• काठमाडौं । सांसद विजय सुब्बाले स्थानीय तहको कर्मचारी भर्नासम्बन्धी लोक सेवा आयोगलाई दिइएको निर्देशनमा गल्ती स्वीकार गर्न संघीय संसद्‌को राज्य व्यवस्था तथा सुशासन समितिमा माग गरेका छन् ।

    लोक सेवा आयोगले खुलाएको सो विज्ञापनमा के–के रहेछ भन्ने थाहा नभई लोक सेवा आयोगलाई निर्देशन दिएको पाइएकोले गर्दै गल्ती स्विकार गरेर अघि बढ्न समितिका सभापति श्रेष्ठसँग माग गरेका हुन्।

    समितिले दिएको सो निर्देशनविपरीत सर्वोच्च अदालतले सो विज्ञापन नरोक्न लोक सेवा आयोगलाई आदेश दिएपछि त्यो निर्देशन गलत थियो भनि स्वीकार गर्न सुब्बाले समितिका सभापति श्रेष्ठलाई दबाब दिएका हुन्।