

९ वर्षदेखि विचाराधीन मुद्दा,पेसी ५७ पटक सर्यो, ११ पटक त स्थगितमै
मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । उक्त बेञ्चका न्यायाधीश छन्, केदारप्रसाद चालिसे, प्रकाशमान राउत, डम्बरबहादुर शाही । त्यसमाथि रणबहादुरका वकिल पनि एकसे एक दिग्गज हिराराज रेग्मी, बसन्तराम भण्डारी, रमणकुमार श्रेष्ठ, सविता बराल, कोमलप्रसाद घिमिरे, भिमार्जुन आचार्य ।
-
काठमाडौं ।
बबरमहलस्थित एक जग्गा मुद्दाको पेसी ५७ पटक सरिसक्दा पनि केही फैसला भएको छैन । ९ वर्षदेखि विचाराधीन मुद्दा ११ पटक त स्थगितमै परिसक्यो । असार ५ गतेदेखि हेर्दाहेर्दैमा राखिएको ०६७–डब्ल्युएफ–००३०, दर्ता मिति २०६७÷१२÷३० रहेको सो मुद्दामा बालुवाटारको झंै सरकारी जमिन व्यक्तिका नाममा गर्ने चालबाजी रहेको आशंका गरिएको छ । नेपाल औषधी लिमिटेडले नेपाल आयल निगमलाई बिक्रि गरेको बबरमहलस्थित तीन रोपनी दुई आना एक दाम जग्गासम्बन्धी मुद्दाको विषय हो यो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाई रणबहादुर शाहले रिट दायर गरेका हुन् । ०३२ साल माघ १९ गतेको सूचनाबमोजिम औषधी लिमिटेडले सो जग्गा पाएको थियो । सरकारले रणबहादुरबाट अधिग्रहण गरी औषधी लिमिटेडलाई दिएको जमिनको ०३३ साल माघ २० गते मुआब्जा निर्धारण गरिएको थियो । त्यसमा चित्त नबुझेर उनले ०३४ सालमा रिट दायर गरेका थिए ।
सर्वोच्चले ०३६ असोज १८ मा पहिलाको मुआब्जा निर्धारणको निर्णय बदर गर्न आदेश दियो । त्यसपछि ०३७ सालको फागुन २५ गते प्रति रोपनी २० हजारका दरले नयाँ मुआब्जा निर्धारण भयो । तर, त्यसमा पनि चित्त नबुझेको भनी रणबहादुरले ०४६ सालमा अर्को रिट दायर गरे । तर, त्यो रिट सर्वोच्चले ०४९ जेठ २६ गते खारेज गरिदियो । रणबहादुरले आफ्नो जमिन जुन प्रयोजनका लागि अधिग्रहण गरिएको हो, त्यो प्रयोजनमा नभएको, सार्वजनिक हितका लागि प्रयोग पनि नभएको र ०६५÷२÷३ मा जग्गा खरिद, बिक्रि भएको भन्दै आफ्नो नाममा कायम गराउन माग गर्दै रिट हालेको जनआस्थाले लेखेको छ ।
News Desk 0 response शुक्रबार, असार २७, २०७६
मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । उक्त बेञ्चका न्यायाधीश छन्, केदारप्रसाद चालिसे, प्रकाशमान राउत, डम्बरबहादुर शाही । त्यसमाथि रणबहादुरका वकिल पनि एकसे एक दिग्गज हिराराज रेग्मी, बसन्तराम भण्डारी, रमणकुमार श्रेष्ठ, सविता बराल, कोमलप्रसाद घिमिरे, भिमार्जुन आचार्य ।

सम्बन्धित शीर्षकहरु
पर्वतारोहण तथा पदयात्राको मुख्य सिजनमा पर्यटक आगमन ७ प्रतिशतभन्दा धेरैले घट्यो
सोमवार, बैशाख २१, २०८३-
आजको मौसम कस्तो रहला ?
मङ्लबार, बैशाख २२, २०८३ -
भूमि आयोग खारेज !
मङ्लबार, बैशाख २२, २०८३ -
युएईको सरकारी तेल ट्यांकरमा आक्रमण, खाडी क्षेत्रमा..
मङ्लबार, बैशाख २२, २०८३ -
पर्वतारोहण तथा पदयात्राको मुख्य सिजनमा पर्यटक आगमन..
सोमवार, बैशाख २१, २०८३ -
७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा..
सोमवार, बैशाख २१, २०८३
-
आजको मौसम कस्तो रहला ?
मङ्लबार, बैशाख २२, २०८३ -
भूमि आयोग खारेज !
मङ्लबार, बैशाख २२, २०८३ -
पर्वतारोहण तथा पदयात्राको मुख्य सिजनमा पर्यटक आगमन..
सोमवार, बैशाख २१, २०८३ -
७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा..
सोमवार, बैशाख २१, २०८३ -
नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा
सोमवार, बैशाख २१, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



