन माहिर मानिएका इन्द्रदेव पाण्डे यिनकै समूहका नाइके । तत्कालीन सुब्बा र खरिदार इन्द्रदेव पाण्डे, देवी थापा, लक्ष्मण बाँस्तोला, अर्जुन सिटौलालगायतको टिम नै खडा गरी अख्तियारदेखि राजश्वसम्म सेटिङ मिलाउँदै आएका थिए । मामुली एउटा नासु तहको कर्मचारी दुई वर्ष तातोपानी नाकाबाट फर्किएर राजधानीमा घरघडेरी जोड्ने हैसियत राख्छ भने आम्दानीको स्रोत के हो ? त्यहाँबाट फर्किएलगत्तै काठमाडौंको मुटु नयाँ बानेश्वर चोकमा जग्गा किनेर आलिसान महल ठड्याएका छन् । बीचको ५ वर्ष अर्थ मन्त्रालयमै रहे । शाखा अधिकृत इन्द्रदेव पाण्डेको अगुवाइमा जग्गा प्लटिङको कारोबार थालेको उनी निकटस्थ कर्मचारी बताउँछन् । ०७० देखि ०७२ सम्म ठूला करदाता कार्यालय पुल्चोकमा पुगेका उनले ठूला उद्यमीसँग सेटिङ गर्दै कर चुहावट गरी अकुत सम्पत्ति आर्जन गरेर भक्तपुरको बालकोट, ठिमी, सल्लाघारी र बुटवलमा समेत लगानी गर्न भ्याए । यस्तै, शाखा अधिकृत वीरेन्द्र पाण्डे तत्कालीन अख्तियार पूर्वप्रमुख दीप बस्नेतका पीए लक्ष्मण बाँस्तोलाको सेटिङमा नजराना बुझाएर रसुवा भन्सार पदस्थापन भएको आरोप छ ।
News Desk 0 response बिहिबार, साउन २, २०७६
त्यहाँ रहँदा सिष्टम दुरुपयोग गरेको राजस्वले चाल पाएपछि भन्सार अधिकृत दयानन्द केसी विभागीय कारबाहीस्वरूप विभागमा तानिए । यता, अख्तियारले अकुत सम्पत्ति आर्जनमा अधिकृतद्वय केसी र पाण्डेसहित लक्ष्मण बाँस्तोलालाई छानबिन शुरु गरेपछि अहिले यो समूह निष्क्रिय छ । व्यापारी जगदीश श्रेष्ठलगायत केही क्यारिङवालाले उनीहरूको कालो धनलाई सेतो बनाएका छन् । अहिले रसुवा भन्सार प्रमुख छन्, पुण्यविक्रम खड्का । यता, कर्मचारी समायोजनसँगै अधिकांश भन्सार कार्यालयले कर्मचारी अभाव झेलिरहेको अर्थ मन्त्रालय स्रोतको भनाइ छ । यस्तो समयमा लामो समयसम्म अख्तियारमा बसेका रामेश्वर दंगाल (जो अहिले भन्सार विभागका महानिर्देशक छन्) लाई वीरेन्द्र पाण्डेहरूको काज फिर्ता स्वीकृत गर्न केले बाध्य पा¥यो ? राजश्व समूहकै कर्मचारीले प्रश्न गर्न थालेका छन् । रसुवा भन्सारबाट केसीसमेत अन्यत्र जान दाउ खोजिरहेको बताइन्छ ।

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३



