

सेनामा फुली मिल्यो, अमेरिकामै फुत्त
महेश केसी उनै व्यक्ति हुन्, जो मेजर दर्जामै स्टाफ कलेजमा असफल भएपछि पेन्सन पकाएर जागिर छाडी अहिले सपरिवार अमेरिकामा छन् । प्रधानसेनापति त्यहाँ दुई दिन बसेर १५ तारिखमा फर्किने कार्यक्रम छ । यसरी फुलीले खोज्दै अमेरिका पुगे पनि मधुकरको चिफ हुने लाइन भने धरापमा छ । उनी अझै साढे एक वर्ष सैनिक सहचारीका रुपमा त्यता बस्छन् । त्यतिञ्जेलसम्म एनडिसी कोर्षका निम्ति एक वर्षमात्रै बाँकी हुन्छ । त्यसबेला प्रधानसेनापति अलिकति मात्रै टेढिए भने चिफ हुने मौका चिप्लिन्छ ।
-
संयुक्त राष्ट्रसंघको कार्यक्रममा भाग लिन प्रधानसेनापति पूर्णचन्द्र थापा न्युयोर्कतिर लागेका छन् । राष्ट्रसंघको कार्यक्रम समाप्तिलगत्तै साँझ वासिङ्गटन डिसी ओर्लिने कार्यक्रम छ । शुक्रबार दिउँसो अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) मा आयोजित एक कार्यक्रममा सरिक भई नेपाली दूतावास पुगेर एक संक्षिप्त समारोहबीच हालै बढुवा भई सैनिक सहचारीका रुपमा डेढ वर्षदेखि त्यहीं कार्यरत ब्रिगेडियर जनरल मधुकरसिंह कार्कीलाई दज्र्यानी चिह्न (फुली) लगाइदिने योजना छ । त्यसो त पहिला बंगलादेशमा हुँदा सागर केसीहरुलाई पनि यसरी नै फुली लगाइएको थियो ।
मधुकरलाई फुली लगाउनेबित्तिकै प्रधानसेनापति थापा आफ्ना साढुभाइ तथा भूपूसेनानी महेश केसीलाई भेट्न बोस्टन पुग्दै हुनुहुन्छ ।महेश केसी उनै व्यक्ति हुन्, जो मेजर दर्जामै स्टाफ कलेजमा असफल भएपछि पेन्सन पकाएर जागिर छाडी अहिले सपरिवार अमेरिकामा छन् । प्रधानसेनापति त्यहाँ दुई दिन बसेर १५ तारिखमा फर्किने कार्यक्रम छ । यसरी फुलीले खोज्दै अमेरिका पुगे पनि मधुकरको चिफ हुने लाइन भने धरापमा छ । उनी अझै साढे एक वर्ष सैनिक सहचारीका रुपमा त्यता बस्छन् । त्यतिञ्जेलसम्म एनडिसी कोर्षका निम्ति एक वर्षमात्रै बाँकी हुन्छ । त्यसबेला प्रधानसेनापति अलिकति मात्रै टेढिए भने चिफ हुने मौका चिप्लिन्छ । उनीसँग त्यसबेला जम्मा तीन महिनाको मात्र मौका रहन्छ । उमेरको ५१ वर्षभित्र सैनिक अधिकारीले एनडिसी कोर्ष गरेर फर्किसक्नुपर्छ । तर, मधुकर अमेरिकाबाट फर्किनै डेढ वर्ष बाँकी छ भने एनडिसीअगाडि गर्नुपर्ने हायर कमाण्ड कोर्ष वैशाखमा खुल्छ । त्यसपछि एनडिसी गर्नलाई धेरै समय रहन्न । त्यो मौका खुस्कियो भने बीचैमा घर जानुपर्ने हुन्छ । मधुकरसँगै दुई नम्बरमा बढुवा भएका सुनील श्रेष्ठ भने एनडिसीमा छनोट भइसकेका छन् ।
सैनिक सहचारी र प्रधानसेनापति, यी दुबैको आश गर्दा ‘चिची न पापा’ को हालतमा यसअघि सहायक रथी हिमांशु खड्का पनि पुगेका थिए । मधुकरभन्दा अगाडि अमेरिकास्थित नेपाली दूतावासमा सैनिक सहचारी रही अहिले उदयपुरमा कार्यरत उनी हायर कमाण्ड कोर्षमा प्रथम भए, तर समयक्रमले एनडिसी जान पाएनन् । फलतः सहायक रथीमै घर जाने भएका छन् । यदि यो कोर्ष गर्न पाएको भए प्रधानसेनापति पद उनकै पोल्टामा हुन्थ्यो । हिमांशुको कुनै कुरामा पनि कमजोरी छैन । मात्रै सैनिक सहचारीमा अल्मलिँदा यस्तो अप्ठ्यारो आइलागेको सहकर्मीहरु बताउँछन् ।
शुरुका एक÷दुई वर्ष सबैले राम्रै काम गरेर देखाउने तर घर जाने बेला लोभिने काम कम्तीमा यिनले नगरिदिए देशले ‘वाह, यस्ता पनि थिए कोही सेनापति’ भन्ने अवसर पाउनेछ । हालसम्म आर्थिक पारदर्शिता र सैनिक अनुशासनमा कुनै सम्झौता नगरेका पूर्णचन्द्र थापा यतिबेला अमेरिकाको सरकारी भ्रमणबाट छड्किएर व्यक्तिगत भ्रमणमा निस्किए पनि कुनै अवाञ्छित प्रभावमा नपरुन् भन्ने आमअपेक्षा छ । किनकि नेपाल इण्डोप्यासिफिक गठबन्धनभित्र छिरेको हल्ला र सेनाले हतियार खरिद गर्ने गाइँगुइँ यही बेला चलिरहेको छ । आर्थिक अनुशासनमा छत्रमानसिंह गुरुङले पनि त्यति धेरै सम्झौता गरेनन् । तर, बंकरमा बस्ने जवानलाई व्यारेक बनाउन भन्दै कमाण्डरहरुलाई २०–३० लाखका दरले बाँडेर अन्तिममा छवि बिगारे । सबैले १०–२० प्रतिशत खाइदिँदा नमुनालायक व्यारेक बनेनन् । बरु, छत्रमानको भएको इज्जत पनि सखाप भयो ।-जनआस्थावाट
News Desk 0 response बुधबार, असार २५, २०७६

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३



