

-
काठमाडौं ।
नयाँ संरचना अनुसार प्रदेश प्रहरी प्रमुखमा प्रहरी नायव महानिरीक्षक (डिआइजी ) राखिने भएको छ । संसदीय समितिमा दफावार छलफल गर्दै यो बिषय टुंगो लगाएको हो।
डिआईजी माथिका प्रहरीहरू प्रदेशमै कार्यरत रहे पनि संघ अर्थात् नेपाल प्रहरी अन्तरगतको दरबन्दीमा हुनेछन्।
अहिले यसरी समायोजन गरिने भए पनि भविष्यमा प्रहरी उपरीक्षक (एसपी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पनि प्रदेश प्रहरी अन्तर्गत नै रहने सहमति समेत भएको छ। प्रदेश सरकारले ऐन बनाएपछि यी पद प्रदेश सरकार अन्तर्गत रहनेछन्।
प्रहरी कर्मचारी समायोजनका आधार पनि तोकिएका छन्। प्राप्त निवेदनका आधारमा कार्यरत पदको ज्येष्ठता, कम्तिमा एक वर्षदेखि कार्यरत रहेको प्रदेश, हालको स्थायी बसोबासको ठेगाना, नागरिकताको प्रमाणपत्रमा उल्लेखित ठेगाना र उमेरको ज्येष्ठतालाई आधार मानिनेछ।
प्रहरी कर्मचारीको छनोटका आधारमा सम्भव भएसम्म श्रीमान् र श्रीमतिलाई एकै प्रदेशमा समायोजन गरिने व्यवस्था गरिएको छ।
News Desk 0 response सोमवार, असार ३०, २०७६


सम्बन्धित शीर्षकहरु
-
कार्यालयमा जनशक्ति अभाव, सेवाग्राहीलाई सास्ती
शुक्रबार, माघ १३, २०७९ -
बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, ४ सय..
शुक्रबार, माघ १३, २०७९ -
टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै
शुक्रबार, माघ १३, २०७९ -
आत्मदाह गरेका आचार्यले उठाएका विषय छानबिन गर्न..
शुक्रबार, माघ १३, २०७९ -
अनेरास्ववियूले शिक्षामन्त्रीको पुत्ला जलायो
शुक्रबार, माघ १३, २०७९
-
कार्यालयमा जनशक्ति अभाव, सेवाग्राहीलाई सास्ती
शुक्रबार, माघ १३, २०७९ -
बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, ४ सय..
शुक्रबार, माघ १३, २०७९ -
टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै
शुक्रबार, माघ १३, २०७९ -
आत्मदाह गरेका आचार्यले उठाएका विषय छानबिन गर्न..
शुक्रबार, माघ १३, २०७९ -
अनेरास्ववियूले शिक्षामन्त्रीको पुत्ला जलायो
शुक्रबार, माघ १३, २०७९
-
धौलागिरिमा बेपत्ता दुई युवाको शव फेला
बिहिबार, माघ ५, २०७९ -
अन्जुको शोकमा छ चाँदनी चोक
बुधबार, माघ ४, २०७९ -
पाइलट केसीको शालिकसहित उद्यान निर्माण गरिने
बुधबार, माघ ४, २०७९ -
तीन व्यक्तिबाट सात सय ३१ थान राहदानी..
बिहिबार, माघ ५, २०७९ -
विमान दुर्घटना : थप एक जनाको शव..
मङ्लबार, माघ ३, २०७९