

-
काठमाडौं ।
नयाँ संरचना अनुसार प्रदेश प्रहरी प्रमुखमा प्रहरी नायव महानिरीक्षक (डिआइजी ) राखिने भएको छ । संसदीय समितिमा दफावार छलफल गर्दै यो बिषय टुंगो लगाएको हो।
डिआईजी माथिका प्रहरीहरू प्रदेशमै कार्यरत रहे पनि संघ अर्थात् नेपाल प्रहरी अन्तरगतको दरबन्दीमा हुनेछन्।
अहिले यसरी समायोजन गरिने भए पनि भविष्यमा प्रहरी उपरीक्षक (एसपी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पनि प्रदेश प्रहरी अन्तर्गत नै रहने सहमति समेत भएको छ। प्रदेश सरकारले ऐन बनाएपछि यी पद प्रदेश सरकार अन्तर्गत रहनेछन्।
प्रहरी कर्मचारी समायोजनका आधार पनि तोकिएका छन्। प्राप्त निवेदनका आधारमा कार्यरत पदको ज्येष्ठता, कम्तिमा एक वर्षदेखि कार्यरत रहेको प्रदेश, हालको स्थायी बसोबासको ठेगाना, नागरिकताको प्रमाणपत्रमा उल्लेखित ठेगाना र उमेरको ज्येष्ठतालाई आधार मानिनेछ।
प्रहरी कर्मचारीको छनोटका आधारमा सम्भव भएसम्म श्रीमान् र श्रीमतिलाई एकै प्रदेशमा समायोजन गरिने व्यवस्था गरिएको छ।
News Desk 0 response सोमवार, असार ३०, २०७६

सम्बन्धित शीर्षकहरु
-
नेपालको शानदार जित : कुशल भुर्तेलको शतकमा..
शनिबार, जेष्ठ २, २०८३ -
प्रधानमन्त्रीले गरे डीडीसी चिजको प्रमोशन
शनिबार, जेष्ठ २, २०८३ -
काठमाडौंका ९५ शैक्षिक कन्सल्टेन्सीमाथि प्रहरी छापा, ६९..
शुक्रबार, जेष्ठ १, २०८३ -
ट्रम्पको चीन भ्रमण सम्पन्न, कुनै ठूलो व्यापार..
शुक्रबार, जेष्ठ १, २०८३ -
बेरुजु ७ खर्ब ५५ अर्ब पुग्याे, एक..
शुक्रबार, जेष्ठ १, २०८३
-
नेपालको शानदार जित : कुशल भुर्तेलको शतकमा..
शनिबार, जेष्ठ २, २०८३ -
प्रधानमन्त्रीले गरे डीडीसी चिजको प्रमोशन
शनिबार, जेष्ठ २, २०८३ -
काठमाडौंका ९५ शैक्षिक कन्सल्टेन्सीमाथि प्रहरी छापा, ६९..
शुक्रबार, जेष्ठ १, २०८३ -
ट्रम्पको चीन भ्रमण सम्पन्न, कुनै ठूलो व्यापार..
शुक्रबार, जेष्ठ १, २०८३ -
बेरुजु ७ खर्ब ५५ अर्ब पुग्याे, एक..
शुक्रबार, जेष्ठ १, २०८३
-
राजनीतिमा भाग लिए सरकारी कर्मचारी बर्खास्तीमा पर्न..
बुधबार, बैशाख ३०, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
ट्रेड युनियनको खारेजीदेखि सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने..
सोमवार, बैशाख २८, २०८३ -
कामु प्रधानन्यायाधीश प्रधानको नेतृत्वमा सरकारको निर्णयबिरुद्ध..
सोमवार, बैशाख २८, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३



