सांसदहरु भन्छन्- कर्मचारीको संख्या धेरै भयो
नेपालमा कर्मचारीको संख्या धेरै भएको सांसदहरुले बताएका छन् । त्यसकारण पनि अहिलेको संख्या घटाउनु पर्ने उनीहरुको भनाई छ । कर्मचारीको संख्या कटौती गर्न र सुविधा बढाउने प्रस्ताव पनि सांसदहरुले गरेका छन् । पूर्वसामान्य प्रशासन मन्त्रीसमेत रहेकी नेकपा नेतृ पम्फा भुसालले निजामती कर्मचारीमा ओभर स्टाफिङ भएको तर्क गरिन् ।
-
काठमाडौं ।

नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कंडेलले पनि कर्मचारीलाई दक्ष बनाउनुपर्ने र सुविधा बढाउनुपर्ने बताए । जीवन निर्वाह गर्न पुग्ने तलब पाउने र दक्ष कर्मचारीबाट राज्यले प्रभावकारी सेवा पाउन सकिने उनको भनाइ छ ।
नेकपाका सांसद महेश्वरजंग गहतराजले कर्मचारीले अनेक शीर्षकमा रकम लिन सक्ने बाटा बन्द गरेर तलब बढाउनुपर्ने बताए ।
समितिमा कर्मचारीले पाउने चाडपर्व भत्ता र बिरामी भत्ताको विषयमा छलफल भयो । त्यसक्रममा सांसदहरुले सेवा निवृत्त कर्मचारीहरुलाई चाडपर्व भत्ता नदिन प्रस्ताव गरेका छन् । विरामी नभएका कर्मचारीले पनि औषधि उपचार भत्ता पाउने व्यवस्था हटाउनुपर्ने सांसदहरुको माग छ ।
News Desk 0 response आइतवार, असार २२, २०७६

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३